चुनावी मोर्चामा माओवादीः ताेक्याे सबै जिल्लाका कमाण्ड, देशैभरि पार्टी प्रवेशको लहर

चुनावी मोर्चामा माओवादीः ताेक्याे सबै जिल्लाका कमाण्ड, देशैभरि पार्टी प्रवेशको लहर

काठमाडौं । केन्द्रीय समितिको बैठकमा भएको गहन छलफलसँगै माओवादी केन्द्र चुनावी मैदानमा अगाडि बढेको छ ।
पछिल्लो केन्द्रीय समितिको बैठकमा एमसिसीका बारेमा पार्टीमा अन्तरविरोध चर्किएको भएपनि निर्वाचनपछि त्यसमा फोरम चलाएर बहस गर्ने निर्णय गरेको माओवादीले अहिले भने सम्पूर्ण शक्ति चुनावमा खर्च गर्ने योजनासहित अघि बढेको हो ।

माओवादीले बैठकलगत्तै सातवटै भौगौलिक र गैर भौगौलिक प्रदेशको बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । हालसम्म गण्डकी प्रदेशबाहेकका सबै
प्रशिक्षण सम्पन्न भएका छन् ।

प्रशिक्षणलाई अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, शक्ति बस्नेत, लिलामणी पोखरेल, डिलाराम आचार्य लगायत दर्जनौंले सम्बोधन गरेका छन् ।
अध्यक्ष प्रचण्डले निर्वाचनलाई फौजी आक्रमणसँग तुलना गर्दै युद्धकै स्वरुपमा तयारी अगाडि बढाउन समेत निर्देशन दिएका छन् ।

यथास्थितिवादी र अग्रगामीबीच २००६ सालदेखि नै चलिआएको संघर्ष अहिले उत्कर्षमा पुगेको बताउँदै प्रचण्डले हिजो युद्धकालमा फौजी आक्रमणका लागि जे जस्ता तयारी गर्नुपथ्र्यो, सोही अनुसार, चुनावका लागि समेत गहन तयारीमा जुटनुपर्नेमा जोड दिएका हुन ।

पार्टीभित्रका अन्तरविरोधलाई थाती राखेर जनताबीच जाने, जनताको टुटेको भरोसा जित्ने, आत्मालोचना गर्ने र यथास्थितिवादी शक्तिहरुसँग निर्मम प्रतिरोध गर्ने रणनीति अपनाउन समेत उनले निर्देशन दिएका छन् ।

प्रशिक्षणसँगै माओवादीले देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरुको नेतृत्वमा कमाण्ड परिचालन गरेको छ । कतिपय केन्द्रीय सदस्यहरुलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ भने केहीलाई युद्धकालकै जस्तो दुई तीनवटा जिल्ला समेटेर भौगौलिक क्लष्टरको कमाण्डको जिम्मेवारी दिएको छ ।

करिब करिब सबैजसो जिल्लाको संगठनात्मक जिम्मेवारी समेत माओवादीले टुंग्याएको छ । यसैगरी हरेक पालिकाका इन्चार्जहरु समेत तोकिएका छन् ।
पार्टीका सबै तहमा संगठनात्मक जिम्मेवारीसँगै माओवादी निकट जनवर्गीय संगठनले समेत मातहतका तहलाई सक्रिय बनाउन जिम्मेवारी तोक्ने काम अघि बढाएका छन् ।
सबै तहमा प्रशिक्षण र संगठनात्मक जिम्मेवारीसँगै दुई महिने निर्वाचन अभियानमा माओवादी होमिएको हो ।

यसपछि पालिका, जिल्ला र प्रदेश तहबाट चुनावकेन्द्रीत योजना निर्माण गरेर सघन अभियान सञ्चालन गर्ने माओवादी योजना रहेको छ ।
अध्यक्ष प्रचण्डले निर्वाचनको मुख्य निशाना यथास्थितिवादी र प्रतिक्रियावादी, प्रतिगमनकारी शक्ति भएको बताउँदै सोही आधारमा गठबन्धनको सम्भावना समेत पहिल्याउने संकेत गरेका छन् । यसअर्थमा केन्द्रमा गठबन्धन दलहरुबीच चुनावी तालमेलको छलफल माओवादीले शुरु गर्ने देखिन्छ ।

अहिलेको अवस्था हेर्दा सबै तहमा सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेल हुने सम्भावना नभएपनि एकीकृत समाजवादी र मधेसका हकमा जनता समाजवादी पार्टीसँग भने अधिकांश पालिकामा तालमेल हुनसक्ने सम्भावना देखिएको हो । कांग्रेससँग भने स्थानीय अनुकुलता र रणनीतिक पालिकाहरुमा तालमेलको प्रयास हुनसक्ने देखिन्छ ।

तर अध्यक्ष प्रचण्डले भने चुनावी तालमेल या गठबन्धनको सम्भावनालाई दिमागबाट निकालेर संगठनात्मक र चुनावी अभियानमा जुटन निर्देशन दिएका छन् । विगतमा जस्तै युद्धस्तरमा खटिएमा गठबन्धन बिना नै प्रतिक्रियावादीलाई हराउन सक्ने विश्वास उनले बोकेका छन् ।

गठबन्धनबारे आगामी केही दिनमा नै टुंगो लाग्ने देखिएको अवस्थामा माओवादीले भने जित्न सक्ने पालिका पहिचान गर्न, तालमेल गरेर जित्नसक्ने सम्भावना भएका पालिका निक्र्यौल गर्न र कमजोर स्थानमा खेल्नुपर्ने भूमिकासहितको वर्गीकरण गरेर चुनावी अभियान अघि बढाउने देखिन्छ ।

पछिल्लो समयमा पार्टीप्रति आकर्षण बढेको र समाजका बुद्धिजीवि, शिक्षक, पूर्व प्रशासकलगायत ठूलो संख्यामा पार्टी प्रवेशको लहर चलेकोले समेत माओवादी उत्साही बनेको हो ।
अध्यक्ष प्रचण्डकै शब्दमा, अबको मुख्य कार्यभार भनेको जनताको विश्वास जित्ने हो । त्यसका लागि अभियान नै बनाएर जनतामाझ जाने कुरा मुख्य हुने देखिन्छ ।

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो ।  उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’   

उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड

काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ ।  माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ ।  सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् ।   करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।  

बक्यौता नतिर्ने उद्योगको बैंक र सेयर खाता रोक्का गर्न प्राधिकरणको पत्राचार(पत्रसहित)

काठमाडौं । डेडिकेटेड तथा ट्रंक फिडरमा लाइन नकाट्न निर्देशन पाएपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता उठाउने उद्योगहरूको बैंक खाता, सेयर रोक्का गर्न पत्राचार गरेको छ । नियमन आयोगले लाइन नकाटी अन्य विकल्पबाट बक्यौता उठाउन पत्रचार गरेपछि प्राधिकरण बैंक खाता रोक्का, सेयर कारोबार गर्न नपाउनेलगायत विकल्पमा गएको हो । प्राधिकरणले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी राजिस्ट्रार कार्यालयमा खाता तथा सेयर खरिदबिक्री रोक्काका लागि पत्राचार गरेको छ । पत्रमा प्राधिकरणले खाताबाट रकम झिक्न नपाउने, सेयर निष्कासन गर्न नपाउने माग गरेको छ यस्तै, प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ विद्युत् खरिद सम्झौताबमोजिम भुक्तानी हुने रकमबाट असुल गर्न पियोर इनर्जीलाई पत्राचार गरेको छ । प्राधिकरणले ३४ वटा उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता बाँकी रहेका उद्योगहरूको विवरणसहित पत्राचार गरेको हो । प्राधिकरणका अनुसार, उक्त अवधिको जम्मा ६ अर्ब ४० करोड ९२ लाख ४० हजार ७०१ रुपैयाँ बाँकी छ । ३४ बाहेकका अन्य उद्योग भने किस्ताबन्दीमा आइसकेको प्राधिकरणले जनाएको छ । 

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध मत जाहेर गर्ने महत्वपूर्ण अवसर: प्रचण्ड

काठमाडौं, १२ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध जनताले आफ्नो मत जाहेर गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभएको छ । उहाँले आज भिडियो सन्देशमार्फत मतदातालाई अपिल गर्दै सुशासनका पक्षमा मत जाहेर गर्न आग्रह गर्नुभएको छ । ‘यो उपनिर्वाचनले यथार्थमा आगामी आम निर्वाचनका लागि पनि सन्देश दिनेछ । नेपाली जनता साँच्चिकै सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने यो महत्वपूर्ण अवसर पनि हो’ अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा ब्याप्त बेथिति, बिसंगति र विकृतिका विरुद्ध जनमत प्रकट गर्न म अनुरोध गर्न चाहन्छु ।’ उपनिर्वाचन केही निश्चित ठाउँमा मात्रै निर्वाचन हुने भए पनि यसको विशेष अर्थ र महत्व रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यहाँहरु सबैलाई अवगत नै छ, मैले आफ्नो नेतृत्वमा रहेको सरकारका तर्फबाट देशमा सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध, सामाजिक न्यायका पक्षमा, विभेद र अन्यायका विरुद्ध तथा आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ । त्यसैको परिणामस्वरुप देशमा सकारात्मक भाव पैदा भएको थियो र भइरहेको पनि छ ।’ अध्यक्ष प्रचण्डले यो उपनिर्वाचनलाई आफ्नो पार्टीले भ्रष्टाचारविरोधी महाअभियानलाई अगाडि बढाउने संकल्पको रुपमा, देशमा सुशासन कायम गर्ने र सामाजिक न्यायसहितको आर्थिक समृद्धिको पक्षमा जागरण ल्याउन अभियानको रुपमा अघि बढाएको स्पष्ट गर्नुभयो । ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’ उहाँले भन्नुभयो– ‘यो महाअभियानलाई सफल पार्न उपनिर्वाचनमार्फत जनताको अभिमतका लागि म विशेष अनुरोध गर्न चाहन्छु ।’

लोकप्रिय