ज्ञानेन्द्र शाह कुशको राजा : केपी ओली

ज्ञानेन्द्र शाह कुशको राजा : केपी ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको टिप्पणी गरेका छन्।

‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्,’ आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’

दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको उनले बताए।

यस्तो छ दरबार हत्याकाण्डबारे ओलीले राखेको धारणा

दीपेन्द्रले आफैं मरेपछि हान्यो ? एउटा राजा हुन लागेको मान्छे त्यसरी मर्छ ? अगाडिबाट पनि उसैले गोली हान्छ , पछाडिबाट पनि गोली हान्छ ?तीनवटा राइफल एकै जनाले बोकेर कुद्छ ? यस्ता कुरा पनि पत्याएर हिँड्ने ?

लखेट्ने पनि उही मान्छे छ, भर्याङ चढ्दामाथिबाट ड्याम्म गोलि हानेर टाउको उछिट्याउने उही मान्छे छ यस्तो पनि हुन्छ ? १९ गतेको घटना सात दिनपछि २६ गते त्यहाँ जाँच आयोग जाँदा पानी परिरहेको थियो त्यो बेला

एउटा ओभानो टोपी दिपेन्द्र मारिएको भनिएको पोखरीको छेउमा ओभानो टोपी तैरिरहेको थियो । पानी परिरहेको छ त्यस्तो बेलामा दिपेन्द्रको टोपी डुबेको पनि छैन, भिजेको पनि छैन । जाँच आयोग जाँदा भर्खर राखेको टोपी पानी पनि भरिएको छैन । त्यस्तो पनि नाटक हुन्छ रु

यहाँ हत्याकाण्डा भइसक्दा दुनियाँभरी दिपेन्द्रको प्रेम कहानी भनेर।।। । दिपेन्द्रले हत्याकाण्ड गर्यो भनेर यस्ता बाहियात कुराका पछाडी पनि नेपाली जनता कुद्नुहुन्छ ?

त्यो एउटा भयानक षड्यन्त्र थियो । त्यस षड्यन्त्रले तत्काल राजारानि,युवराज, अधिराजकुमार, अधिराजकुमारी हत्या गर्यो । राजतन्त्र समाप्त भयो । राजाको जेठो छोरो राजा हुन्छ । जेठो त के कान्छो, छोरी समेत मारिसकेपछि राजतन्त्र समाप्त भयो ।

त्यतिबेलाको सरकारको कमजोरी हो । फेरि राजतन्त्र भनेर ज्ञानेन्द्र शाहलाई ल्याएर सजाउने राख्ने काम भयो ।

ज्ञानेन्द्र शाह भनेको राजा होइन । बाहुनले बाहुन भनेर टपरीको चामलमाथि कुशको बाहुन राख्छ । ती त्यस्तै कुशको राजा हुन् । कुशको बाहुन । यस्तो कुरामा के बहस गरिरहने ?

राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति त्यस्तो रह्यो । हाम्रा पार्टीका महासचिव माधवकुमार नेपाल आफैं छानबिन समितिमा बस्नु भएको थियो । हामीले फिर्ता गर्यौं ,यो ड्रामनमा तिमी सामेल नहोउ भनेर ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय