जेएनयूः एउटा विश्वविद्यालयको दुःखान्त
काठमाडौं, साउन १६ । म यसअघि सधैँ आफ्नो विश्वविद्यालयदेखि अत्यन्तै उत्साहित थिएँ, तर आज क्याम्पसपरिसरमा व्याप्त भयको मनोविज्ञान र फरक विचारमाथिको दमनले मैले त्यो आत्मविश्वास गुमाइसकेको छु । म तिनै ४८ जना शिक्षकमध्ये एक हुँ, जसको विरुद्धमा जवहारलाल नेहरू विश्वविद्यालयका प्राध्यापकको संगठनद्वारा आयोजित शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको भनेर उजुरी हालिएको छ । यो आलेख कुनै ‘नीति नियम’को कानुनी वा कर्मचारीले गर्ने व्याख्याजस्तो शब्दको खेल होइन ।
न त यो आलेख अनुशासन र दण्डका संयन्त्र बारेमा नै हो । म व्यक्तिगत अनुभवबाटै सुरु गर्न चाहन्छु । एक दिन मेरा एक मित्रले उनकी छोरीको स्नातकोत्तर अध्ययनका लागि पोस्ट जेएनयू ‘राम्रो’ हुन्छ कि हुँदैन भनेर सोधेका थिए । मैले सीधा जवाफ दिएँ, ‘हुँदैन’ । जेएनयूका बारेमा मैले यस्तो उत्तर दिएको पहिलोपटक हो । म आफ्नो विश्वविद्यालयदेखि निकै उत्साहित थिएँ । म भन्ने गर्थें– जेएनयू एउटा सपना, परियोजना र शानदार प्रयोग हो । उत्कृष्टता र समानतालाई एकैसाथ समेट्न सक्ने एउटा सार्वजनिक विश्वविद्यालय । आलोचनात्मक र रचनात्मक सोच विकास गर्ने अनि वैकल्पिक जीवन पद्धति अभ्यासको लागि रचनात्मक स्थानका रूपमा जेएनयूलाई मैले बुझेको थिएँ ।
जे होस्, आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा आफ्नै साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ? जहाँ एकेडेमिक काउन्सिलको बैठकमा फरक विचार राख्ने एक वरिष्ठ प्राध्यापक अपमानित हुँदा अरू शान्त बसेको र सम्बन्धित प्राधिकारवाला व्यक्तिमाथि प्रश्न नगर्न उर्दी जारी गरिएको देखिएको छ । जहाँ कैयौँ वरिष्ठ र अनुभवी प्राध्यापक हुँदाहुँदै पनि एकजना युवा प्राध्यापकलाई स्कुल अफ सोसल साइन्सको डिनमा नियुक्त गरिएकोे छ ।
यस्तो परिस्थितिमा कुनै शैक्षिक संस्था वा प्रचलनकोे कुनै महत्व छैन भन्ने महसुस हुन थाल्छ । यस्तोमा ‘सक्षम प्राधिकार’को ‘तजबिजी शक्ति’मात्रै महत्वपूर्ण हुन्छ । जहाँ सौन्दर्य र राजनीतिक अर्थ राख्ने पोस्टर भित्ताबाट हटाइन्छन्, विद्यार्थीलाई उनीहरूका शक्ति र अधिकारको ‘सीमितता’बारे सचेत हुन भनिन्छ । जब शिक्षकको पेसा सुरक्षित राख्ने सुनिश्चितताका लागि हाजिरी कपीमा आफ्नो नाम लेख्नुपर्छ कि (यद्यपि, अहिलेसम्म अनिवार्य गरिएको छैन) भन्ने तहसम्म सोच्न थालेका छन् । यसबाट नै बुझ्न सकिन्छ कि विश्वविद्यालयमा शिक्षण प्रणालीको मेरुदण्डलाई कसरी ध्वस्त पारिँदै छ ।
जब कुनै शान्तिपूर्ण र्यालीमा एक सय ५० जना शिक्षक सम्मिलित हुन्छन्, तर ४८ जनालाई मात्र तारो बनाइन्छ, यो रणनीति स्पष्टसँग बुझिन्छ, फुटाऊ, टुक्र्याऊ र नैतिक रूपमा कमजोर बनाइदेऊ । यस्तो विषाक्त वातावरणमा हरेक चिज सतही, द्वैध चरित्र भएको जस्तो र खोक्रो लाग्छ, चाहे त्यो गान्धीको नागरिक अवज्ञामाथिको लेक्चर होस्, मिसेल फुकोको ‘डिसिप्लिन एन्ड पनिस्ट’माथि तयार पारिएको गृहकार्य । ‘सीमान्तीकरण र प्रतिरोध’माथि गरिएको सेमिनारको उद्घाटन ‘सक्षम प्राधिकार’ले गरे पनि त्यो अर्थहीन लाग्छ । मलाई थाहा छ, म अलिक बढी नै निराशावादी बन्दै छु । म मेरा अनुसन्धानरत विद्यार्थीलाई भन्छु, ‘शोधपत्र जतिसक्दो छिटो बुझाऊ, यो अब तिमीहरूले कल्पना गरेजस्तो सपनाको भूमि रहेन ।’ मलाई थाहा छ कि यो विश्वविद्यालय बनाउनका लागि धेरै दिग्गजले आफ्नो जीवनको ऊर्जा खर्च गरेका छन् । यो बनाउन समय लागेको छ । तर, विडम्बना ! तीन वर्षमा यसलाई पूरै खत्तम गर्न सकिँदो रहेछ । के हाम्रो समयमा बनाउने भन्दा भत्काउने शक्तिशाली भएका हुन् ?
आज मैले आत्मविश्वास गुमाएको छु । जहाँ डरको मनोविज्ञान र धम्कीका भाषाले जीवनका हरेक क्षेत्रमा आक्रमण गर्छन् । म त्यस्तो विश्वविद्यायमा साथीको छोरीलाई भर्ना गर्न कसरी सुझाब दिन सक्छु ?
अर्को कथा पनि यहाँ राख्न चाहन्छु । हो, यहाँ केही पनि सजिलो छैन । एउटा छात्र चार वर्षसम्म काम गर्छ, पिएचडीको शोधपत्र लेख्छ । कुनै अधिकृतले प्राविधिक कमजोरी गरिदिन्छ र भन्छ– शोधपत्रको शीर्षकको स्पेलिङ मिलेन । त्यसपछि उसलाई चौतर्फी धाएर, भएभरका कर्मचारी भेट्दै अपमानको अनभुव गर्नुपर्ने बाध्यता आइलाग्छ । उसलाई सहयोग गर्नका लागि मैले सम्बन्धित विभागका कर्मचारीलाई भेट्ने कोसिस गरेँ । त्यो त्यति सहज कहाँ थियो र रु सुरक्षा गार्डले मलाई सोधपुछ गर्न थालिहाल्यो । मेरो २९ वर्ष लामो प्राध्यापन, देश र दुनियाँका विभिन्न विश्वविद्यालयमा पढाउने मेरा विद्यार्थी । तर, मलाई आज अचानक महसुस भयो कि यो मेरो विश्वविद्यालय होइन । यो रजिस्ट्रार र रेक्टरको, सेक्सन अफिसरको, सेक्युरिटी गार्ड र खासगरी ‘सक्षम प्राधिकार’कोे मात्रै विश्वविद्यालय हो ।
नयाँ ब्याचका विद्यार्थी क्याम्पसमा आएका छन् । मलाई थाहा छ कि मेरो विभागले उनीहरूका लागि एउटा अभिमुखीकरणजस्तो कार्यक्रम राख्नेछ । यसभन्दा पहिलेका वर्षमा प्रायः म नै ती नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्थें र उनीहरूलाई हाम्रा सम्झना सुनाउँथे । एउटा पुरानो बरको रूख रोमिला थापर र बिपन चन्द्रा एक हुल विद्यार्थीसहित लाइब्रेरी तर्फ गइरहेको देख्ने साक्षी हुन्थ्यो ।
प्रोफेसर सुदिप्ता कविराज र नामवर सिंह सपिङ कम्प्लेक्समा पुस्तक पसलको साहुसँग गफ गरिरहेका हुन्थे, संकटकालका विरुद्धमा ऐतिहासिक प्रदर्शन हुन्थ्यो, सन् १९८४ को दंगामा विद्यार्थीले आसपासका क्षेत्रमा बस्ने शिखको गरेको रक्षा र भोपाल ग्यास काण्डका पीडितको लागि निःस्वार्थ भावले गरेको काम । साथै होस्टेलको मेसमा राति अबेरसम्म मेधा पाटकरले सामाजिक आन्दोलनका बारेमा गरेका भाषणबारे परिचर्चा गर्थें । तर, अहिले म के गरूँ ? के म उनीहरूलाई डर देखाएर पोस्टर लेख्नका लागि रातभर नसुत भनौँ रु वा पाठ्यक्रमभन्दा बाहिरका विषयमा, हिंसा, गरिबी, भोकमरीका बारेमा नसोच भनौँ ?केवल दीक्षान्त समारोहमा भाग लिनका लागि अनुशासित सैनिकजस्तै बन भनेर सिकाऊँ रु म तिनीहरूलाई राम्रा पुस्तक नपढ, बरु यसको सट्टामा वकिल खोजेर तिमीहरूमाथि लादिएको कानुनको व्याख्या गर्न लगाऊ भनेर सल्लाह दिऊँ ? साँच्चै एउटा महान् विश्वविद्यालयको पतनको कथाले मलाई चकनाचुर बनाइदिन्छ ।
