चैतदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्रै विक्री हुने

चैतदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्रै विक्री हुने

काठमाडौं, फागुन १५ नेपाल आयल निगमले चैत १९ गतेदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल बिक्री गर्ने भएको छ ।
युरो फोर मापदण्डको इन्धन उपलब्ध गराउने गरी इन्डियन आयल कर्पोरेशनसँग द्विपक्षीय व्यापार सम्झौता नवीकरण गरेको आयल निगमका प्रवक्ता भानुभक्त खनालले जानकारी दिए । उनले चैत १९ गतेदेखि यो मापदण्डको पेट्रोल डिजेल मात्र बिक्री हुने दाबी गरे ।

अप्रिल १ तारिखदेखि भारतमा पनि युरो फोर मापदण्डको इन्धन मात्र बिक्री हुनेछ । नेपालले अहिले भारतबाट युरो थ्री मापदण्डको इन्धन आयात गरिरहेको छ । भारतका दिल्ली, मुम्बई, चेन्नई, कोलकाता, कानपुर, आगरा, अहमदावाद, हैदरावाद, लखनउ, लगायतका ठूला शहरमा युरो फोर मापदण्डको इन्धनको प्रयोग सुरु भइसकेको छ ।

युरो फोर युरो थ्रीको तुलनामा कम प्रदुषण उत्सर्जन गर्ने विशेषता भएको इन्धन हो ।

यसको प्रयोगबाट सवारीसाधनका कारण वातावरणमा हुने प्रदुषणको मात्रा घट्ने र गाडीको पार्टपूर्जा बिग्रने समस्या पनि कम हुने प्रवक्ता खनालले जानकारी दिनुभयो । खनालका अनुसार युरो फोर मापदण्डको इन्धनको मूल्य अहिलेको इन्धनभन्दा प्रतिलिटर ३० देखि ३२ पैसा मात्र महँगो हुनेछ ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय