निशानामा ‘बादल’: यसरी हुँदैछ सुनियोजित दुष्प्रचार

निशानामा ‘बादल’: यसरी हुँदैछ सुनियोजित दुष्प्रचार

एभरेष्ट टिप्पणी, ‘बादल’ अर्थात् नेपालको ‘माओवादी स्कूल अफ थाउट’भित्र एउटा विशिष्ट पहिचान बोकेका व्यक्तित्व । जनयुद्दकालदेखि संविधान सभामार्फत संविधान निर्माण, माओवादीको फूट र जुटका बिभिन्न कालखण्डमा क्रान्तिकारी माक्र्सवादका पक्षमा उभिएका नेता । अझ स्वभावका हिसाबले चर्चा नखोज्ने, मिडियाबाजी नरुचाउने र आफ्नो अडानमा हिँडने भनेर चिनिएका मान्छे ।

अहिले यिनै बादल अर्थात् राम बहादुर थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारमा गृहमन्त्री छन् । नेकपाको सचिवालयमा छन् र पार्टीभित्र प्रचण्डको निकट सहयोगीका रुपमा चिनिदै आएका पनि छन् ।

र, नेकपाको सरकार गठन भएपछि र अहिले दोश्रो बजेट ल्याएको अवस्थासम्म यिनै बादलमाथि बिभिन्न समयमा बिभिन्न किसिमले प्रहार हुँदै आएको देखिन्छ । सरकारमा सहभागी हुँदा सिण्डिकेटलगायतका विषयमा अडान लिएदेखि निर्मला हत्याकाण्ड र अन्य कतिपय निर्णयमा उनको उछित्तो नै काढियो । मिडियादेखि एउटा तप्का नै उनको बिरोधमा लाग्यो । क्रियाको तत्काल प्रतिक्रिया दिने उनको बानी नभएर होला, यी सबै आलोचनामा उनी प्रत्यालोचनामा उत्रिएनन् । उनलाई चिन्ने भन्छन– समयलाई पर्खिने र परिणामले तथ्य पुष्टि गर्ने स्वभाव छ बादलको । त्यसैले हत्तपत्ति उनी प्रतिक्रिया दिँदैनन आफूमाथि चुलिने आलोचनाको ।

पछिल्लो चरणमा भने बादलका बारेमा देशव्यापीरुपमा एउटा नयाँ प्रचार शुरु भएको छ । यो प्रचार गृह मन्त्रालयको काम कारवाही या कामको प्रभावकारिताका बारेमा छैन । अहिले निर्मला पन्तदेखि सिण्डिकेटका मुद्दा या प्रहरी प्रशासनको संरचना लगायतका विषय जोडेर उनको आलोचना भएको छैन । बरु, आलोचनाको केन्द्र नेकपाभित्र बादलको स्थानबारे छ । मिडियादेखि सामाजिक सञ्जालमा बादलले ‘क्याम्प परिवर्तन गरेको’ एउटा हल्ला फैलाइएको छ । यो हल्लामा नेकपाका कार्यकर्ता समेत रुमल्लिएका छन् । राजनीतिलाई माथिल्लो आवरणमा बुझ्नेहरुका लागि ‘बादल कमरेडले कित्ता परिवर्तन गरेछन् नि’ या ‘प्रचण्डको साथ छोडेछन नि’ भन्ने किसिमका चर्चाहरु महत्वका बनेका छन् ।

कित्ता परिवर्तनको वैचारिक आयाम के हो त ?
राम बहादुर थापा अहिले गृहमन्त्री हुन । नेपालको संसदीय व्यवस्थाको विशेषता अनुसार, हरेक मन्त्री प्रधानमन्त्रीप्रति उत्तरदायी हुन्छन् । यो हिसाबले उनी प्रधानमन्त्री केपी ओलीको निर्देशन मान्नुपर्ने प्रणालीमा आबद्ध छन् । यो प्रणालीमा मन्त्रीको भूमिका गौण हुन्छ, क्याबिनेटमा प्रधानमन्त्री प्रमुख हुन्छन् । नीति कार्यक्रमदेखि मन्त्रालयका कतिपय आन्तरिक विषयहरुमा समेत प्रधानमन्त्रीले सोझै नियन्त्रण या नियमन, निर्देशन दिन सक्छन् । त्यसैले संसदीय प्रणालीगत हिसाबले गृहमन्त्री प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने हुन्छ । र, यो उनका लागि मात्रै नभएर हरेक मन्त्रीका लागि सत्य हो । विगतमा नेपाली कांग्रेससँग माओवादीको सरकार हुँदासमेत नेपाली कांग्रेसका मन्त्रीहरु प्रचण्डप्रति उत्तरदायी हुन्थे । त्यो आधारमा कुनै मन्त्रीले कित्ता या क्याम्प परिवर्तन गरेको मान्नु केटाकेटी बहस मात्रै हो ।