फेरि पनि दोस्तोभस्कीका पात्रजस्तो, मैले एउटा सपना देखेँ । सपनामा देखेको कथा यस्तो छ– मैले ‘सक्षम प्राधिकार’लाई पत्र लेख्छु ।डियर प्रोफेसर, कृपया महलबाट बाहिर निस्किनुहोस् । आफ्नो एक्लोपनालाई दूर गरिदिनुहोस् । कृपया मसँग आउनुहोस् । एकसाथ हिडौँ । मनसुनको बादल वा परेवाको नृत्यलाई हेर्नुहोस् र आश्वस्त हुनुहोस्– जसरी एउटा प्रोफेसरले अरू कुनै प्रोफेसरसँग कुरा गर्छ, जसरी एउटा संवेदनशील मानिस बातचित गर्छ ।
कृपया दुनियाँलाई तपाईंको उर्दीभन्दा परबाट हेर्नुहोस् । ख्याल गर्नुहोला, अदालतको मामिला, आरोपपत्र र सजायको तरिका (निष्काशन, निलम्बन) र दुनियाँलाई पुनः एकपटक सँगै राखेर हेर्नुहोला । एउटा त्यस्तो दुनियाँ, जहाँ टेगोरले डरबाट मुक्तिको कुरा गरे, मार्टिन बुबर पाउलो फ्रेयरले वार्ता र संवादको कुरा गरे । यसै अवसरमा बनारस हिन्दू विश्वविद्यालय उद्घाटनमा मोहनदास करमचन्द गान्धीले शिक्षक र विद्यार्थीलाई समावेशीरदयालुरसमतावादी समाज बनाउने सामूहिक जिम्मेवार हुन सिकाएको कुरा पनि याद गर्नुहोला ।
कार्ल माक्र्सको दाह्रीमा न्यानोपन महसुस गर्नुहोस्, टल्स्टोयको पदचापमा बुद्धिमत्ता, बुद्धको आँखामा अनुकम्पा । सत्याग्रहको अर्थ बुझ्नुहोस् र प्रतिरोधको कवितालाई महसुस गर्नुहोस् । हो, मैले तपाईंका लागि यहाँ एउटा उपहार ल्याएको छु । म निश्चिन्त छु कि तपाईंका कानुनी सल्लाहकार वा अधिकारिक कर्मचारी कसैले सोच्न सकेका छैनन् । यो एउटा पुतली हो । विलियमम वर्डस्वर्थले जस्तै यसमा आफ्नो प्रारम्भिक अवस्थाका इतिहासकारलाई खोज्नुहोस् । स्वतन्त्रता तपाईंको अधिकार हो । कर्मचारीतन्त्रको फलामको पिँजडाभित्र बस्ने सम्राट भएर तपाईंले के प्राप्त गर्नुहुन्छ रु नयाँ पत्रिकाबाट साभार
(लेखक जेएनयूमा समाजशास्त्रका प्राध्यापक हुन्)(‘द वायर’बाट)
जापानमा रोजगारीको नयाँ अवसरः अब बिल्डिङ मेन्टिनेन्समा जान सकिने, नोभेम्बरमा परिक्षा हुँदै
काठमाडौं । जापानमा काम गर्न जान चाहने नेपालीहरुका लागि नयाँ क्षेत्रमा रोजगारीका लागि जान सकिने भएको छ । अब नेपालबाट जापानमा भवन व्यवस्थापनका क्षेत्रमा काम गर्न जान सकिने भएको हो । नेपाल र जापान सरकारबीच भएको विशेष दक्ष कामदार (एसएसडब्ल्यू) सम्बन्धी सम्झौता अनुसार यसअघि अन्य क्षेत्रमा जान पाइएझैं अब बिल्डिङ मेन्टिनेन्सका क्षेत्रमा पनि नेपाली कामदार जानसक्ने भएका हुन् । यसका लागि जापानको भवन मर्मत संघ (जेबीएमए)का प्रतिनिधिले वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेसँग शुक्रबार विभागमै भेटघाट गरेका छन् । नेपालबाट पहिलो पटक भवन सरसफाइ तथा व्यवस्थापन क्षेत्रमा कामदार जानपाउनु राम्रो अवसर भएको महानिर्देशक घिमिरेले बताए । जेबीएमएका प्रतिनिधिले नेपाली कामदारले त्यहाँ स्तरीय काम सिक्दै भोलि नेपालमै आएरसमेत अवसर सिर्जना गर्नसक्ने र प्राप्त गर्नसक्ने बताए। कसरी जान सकिन्छ बिल्डिङ मेन्टिनेन्समा ? नेपालमा जेबीएमएले सिप जाँचका लागि आउँदो नोभेम्बरको अन्त्य र डिसेम्बरको