छोटा लुगा लगाएको भन्दै शिक्षकले गाली गरेपछि विरोधमा नाङ्गिइन छात्रा, भिडियो सहित

छोटा लुगा लगाएको भन्दै शिक्षकले गाली गरेपछि विरोधमा नाङ्गिइन छात्रा, भिडियो सहित

वाशिङ्टन, अमेरिकाको प्रख्यात र प्रतिष्ठित विश्वविद्यालयमा गनिने कर्नेल विश्वविद्यालयमा अनौठो घटना घटेको छ ।

निकै छोटा लुगा लगाएर कलेज गएकी एक युवतीलाई प्रोफेसरले गाली गरेपछि उनले विरोध गर्दै उनले आफ्नो थेसिस प्रस्तुतिका क्रममा कपडा फुकालेर ब्रा र प्यान्टीमा उत्रिएकी थिइन् । त्यसपछि तिनको समर्थनमा अन्य दुई दर्जन छात्राहरुले पनि आफ्ना लुगा फुकालेका थिए ।

मिडियामा प्रकाशित समाचार अनुसार, केही दिन अगाडि लेटिसिया चेई नाम गरेकी ती कोरियाली छात्रालाई प्रोफेसर रेबेका मगोरले छोटा लुगा लगाएकोमा हप्काएकी थिइन् ।

थेसिसको प्रस्तुतिको अभ्यासका बेला चेईले लगाएको देनिमको छोटो हाफ पाइन्टलाई इंगित गर्दै  प्रोफेसर रेबेकाले- ‘तिमीलाई आफूले निकै छोटो लुगा लगाएको लाग्दैन र ?’ भनेर सोधेकी थिइन ।

लेटिसियाले उक्त प्रदर्शन शनिवार “दमनकारी मतहरू विरुद्ध’ उभिने भन्दै आफ्नो “सार्वजनिक स्थानमा अभिनय: दैनिक जीवनमा प्रदर्शन” विषयको कक्षामा गरेकी थिइन् ।

” मलाई प्रोफेसरले भनेको कुरा नै ‘यही हो तिमीले लगाउने लुगा?’ थियो । आफ्नो फेसबुक पोस्टमा उक्त घट्नाबारे स्पष्ट पार्दै लेटिसिया लेख्छिन्, “प्रोफेसर सिङ्गो कक्षाको अगाडि मातिर सर्नु भयो र भन्नु भयो कि मैले त्यहाँ उपस्थित पुरुषहरूको ध्यान मेरो प्रस्तुतिभन्दा पनि मेरो शरीरतिर तानिरहेकी छु ।”

अमेरिकी समाचारपत्र ‘द कर्नेल सन’सँगको कुराकानीका क्रममा उनले भनिन् म आत्तिए र के भन्ने भनेर बुझ्ने सकिनँ ।”

केही विद्यार्थीहरू तत्काल उनको पक्षमा उभिए र उनीहरूले शिक्षिकाको टिप्पिणी असान्दर्भिक रहेको कुरा गरेको र उनको भनाइले पुरुषहरूबारी उनको दृष्टिकोण प्देखाएको भनेका थिए । तर एक जना अन्तर्राष्ट्रिय विद्यार्थीले भने शिक्षिकाको पक्ष लिँदै चेईले केही परम्परागत पहिरन लगाउनु पर्ने भनेका थिए ।

“के मा तपाईँलाई नैतिक रूपमा चोट पुर्याउँछ?”चेईले आँखामा आँसु टिलपिलाउँदै कक्षा बाहिर हुत्तिनुअघि विद्यार्थीहरूलाई सोधेकी थिइन् ।

त्यसपछि प्रोफेसर उनको पछि लागेर आइन् र उनलाई सोधिन्,”तिम्रा यस्ता लुगा देखेर तिम्रो आमाले के सोच्नु होला?” चेईले लेखेकी छिन् ।

त्यसको उत्तरमा चेईले उनकी आमा नारीवादी र लैङ्गिक अध्ययन विषयकी प्राध्यापक रहेको बताएकी थिइन् ।

उक्त घट्ना पछि चेईले फेसबुकमार्फत सबै विद्यार्थीहरूलाई शनिवारको थेसिस प्रस्तुतिका दिन अरुलाई मनपर्ने लुगा लाउन बाध्य पारिएकाहरूप्रति एक्यबद्धता जनाउन आफूलाई मनपर्ने अन्डरवेयर पहिरेर आउन आग्रह गरेकी थिइन् ।

उनको प्रस्तुतिलाई फेसबुकमा लाइभ गरिएको थियो र उक्त समय कोरियाबाट उनका माता-पिताले पनि यो हेरिरहेका थिए ।

चेईको फेसबुक लाइभको  भिडियो  युट्युबमा समेत राखिएको छ :

भिडियोमा चेई आँखामा आँसु थाम्दै आफू अरूको चाहना अनुरुप देखिन बाध्य पारिएकाहरूको पक्षमा रहेको बताइरहेकी छिन् र त्यसपछि उनी एक-एक गरेर कपडा फुकाल्न थाल्छिन् । क्प्थामा रहेका ४४ मध्ये २८ जनाले उनलाई समर्थन गरेका थिए ।

उनकी प्रोफेसरले ‘द सन’संगको संक्षिप्त कुराकानीमा आफूले कुनै पनि विद्यार्थीलाई कस्तो लुगा लगाउने भनेर भन्ने नगरेको बताइन् । उनले भनेकी छिन् तर “मैले आफैँ विचार गर्न र फैसला गर्न” भने भन्ने गरेको बताइन् ।

चेईले फेसबुकमा यो कुरा पोस्ट गरेपछि त्यहाँ उपस्थित १३ मध्ये ११ विद्यार्थीले एउटा बयान जारी गर्दै आफूहरूले चेईको विरोध प्रदर्शनलाई समर्थन गर्ने तर उनको तरिकाको समर्थन भने नगर्ने बताएका छन् ।

उनीहरूलाई प्रोफेसरको तर्फबाट ‘शाब्दिक त्रुटी’ मात्र भएको र उनले वास्तवमा सार्वजनिक स्थानमा बोल्दा पालन गर्नु पर्ने पेशागत मर्यादाहरू बारे इंगित गर्न खोजेको बताएका छन् ।

उनीहरू भन्छन् प्रोफेसर मगोर कर्नेल विश्वविद्यालयलाई वरदान हुन्, चेईको पोस्टमा महिला र अल्पसंख्यक समुदायको निरन्तर वकालत गरिरहने उनको विगतको समीक्षा नै नगरी आक्रोश पोखिएको छ जबकि उनले एकभन्दा बढी पटक क्षमा पनि मागिसकेकी छिन् ।

न्युयोर्क टाइम्स

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय