गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले गरकाे सम्बोधन

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ले गरकाे सम्बोधन

सम्माननीय राष्ट्रपति ज्यू,

सम्माननीय उपराष्ट्रपति ज्यू,

सम्माननीय प्रधानन्यायाधीशज्यू,

सम्माननीय सभामुखज्यू,

माननीय मन्त्रीगण,

विशिष्ट अतिथिहरू तथा

समारोहमा उपस्थित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरू

गणतन्त्र दिवस २०७४ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाली जनताको दशकौं लामो सङ्घर्षबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ । नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन नेपाल सरकारले प्रत्येक वर्ष जेष्ठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउदै आइरहेको तथ्य यहाँहरु सबैमा विदितै नै छ ।

यस अवसरमा सर्वप्रथम सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि आफ्नो ज्यानको आहुति दिने महान शहीदहरुप्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, बेपत्ता, घाइते, अपाङ्ग योद्धाहरूमा उच्च सम्मान व्यक्त गर्दछु । साथै जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेशी, आदिबासी जनजाति र विभिन्न समुदायका सङ्घर्षमा सहभागी सबैप्रति आभार प्रकट गर्दछु ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने सन्र्दभमा राज्य पुनसंरचनाको महत्वपूर्ण आयाम स्थानीय तहको पुनःसंरचना हो । यस क्रममा जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा अभूतपूर्ण जनसहभागितासहित गत बैशाख ३१ गते सम्पन्न भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न कोसेढुङ्गाको रुपमा रहेको म यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्ने सम्पूर्ण मतदाताहरुमा हार्दिक बधाई र धन्यवाद व्यक्त गर्दछु । निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरुमा नेपाल सरकार र मेरो व्यक्तिगत तर्फबाट बधाई एवं सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संविधान कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न निर्वाचनका अतिरिक्त संविधान बमोजिम विभिन्न कानूनहरुको निर्माण गर्ने तथा भइरहेका कानूनहरुमा समयसापेक्ष सुधार गर्ने विषयलाई सरकारले उच्च प्राथमिकता दिई ४० भन्दा बढी कानूनहरु तर्जुमा गरिसकेको छ भने ४५ वटा विधेयक व्यवस्थापिका–संसदमा विचाराधीन छन् । यसबाट स्थानीय तह, प्रदेश तथा सङ्घीय व्यवस्थापिकाको निर्वाचनपश्चात् संविधान कार्यान्वयनको लागि महत्वपूर्ण आधारशीला निर्माण भई संविधानले प्रत्याभूत गरेका उपलब्धीहरु संस्थागत हुने मेरो विश्वास छ । स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा प्रदेश तथा सङ्घीय–संसदको निर्वाचन गर्नको लागि आवश्यक पर्ने कानूनी पूर्वाधारहरु तय भइसकेको छ, बाँकी केही कानूनको विधेयक तर्जुमा गरी व्यवस्थापिका–संसदमा पेश गर्न सरकार लागिरहेको छ । संविधान बमोजिम उच्च अदालतको स्थापना भई न्याय प्रशासन, सङ्घीय न्याय सेवा आयोग तथा न्याय परिषद् सम्बन्धी कानूनहरु लागू भइसकेका छन् । साथै संविधानले व्यवस्था गरेका नयाँ संवैधानिक आयोगहरु गठन गर्न आवश्यक विधेयकहरु तयार गरी व्यवस्थापिका–संसदमा पेश गरिएको छ । संविधान बमोजिम निर्माण गर्नुपर्ने कानूनहरुको प्राथमिकीकरण गरी कार्ययोजना बनाई काम अघि बढाएको हुँदा व्यवस्थापिका–संसदमा विधेयक पेश गर्ने कार्यलाई नयाँ बन्ने सरकारले अझ प्रभावकारी रुपमा गति दिनेछ भन्ने मेरो विश्वास छ ।

कानूनी, प्रशासनिक पूर्वाधारको उपयोग गर्दै गणतन्त्रलाई संस्थागत गरी आम जनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउनु हाम्रो आधारभूत कार्यभार हो । यसका लागि राजनीतिक अधिकार प्राप्तिपछि दिगो विकासको लक्ष्य हासिल गर्न सबै वर्ग, क्षेत्र, लिंग र जातजातिको समावेशी विकास प्रमुख लक्ष्य हुनुपर्दछ । सुशासन, आधुनिक बस्ती विकास, नैतिक, भौतिक र प्राविधिक शिक्षामा जोड, जनउत्तरदायी नेतृत्व र शासन प्रणाली हाम्रा प्राथमिकता हुन् । सकारात्मक सोचसहित विश्व मानचित्रमा नेपालको समृद्धि र प्रतिष्ठाको अभिवृद्धि गर्न अहोरात्र क्रियाशील रहनु हाम्रो प्रतिवद्धता हो ।

लामो र ऐतिहासिक संघर्षको बलमा हासिल गरिएको गणतन्त्रले राजनीतिक तहमा ठूलै उथलपुथल ल्याएको छ । तर, जनताको जीवनमा भने राजनीतिक परिवर्तनले अझै गुणात्मक अन्तर ल्याउन सकेको छैन । जबसम्म राजनीतिक परिवर्तनले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन स्वं दिगो र संस्थागत हुन पनि सक्दैन । पहिलो चरणको स्थानीय तहको निर्वाचनपछि देशमा राजनीतिक स्थीरताको ढोका मात्रै खुलेको छैन, आर्थिक समृद्धि र जनताको जीवनमा सकारात्मक परिवर्तनको यात्रा समेत प्रारम्भ गर्नेछ । अब हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि तल्लो तहमा जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्नेछन्, यसले नेपालको राजनीतिक स्थीरता र विकासको क्षेत्रमा छलाङ मार्नेछ भन्ने मेरो गहिरो विश्वास रहेको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निम्ति हजारौं नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको आफ्नो जीवनको कुर्वानी गरेका छन्, लाखौं नेपालीको मेहेनत र पसिनाको मूल्य यसभित्र छ । त्याग, बलिदानका ठूलठूला किर्तिमान कायम भएका छन् । यी सबैको समुचित सम्बोधन र नेपालको उज्जवल भविष्यका निम्ति राजनीतिक दल र आम नेपााली जनसमुदायमा एकता र दृढ संकल्पको बिकल्प छैन । हाम्रा सपनाहरुलाई सार्थकतामा बदल्ने हाम्रै मेहेनत र संकल्पले हो, हाम्रै एकता र सहकार्यले हो । त्यसका लागि परिवर्तनको प्रक्रियामा सहभागी सम्पूर्ण शक्तिहरुबीच बलियो एकता जरुरी छ भन्ने म ठान्दछु ।
मेरो नेतृत्वमा सरकार गठन भएदेखि आजको दिनसम्म आइपुग्दा स्थानीय तहको व्यवस्थासहित पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ ।

राजनीतिक दलहरुबीचको तिक्ततापूर्ण सम्बन्ध राजनीतिक सहमति र सहकार्यमा बदलिएको छ । भूकम्पको पूनर्निर्माणको क्षेत्रमा पीडितहरुलाई प्रदान गरिएको अनुदानमा वृद्धि मात्रै गरिएको छैन, नीजि आवास निर्माणको कामले पनि गति लिएको छ । देशको राष्ट्रिय अर्थतन्त्र प्रगतिको दिशामा छ, ७.५ प्रतिशत आर्थिक वृद्धि, मूल्य वृद्धि नियन्त्रण, विकास आयोजनाहरुमा हासिल गरिएको प्रगति, लोडसेडिङको अन्त्य र उज्यालो युगको प्रारम्भ, सन्तुलित विदेश नीति र छिमेकीहरुसँगको सम्बन्धमा आएको न्यानोपन, विदेशमा बस्ने नेपालीहरुको हितका निम्ति गरिएको राजनीतिक, कुटनीतिक र व्यवस्थापकीय सुधारजस्ता उपलब्धिहरुले देशमा आशाको नयाँ सन्देश प्रवाह गरेको छ । उल्लेखित उपलब्धिहरुलाई संस्थागत गर्दै राष्ट्रको समृद्धि र जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु हाम्रो राष्ट्रिय कार्यभार हो । गणतन्त्र दिवसले हामी सबैलाई राष्ट्रिय सहमतिका आधारमा उल्लेखित कार्यभार पुरा गर्न थप जिम्मेवार र संकल्पवद्ध गराउनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।

म यस अवसरमा ७ माघ २०७४ भित्र बाँकी रहेको स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने संवैधानिक कार्यभार नयाँ बन्ने सरकारले पूरा गर्ने नै छ । साथै पहिलो चरणको निर्वाचनमा जस्तै सम्पूर्ण राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र आम जनसमुदायले दोस्रो चरणको निर्वाचनलाई पनि उत्सवको रुपमा सम्पन्न गर्न आ–आफ्नो जिम्मेवारी गहनतापूर्वक पुरा गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
अन्त्यमा, गणतन्त्र दिवस २०७४ को यस अवसरले हामी सबैलाई एकतावद्ध भई अगाडि बढ्न प्रेरित गरोस् भन्ने अपेक्षाका साथ देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई पुनः हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

प्रधानमन्त्री ओलीको गुटेर्रेससँग भेट

काठमाडौं ।  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने जानुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग भेट गर्नुभएको छ । शनिबार दिउँसो स्थानीय समय अनुसार सवा ३ बजे संयुक्त राष्ट्रसङ्घ भवनमा महासचिव एन्टेनियो गुटेर्रेससँग प्रधानमन्त्री ओलीको भेटवार्ता भएको छ।  यसअघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार दिउँसो १ बजे ग्यास हाउस अन पार्कमा आयोजित संसदीय मञ्चको कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । 

गलत कदम चाल्दा सरकार सुरुवातकै चरणमा असफल: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत कदम चाल्दा वर्तमान सरकार सुरुवातकै चरणमा असफल बनेको टिप्पणी गर्नुभएको छ । नेकपा माओवादी केन्द्र चितवन–काठमाडौं सम्पर्क समन्वय समितिको आठौं भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्ने लगायतका गलत कदमका कारण सरकार सुरुवातकै चरणमा असफल भएको टिप्पणी गर्नुभएको हो । ‘नेपालबाट लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपाल बनाउन प्राविधिक र विज्ञताका हिसाबले त्यति ठूलो काम गरेर देशभरिका जनताको हृदयमा पसेको कुलमान घिसिङलाई अपमान गरेर निकाल्न खोजियो तर जनताको बिरोधपछि सरकार पछि हट्नुपर्यो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यस्तै आफैले बनाएको उपसभामुखलाई सोझोपनका कारण गरेको सामान्य प्राविधिक त्रुटिलाई लिएर कानुनी र नैतिक आधारविना नै हटाउन खोजियो, त्यसबाट पनि सरकार पछि हट्नुपर्यो ।’ उपसभामुखले महिला र बालबालिकाको क्षेत्रमा प्राप्त गरेको अन्तर्राष्ट्रिय ख्यातिको समेत बेवास्ता गरेर महिला र जनजाति समुदायलाई अपमान गर्ने गरी हटाउनका लागि हस्ताक्षर गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘त्यो जनतालाई स्वीकार्य थिएन र हामीले पनि अस्वीकार गरेपछि सत्तारुढ दलहरु पछि त हटे तर हस्ताक्षर गरिसकेको बेलामा हटाउन खोजेकै होइन भनेर प्रधानमन्त्रीले संसदलाई ढाँटेको पनि देखियो ।’ वर्तमान सरकारमा भ्रष्टाचार आरोप लागेकै आधा दर्जन व्यक्ति मन्त्री भएकाले यो सरकार सुशासनका क्षेत्रमा निकै कमजोर रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारका विरुद्ध जनताले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो । आफूले सरकारको नेतृत्व गर्दा सुशासन, सामाजिक न्याय र समृद्धिको एजेण्डालाई प्रभावकारी रुपमा अघि बढाएको उल्लेख गर्दै उहाँले अब यसलाई समाजवाद निर्माणको आधार बनाएर लैजाने बताउनुभयो । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचारविरुद्ध कदम चाल्दैगर्दा भ्रष्टाचारीलाई जोगाउन सरकारबाट हटाइएको तथ्य नेता कार्यकर्ताले भन्दा चाँडो जनताले बुझेकोमा आफूहरु खुशी रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आगामी अभियानका कार्ययोजना निर्माण गर्न यसले उर्जा थपेको बताउनुभयो । पार्टी परामर्श बैठकका क्रममा प्रदेशहरुमा पुग्दा र पछिल्लो समय भदौ २९ र ३० गते मोरङ, सुनसरी र झापा पुग्दा प्राप्त गरेको जनसमर्थनले आफू थप उत्साहित भएको पनि उहाँले स्पष्ट गर्नुभयो । ‘जनताले ठूलो पार्टी बनाए तर जनताको विश्वास बचाउन सकिएन । हाम्रो वर्ग र समुदायसँगको सम्बन्ध कमजोर हुँदै गएको साँचो हो’– उहाँले भन्नुभयो– ‘अलिअलि कांग्रेस, अलिअलि एमालेको रोग हामीलाई पनि सरेकै हो तर सबै हिसाबले अहिले फेरि पार्टी पुनर्निर्माणको ठूलो अवसर प्राप्त भएको छ, यसलाई खेर जान दिनुहुन्न ।’ खासगरी सरकारमा रहँदा थालेको भ्रष्टाचारविरोधी अभियानहुँदै विश्व मञ्चमा शान्ति र जलवायु परिवर्तनका मुद्दामा नेपालको पक्षमा लिएको अडानका कारण माओवादी केन्द्रको नेतृत्व थप स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा नेतृत्व अहिलेजस्तो स्थापित कहिल्यै भएको थिएन । मलाई फरक खालको जोश आइरहेको छ ।  अहिले दिनरात खटिरहेको छु ।’ उहाँले अहिले नेपालमा तीनथरि सोंचका बीचमा रस्साकस्सी चलिरहेको बताउनुभयो । ‘अहिले शक्तिको रुपमा कमजोर भए पनि एकथरिले अराजकता मच्चाएर २०४७ सालभन्दा अघिको निरंकुश अवस्थामा मुलुकलाई लैजान सकिन्छ कि भन्ने प्रयासमा छन्’– अध्यक्षले भन्नुभयो– ‘कांग्रेस, एमाले र खासगरी एमालेको एउटा तप्का अहिलेको संविधान स्वीकार गर्न चाहिरहेको छैन । महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुश्लिमले पाएको अधिकार खोजेर २०४७ कै जस्तो संविधान बनाउन पाए हुन्थ्यो भन्नेमा छ ।’ यी दुबै खालेका सोंचका विरुद्ध जनताले नयाँ शक्तिको रुपमा रुचाएका प्रगतिशील, बामपंथी, लोकतान्त्रिक शक्तिहरु जनताको अधिकारको पक्षमा रहेको उल्लेख गर्दै उहाँले माओवादी केन्द्र यही शक्तिको नेतृत्वको गरेर अगाडि बढ्ने बताउनुभयो ।

लोकप्रिय