कित्ताले वैचारिक ध्रुवलाई परिभाषित गर्दछ । कार्यगत हिसाबले सरकारबाहिर गृहमन्त्री नेकपाका सचिवालय सदस्य हुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वैचारिक हिसाबले दुई फरक राजनीतिक विचारधाराको सम्मिश्रण हो । विश्व कम्युनिष्ट आन्दोलनमा पचासको दशकदेखि नै विकास हुँदै आएका दुई फरक स्कूल अफ थाउटमा गृहमन्त्री माओवादी स्कूलबाट विकास भएर आएका हुन । माओवादीको फूट हुँदा तत्कालिन प्रचण्डले नेतृत्वको गरेको माओवादीलाई समेत संशोधनवादी भन्दै विरोध गर्ने बादल अहिले प्रचण्डसँग एकतापछि एमालेसँग एकीकरणपछिको नेकपाभित्रका प्रभावशाली व्यक्ति हुन । त्यसअर्थमा हेर्दा, गृहमन्त्रीका बारेमा क्याम्प परिवर्तन गरेको या कित्ता चेन्ज गरेको भन्नुको अर्थ उनले यही वैचारिक ध्रुव परिवर्तन गरेको मान्नुपर्ने हुन्छ ।

नेकपाभित्र कार्यदिशा या विचारको बहस सुरु भएको छैन । अहिले पार्टीले विगतमा दुबै पार्टीका तत्कालिन कार्यक्रमलाई महाधिवेशनमा बहसका लागि लगेर संश्लेषणसहित नयाँ कार्यदिशा निर्माण गर्ने तर तत्कालका लागि नेकपाको कार्यक्रम जनताको जनवाद हुनेकुरामा सहमति गरेको छ । यो हिसाबले त्यो प्रकारको बहस सुरु नभईकन अनुमान र कोरा तर्कका आधारमा बादलले क्याम्प परिवर्तनको हल्ला गर्नु उनीमाथिको सुनियोजित षडयन्त्र बाहेक अरु केही हुन सक्दैन ।

इतिहासमा क्रान्तिकारीहरु विचारका आधारमा अरुलाई कन्भिन्स गर्ने र बिरोधीबीच खेल्ने गर्दछन् भने अवसरवादीहरुले गैर राजनीतिक प्रोपोगाण्डा या हत्कण्डा अपनाउने गर्दछन् । त्यसको शिकार राम बहादुर थापा बनेको देखिन्छ ।

नेकपाभित्र अहिले यथास्थितिवादी या अर्कोअर्थमा पूँजिवादी र अग्रगामी अर्थात् समाजवादी कित्ताको ध्रुवीकरणको प्रक्रिया आरम्भ भएको संकेत देखा परेका छन् । पछिल्लो चरणमा विगतमा भएको सहमतिविपरित जनताको जनवादको पक्षमा उभिनुको साटो केही नेताहरुले इतिहासतर्फ मुख फेरेका छन् । इतिहासतर्फ फर्किनु भनेको नयाँ गतिको निषेध हो । नयाँ प्रक्रियाको बिरोध हो । यथास्थितिवादको पक्षधरता हो । र, यो कोशिसमा उनीहरुले अग्रगामी या समाजवादी क्रान्तिको रणनीतिक कार्यदिशाको पक्षमा रहेकाहरुबीच फूट, वैमनस्य र अविश्वास सिर्जना गर्ने कोशिस गर्नु नौलो परिघटना होइन । स्पष्टरुपमा हेर्दा, अहिले पूर्व एमालेभित्र ठूलो समूह समाजवादतर्फ सचेत धक्का दिँदै अघि बढनुपर्ने कार्यक्रमको पक्षमा छ । यो ठूलो प्रभावशाली समूहले विगतका कार्यक्रमहरुको समीक्षासहित नयाँ परिस्थितिमा समाजवादी कार्यक्रमको पक्षपोषण गर्दछ । यता माओवादी स्कूलबाट आएकाहरुका लागि त समाजवाद न्यूनतम र अनिवार्य कार्यक्रम नै हो । त्यसैले जो जे र जसले यथास्थितिवादी या सम्झौतावादी या पूँजिवादी कार्यक्रमको पक्षपोषण गर्दछन्, वर्तमान संसदीय व्यवस्थालाई नै साध्य मान्ने गर्दछन्, उनीहरुले निश्चय पनि समाजवादी धारभित्र खेल्न खोज्छन् । इतिहासमा क्रान्तिकारीहरु विचारका आधारमा अरुलाई कन्भिन्स गर्ने र बिरोधीबीच खेल्ने गर्दछन् भने अवसरवादीहरुले गैर राजनीतिक प्रोपोगाण्डा या हत्कण्डा अपनाउने गर्दछन् । त्यसको शिकार राम बहादुर थापा बनेको देखिन्छ ।