सुरुतिर जाँच गर्ने छ । एक महिनापछि त्यसको नतिजा आउने र पास भएकामध्येले जापान काम गर्न जा पाउनेछन् । जाँचको आवेदन भर्न दुई हजार रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा दिन १७ वर्ष वा सोभन्दामाथि उमेर पुगेको हुनुपर्नेछ । जापानी भाषाको जेएफटी अथवा जेएलपीटीको एन४ लेभलको अध्ययन चाहिने छ । अन्य शैक्षिक योग्यता भने चाहिँदैन । सिप परिक्षा के हुन्छ? परिक्षामा पेपर टेस्ट र भवन सरसफाइ सम्बन्धी कामको तालिम परिक्षा हुनेछ । पेपर टेस्ट अर्थात् कागजी परिक्षामा तस्बीर र चित्रण प्रयोग गर्ने जाँच हुनेछ । कार्य परिक्षणमा भुँइ सफाई, सिसाको सफाई र पश्चिमी शैलीका शौचालयको सफाई हुनेछ । यी दुवै परिक्षा वा परिक्षणमा ६० प्रतिशत भन्दामाथि ल्याउने व्यक्ति पास मानिनेछ । यसका लागि तालिम बानेश्वर स्थित प्लेन्टी नेपालले दिनेछ । अक्टोबरदेखि तालिम सुरु हुने कम्पनीले जनाएको छ । कति जना जान पाउँछन्? जेबीएमएसँग जापानका ६ हजारभन्दा बढी यस क्षेत्रका कम्पनी संलग्न रहेको र करिब ३७ हजार रोजगारीको त्यहाँ माग रहेको कम्पनीले बताएको छ । ती कम्पनीहरुमा रोजगारीको समन्वयको काम जापानको कम्पनी प्लेन्टीले गर्नेछ । नेपालमा काठमाडौंको बानेश्वर स्थित प्लेन्टी नेपालले यसको समन्वय गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र भट्टले बताए । प्लेन्टी नेपाल ९एभिलतथ ल्भउब०िमार्फत यसका लागि आवेदन दिने, जाँच सेन्टर मिलाउनेलगायत जापान कामदार पठाउन सम्पूर्ण व्यवस्थपन गर्नेछ । अन्य देशबाट पनि कामदार लगिरहेका कारण नेपालबाट एक पटकमा करिब तीन सय कामदार लैजाने प्लेन्टीले जनाएको छ । काम के कस्तो हुन्छ? जेबीएमए र प्लेन्टीका अनुसार यस क्षेत्रमा जाने कामदारले कार्यालय, किनमेल केन्द्र र होटल जस्ता भवनभित्रको फोहर हटाउने र सरसफाइ कायम गर्ने काम गर्नुपर्ने छ । खासगरी ढोका, बाटो, शौचालय, भुँइ, पर्खालको सरसफाइ र होटलहरुमा ओछ्यान मिलाउने तथा बनाउनेलगायत काम गर्नुपर्नेछ । ठूला भवनको सफाइ भएका कारण यो घरको सफाइ गर्नुभन्दा फरक हुने कम्पनीले जनाएको छ ।
जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति
कैलाली । उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो। विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले जानकारी दिए। अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको छ। रासस
सबै शिक्षकको काज फिर्ता गरिने
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ। सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।
त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग
काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो । शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति