चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड उदयपुरमा

चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड उदयपुरमा

उदयपुर, असार ७।  उदयपुर स् चुनावीसभालाई सम्बोधन गर्न पूर्व–प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उदयपुर आएका छन् । यही असार १४ गते हुने निर्वाचनको लागि माओवादी केन्द्र उदयपुरका चार नगरपालिकाकाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न आएको माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सुरेश कुमार राई हिमालले जानकारी दिएका हुन् । राईका अनुसार बुधबार बिहानैदेखि पूर्व(पहाडी जिल्लामा मौसम खराब भएकाले प्रचण्ड दिउँसो १ बजे बेलका नगरपालिकाको रामपुर बजारमा सम्बोधन गर्ने भएका छन्।

‘काठमाडौंबाट हेलिकोप्टरमा हिडिसक्नु भएको छ,’ समाचार तयार पार्दै गर्दा राईले भने, ‘एक १बजे रामपुर, २ बजेतिर चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार, ३ बजेतिर त्रियुगा नगरपालिकाको गाईघाट बजार र ४ बजे कटारी नगरपालिकाको कटारी बजारमा सम्बोधन गर्ने कार्याक्रम छ।’ चारै नगरपालिकामा बुधबार प्रचण्डले सम्बोधन गर्नै चुनावी कार्यक्रम भएको माओवादी केन्द्र उदयपुरले तामझाका साथ बजार सिँगारेको छ। ‘अध्यक्ष प्रचण्डले समयले भ्याएसम्म चार नगरकै चुनावीसभालाई सम्बोधन गर्नुहुनेछ,’ माओवादी केन्द्र उदयपुरका इन्चार्ज तथा पोलिटब्युरो सदस्य मोहनबहादुर दीपकले भने, ‘विहान १० बजेबाटै सम्बोधन गर्ने कार्यक्रम भए पनि मौसमको कारण १ बजे पुगेको छ, कति नगरपालिकामा भ्याउनुहुन्छ र मौसमले साथ दिन्छ। प्रचण्ड अहिले तेस्रो पटक उदयपुरका आएका हुन् ।

माओवादी केन्द्र उदयपुरका सह संयोजक जीवन कुमार कार्की कुशलले पहिलो पटक २०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनको बेला आयोजना गरिएको जिल्लाव्यापी आमसभालाई सम्बोधन गर्न गाईघाट आएको बताए। दोस्रो संविधान सभाको निर्वाचनको वेला हालको चौदण्डीगढी नगरपालिकाको साविक बेल्टार बजारमा दोस्रो संविधानसभाको निर्वाचन वेला आयोजना आमसभा आएका थिए ।

अहिले २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनको चुनावी सभलाई सम्बोधन गर्न तेस्रो पटक एकैदिनमा चारै नगरपालिकामा हेलिकोप्‍टरबाट यात्रा गरी सम्बोधन गर्न आएको कार्कीले जानकारी दिए। माओवादी केन्द्र उदयपुरका अनुसार प्रचण्डले चारै नगरपालिकामा हेलिकप्टरबाट यात्रा गरी सम्बोधन गर्ने तयारी मिलाईएको छ। आयोजना गरिएको चुनावी सभामा प्रचण्डले एक÷एक घण्टा पुगेर सम्बोधन मात्र गर्ने छन ।

शान्ति प्रक्रियामा आएपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले जिल्लाको तीन निर्वाचन क्षेत्रमा दुई क्षेत्र जित हाँसिल गरेको थियो। दोस्रो संविधानसभाको निर्वाचनमा उदयपुरबाट शुन्य रहेको माओवादी अहिले माओवादी केन्द्र बनेर ८ स्थानीय तहमा ४ स्थानीय तह जित्ने दावी गरिरहेको छ। नगरपालिकामा कमजोर महशुस गरेको माओवादी केन्द्र उदयपुरले जित्ने आशमा रहेको वेलका नगरपालिका प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम दुई हप्ता अघि नै तय गरिएको जानकारी दिइएको छ।

थाहाखबरमा विदुर कटवालकाे समाचार

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय