ग्लोबल आईएमई बैंकको निशुल्क आस्वा सुबिधा

ग्लोबल आईएमई बैंकको निशुल्क आस्वा सुबिधा

काठमाडौं, जेठ ३० ।  ग्लोबल आइएमई बैंक लिमिटेडले बिभिन्न कम्पनीहरुले निष्काशन गरेको आईपिओ तथा एफपिओमा आस्वा ( एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउण्ट)  प्रणालीमार्फत सेयरमा आवेदन गर्दा निःशूल्क सेवा दिने निर्णय गरेको छ ।

जसअनुसार, अब आस्वा प्रणालीबाट ग्राहकहरुले ग्लोबल आइएमई बैंकबाट निःशुल्क र सहज रुपमा बैंकमा रहेको मौज्दात रकम रोक्का गरेर धितोपत्र निष्काशनको लागि आवेदन दिन सक्नेछन् । आस्वा प्रणाली मार्फत सेयरमा लगानी गर्दा ग्राहकले सेयरमा लगानी गर्न चाहेको कित्ता बराबरको रकम ग्राहकको खातामा नै रोक्का हुनेछ भने उक्त रकमको ब्याज समेत ग्राहकले प्राप्त गर्नेछन् ।

यस निःशुल्क सेवाबाट आस्वा प्रणाली मार्फत शेयरमा आवेदन गर्न ग्राहकहरु थप अभिप्रेरित हुने विश्वास बैंकका रहेको छ । यो सेवा बैंकका सवै ९५ शाखाहरुबाट उपलब्ध हुनेछ । साथै ग्लोबल आईएमई बैंकको मोबाईल बैकिङ्ग एप “ग्लोबल स्मार्ट” तथा इन्टरनेट बैंकिङ्ग सुविधा “ग्लोबल अनलाईन” सेवाबाट पनि ग्राहकहरुले आईपिओ तथा एफपिओको लागि आवेदन दिन सक्नेछन् ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय