‘यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन्। निर्माण चाँडो सक्नुपर्छ,’ उनले भने, ‘सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ।’ प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएका थिए। उनले आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए।
दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरेका थिए। सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए। ‘अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाँडो काम गर्नुप¥यो,’ उनले भने। निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । रासस