दिउँसो ४ बजे आव २०७५–०७६ को बजेट प्रस्तुत हुंदै

दिउँसो ४ बजे आव २०७५–०७६ को बजेट प्रस्तुत हुंदै

काठमाडौं । आर्थिक वर्ष २०७५–०७६ का लागि मंगलबार संघीय संसदको संयुक्त बैठकमा वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत हुंदैछ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो ४ बजे प्रस्तुत हुने बजेटको उद्योगी, व्यवसायी, सरकारी कर्मचारी, आम जनता, सबै क्षेत्र र संस्थाले प्रतिक्षा गरिरहेका छन् । देशको समग्र विकास र आम मानिसको जीबनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सरकारले प्रस्तुत गर्ने बजेटलाई चासोका साथ हेर्ने गरिन्छ ।

विगतका वर्षहरुमा प्रस्तुत हुने भन्दा यो बजेट केहि फरक हुनेछ । देश सङ्घीयतामा गएका कारण तीन तहको सरकारलाई विनियोजन गरेर बजेट आउँदैछ । केन्द्र, ७ प्रदेश र ७ सय ५३ स्थानीय तहलाई रकम विनियोजन गरी बजेट तयार पारिएको छ । संविधानमा नै केन्द्र, प्रदेश र स्थानीय तहले बजेट ल्याउने दिन तोकिएकाले सोही समयमा बजेट प्रस्तुत हुन्छ । संविधानको धारा ११९ अनुसार राजस्व र व्ययको अनुमान गरी अर्थमन्त्रीले सङ्घीय संसदमा बजेट पेस गर्नु पर्ने उल्लेख छ ।

केन्द्रको बजेट जेठ १५ गते प्रस्तुत भएपछि त्यसैले विनियोजन गरेको बजेटको आधारमा असार १ मा प्रदेश र असार १५ मा स्थानीय तहले आ–आफ्नो सरकारको बजेट ल्याउने गर्दछन् ।

मङ्गलवार अर्थमन्त्री डा युवराज खतिवडाले दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने छन् । सरकारले सोमवारै बजेटको सम्पूर्ण तयारी पूरा गरेको बताइएको छ ।

बजेट विवरण गोप्य रहने भएकाले कुल बजेट कति हो ? चालु खर्च, पूँजीगत खर्च, वित्तीय व्यवस्था, कर निर्धारण जस्ता विषय गोप्य रहने गर्दछ । तर, योजना आयोगले तोकेको सिलिङमा अर्थ मन्त्रालयले केहि योजनामा रकम थप घट गरेर झण्डै साढे १५ खर्ब रुपैयाँ बराबरको बजेट तयार पारेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकम र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू बजेटमा समावेश गरिएको हुन्छ । बजेटमा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेश गरिएको हुन्छ । चालू आव असार मसान्तमा सकिने छ ।

बैठकमा अर्थमन्त्री खतिवडाले विनियोजन विद्येयक २०७५, आर्थिक कार्यविधिसम्बन्धी विद्येयक–२०७५ र राष्ट्र ऋण उठाउने विद्येयक–२०७५ पनि पेश गर्नेछन् ।

वाम गठबन्धन बनाएका नेकपाको सरकार भएकाले उनीहरुले चुनावताका जनतासमक्ष प्रतिबद्धता ब्यक्त गरेका घोषणापत्र, संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र अर्थमन्त्री खतिवडाले श्वेतपत्र मार्फत औल्याँएका अर्थतन्त्रका कमजोरीलाई सम्बोधन हुने गरी बजेट तयार पारिएको बताइएको छ ।

आगामी आवको बजेटमा प्रदेश र स्थानीय तहलाई एक चौथाई बजेट छुट्ट्याईएको छ । बाँकी बजेट रेलमार्ग, जलमार्ग, कनेक्टीभीटी, इलेक्ट्रीसीटी, ठूला उद्योग, राजमार्ग विस्तार, सबै स्थानीय तहको केन्द्रसम्म सडकको पहुँच, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बिशेष बजेट विनियोजन हुनेछ । साथै यूवा रोजगारी र केहि लोकप्रिय कार्यक्रमका लागि पनि बजेट विनियोजन गरिएको बुझिएको छ ।

सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि मंगलबार प्रस्तुत हुने बजेट बिशेष हुने छ । आर्थिकअभियानबाट साभार

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ : अध्यक्ष ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य संघको ४५ औँ वार्षिक साधारणसभालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– “कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो । हामी नेतृत्वमा आएपछिको करिब डेढ बर्ष हामीले यसरी काम गर्यौँ कि अहिले भने आशा जागेको अवस्था छ । अर्थतन्त्र सुधारका संकेत देखिएका छन् ।” महासंघले नै आम मानिसमा देखिएको निराशाको अवस्था चिर्नका लागि सरकारसँगको सहकार्यमा कामको थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिडपछि त्यसअघिकै अवस्थाको पुनर्स्थापना गर्न सुधारका कामहरुको सुरुआत गरेर  सरकारलाई दबाब दिएको र त्यसैको परिणामस्वरूप अहिले सकारात्मक परिणामहरु देखिएको अध्यक्ष ढकालको दाबी थियो ।   महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि उहाँको भनाई थियो । उहाँले भन्नुभयो– “पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ । कतिपय कानुनहरु नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौँ । सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठओटा कानुन संशोधन पनि भए । हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसारको लगानी ल्याउन सहजीकरण हुनेछ ।” यी कानुन संशोधनका क्रममा नेपालका राजनीतिक पार्टीहरुमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “यसअघि हामीले आर्थिक मुद्दा अर्थात् मुलुकको अर्थतन्त्रका विषयमा एकमत हुन दलहरुलाई पटक पटक आग्रह गरेका थियौँ । त्यसैले मलाई लाग्छ लगानी सम्मेलनकैदिन बिहान एकै पटक आठ ओटा कानुन अध्यादेशबाट ल्याउँदा पनि सबै दलको सहमति थियो, सबैले स्वागत नै गरे । हामीले पहिलेपहिले कुनै एक अध्यादेश जारी गर्दा पनि विपक्षी दलहरुले विरोध गरेको देखेकै थियौँ । यसरी महासंघको सक्रियता र एड्भोकेसीका कारण देशका सबै शक्ति विस्तारै एउटै मुद्दामा आएका छन् र लगानीको वातावरण पनि विस्तारै बन्दै गएको छ ।” यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरुले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुपर्यो भन्ने गरेका प्रसंग उल्लेख गर्दै अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकतृत गरी ठूला लगानीमा लगाउन सक्ने बताउनुभयो । यस्तै पुँजीलाई बटुलेर राष्ट्रिय स्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्र सबैको सहभागितामा १० अर्ब को नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापाना भइसकेको जानकरी पनि उहाँले दिनुभयो । यो कम्पनीमार्फत् जहाँ जसलाई काम गर्नका लागि पुँजी पुगेको छैन उसले पनि इक्वीटीका रुपमा प्रयोग गर्न सक्ने तथा देशैभरि छरिएर रहेको पुजीलाई एकतृत गरी लगानी गर्न सकिने वातावरण यो कम्पनीमार्फत् सिर्जना हुने उहाँको भनाई थियो । देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले गएको डेढ बर्षमा धेरै काम गरेको उदाहरण पेश गर्दै अध्यक्ष ढकालले यो समय लगानीका लागि उचित सयम भएकाले लगानी गरी लाभ लिन सबैसँग आग्रह पनि गर्नुभयो ।

महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

लोकप्रिय