चमेलीद्वारा १५ प्रतिशत लाभांश वितरण

चमेलीद्वारा १५ प्रतिशत लाभांश वितरण

भक्तपुर, असोज ११ । चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४-७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ ।

सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी र सदस्यको मन जित्दै अगाडि बढ्न सफल भएकै कारण मुनाफा वृद्धि गर्न सफल भएको बताए । विसं २०७५ असार मसान्तसम्म शेयर पूँजी रु दुई करोड ७१ लाख १४ हजार पुर्याएको सहकारीले एक वर्षमा कूल रु ३६ करोड, २२ लाख ७५ हजार कारोवार गरेको छ । अध्यक्ष न्यौपानले सदस्यको चाहनाअनुसार विविध प्रकृतिका बचत तथा ऋणका कार्यक्रम ल्याएर बजार विस्तार गर्दै ब्याजदर, पुनरावलोकन र समायोजन एवं सदस्यलाई आयमूलक तथा व्यावसायिक ऋणमा सहयोग गर्दै आएको बताए ।

संस्थाका सचिव प्रमोद घिमिरेले संस्थाका सदस्यमा रु २८ करोड ११ लाख ७९ हजार ऋण लगानी गरेको र ऋणि सदस्यबाट साँवा ब्याज भुक्तानीमा विलम्ब हुनु, आयमूलक र सीपमूलक तालीम प्रदान गरी सदस्यलाई व्यावसायिक बनाउन नसक्नु चुनौती भएको बताए । संस्थाका कोषाध्यक्ष शालिकराम घिमिरेका अनुसार चालू आवमा संस्थाको बचत रु छ करोड २० लाख ९४ हजार वृद्धि गर्दै रु २८ करोड ९३ लाख ४१ हजार ८७६ पुगेको बताए ।

संस्थाको शेयर लाभांश कोषबाट २०७४ पुस मसान्तसम्म शेयर सदस्यलाई शेयर रकमको १५ प्रतिशत लाभांश वितरण गरिएको छ । कार्यक्रममा नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढ्नु तथा कानूनी जटिलताको कारण सेवा केन्द्र र कार्य क्षेत्र विस्तार गर्न नसक्नु सहकारी संस्थाका लागि चुनौती बन्दै आएको बताए । उनले आवश्यकताअनुसार सहकारी संस्था मर्ज गर्दै ठूलो पूँजीको विस्तार गरी सेवामूलक ढङ्गले सहकारी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सो अवसरमा सूर्यविनायक नगरपालिकाका सहकारी अधिकृत लीलादेवी प्रसाई, जिल्ला सहकारी संस्थाका प्रतिनिधि रामचन्द्र प्रजापति, जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि बालमुकुन्द उपाध्याय, त्रिवेणीश्वर सामुदायिक साकोसका प्रतिनिधि हरिबोल न्यौपानेलगायतले सहकारी नाफामुखीभन्दा सेवामुखी हुनसके सदस्य व्यवसायीकरणमा जान सक्ने बताए ।

कार्यक्रममा ८६ वर्षीय प्रेमप्रसाद मिश्र, ८५ वर्षीया सोमकुमारी मिश्र र सदस्यका छोराछोरीमध्येबाट ऋतु चौलागाई र अभिषेक न्यौपानेलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । सामुदायिक विद्यालयबाट यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सिरुटार माविका सलिना नेपाली, आयुष प्रसाई, अरनिको माविका दीक्षा खड्का, सजन खड्का तथा कुलमाया भगवती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत विन्दा पौड्याल र कक्षा ३ का राजेश तामाङलाई पुरस्कार एवं सम्मान प्रदान गरिएको थियो । संस्थाको छनोटमा परेका लघुबित्त केन्द्रमध्ये सिकारीटार महिला बचत केन्द्र प्रथम, समृद्धि महिला बचत केन्द्र दोस्रो, जनजागरण महिला बचत केन्द्र तेस्रो, भैरव महिला बचत केन्द्र चौथो तथा लालीगुराँस महिला बचत केन्द्र पाँचौं भएको छ ।

नयाँ कार्यसमिति चयन

संस्थाको १६औँ साधारणसभाले आगामी चार वर्षका लागि उद्धवप्रसाद चौलागाईको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रराज खड्का, सचिवमा मीठाराम न्यौपाने, कोषाध्यक्षमा सालिकराम घिमिरे तथा सञ्चालक सदस्यमा विशेश्वर चौलागाई, सहदेव न्यौपाने, मीना खड्का, नवराज घिमिरे, दीपककुमार न्यौपाने, विनु श्रेष्ठ र श्रीराम न्यौपाने तथा लेखा सुपरिवेक्षण समितिको संयोजकमा प्रमोद घिमिरे, सदस्यमा तीर्थराज चौलागाई र सन्तोष कार्की चयन भएका छन् । रासस

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।” महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर  सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो ।   महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो– “पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।” यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरुलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकैदिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिलेपहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरुले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ ।” यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरुले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकतृत गरी ठूला लगानीमा लगाउन सक्ने बताउनुभयो । यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्ब को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकरी पनि उहाँले दिनुभयो । यो कम्पनीमार्फत् जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्वीटीका रुपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुजीलाई एकतृत गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत् सिर्जना हुने उहाँको भनाई थियो । देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ बर्षमा धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गर्नुभयो ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

लोकप्रिय