इतिहासले उनी प्रचार गरेजस्तो पूँजिवादी कित्तामा उभिन सक्ने कुनै आधार देखिन्न । बादलको प्रकृति गर्जिनु र बर्सिनु हो, पखाई मात्र सही मौसमको हो

एउटा यथार्थ र सत्य के हो भने, कार्यनीतिकरुपमा कतिपय एजेण्डाहरुमा निश्चित चरण या कालखण्डमा एउटै वैचारिक ध्रुवभित्र समेत बिभिन्न उप समूहहरु हुनु स्वभाविक हो । अझ कतिपय अवस्थामा केही निश्चित मुद्दामा फक विचारका व्यक्तिसँग समेत विचार मिल्नु पनि स्वभाविकै हुन्छ । तर रणनीतिक अर्थमा र निर्णायक वैचारिक सन्दर्भममा यी सबै कुरा स्पष्टतः ध्रुविकरण हुन्छन् । हाँस हाँसतिर र बकुल्लो बकुल्लोतिर हुनु प्रकृतिको नियम नै हो । प्रचण्ड, बादलदेखि अन्य माओवादी स्कूलबाट आएका नेताहरुको एउटा वैचारिक धुरी छ । उनीहरु कार्यक्रमगत मुद्दाहरुमा एकअर्कासँग अन्तरविरोधी विचार राख्न सक्छन्, तर निर्णायक अवस्थामा, विचारको प्रश्नमा त्यहाँ अन्तरविरोध हुँदैन । यो कुरा विश्व कम्युनिष्ट आन्दोलन र अन्य वैचारिक आन्दोलनले पुष्टि गरेको कुरा हो । त्यसअर्थमा अहिले राम बहादुर थापाका बारेमा फैलाइएका कुराहरु कोरा भ्रम र षडयन्त्रबाहेक अरु केही नभएको स्पष्ट हुन्छ ।

समस्या के हो भने रामबहादुर थापा आफै धेरै बोल्दैनन् । उनले हरेक क्रियाका तत्काल प्रतिक्रिया दिँदैनन । त्यसैले उनका बारेमा मानिसहरुलाई आँकलन गर्न र खेल्न सजिलो हुन्छ । तर समयक्रमले यस्ता तथ्यहरुका बारेमा स्वतः स्पष्टता गर्छ । यसरी हेर्दा, पार्टीभित्र विचारको बहस शुरु नहुँदासम्म गरिने यसप्रकारका हल्लाहरुमा कुनै सत्यता मान्न सकिन्न । र, यो हल्लाको गृहमन्त्रीको सचिवालयले खण्डन समेत गरेको छ ।

अर्कोतर्फ गृहमन्त्रीको इतिहास हेर्ने हो भने विगतमा जनयुद्द शुरुगर्दादेखि नेकपाको घोषणासम्म उनले क्रान्तिकारी रुपान्तरणका पक्षमा नै आफूलाई उभ्याएका छन् । पद, प्रतिष्ठा र व्यक्तिगत लाभभन्दा माथि उठेर राजनीतिलाई आफ्नो निष्ठा बनाएका छन् । उनको यही इतिहासले उनी प्रचार गरेजस्तो पूँजिवादी कित्तामा उभिन सक्ने कुनै आधार देखिन्न । बादलको प्रकृति गर्जिनु र बर्सिनु हो, पखाई मात्र सही मौसमको हो भन्ने सबैले बुझ्नु जरुरी देखिन्छ ।

पूर्वराष्ट्रपति भण्डारी  भन्छिन् -'म अझै पनि राजनीतिमा सक्रिय छु'

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू हाल पनि सक्रिय राजनीतिमा रहेको बताएकी छन्। शुक्रबार विराटनगरमा आयोजित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय भेलामा सहभागी भएपछि पत्रकारसँग कुराकानी गर्दै उनले 'म अहिले पनि सक्रिय राजनीतिमा छु' भन्दै आफ्नो भूमिकाबारे संकेत गरेकी हुन्। एमाले नेतृत्वबारेको चर्चामा उनले समय आएपछि प्रतिक्रिया दिने जनाइन्।कार्यक्रममा उनले गठबन्धनका कारण महिलाको सहभागिता घटेको र स्थानीय तहमा महिला नेतृत्व प्रभावकारी देखिएको उल्लेख गरिन्। भेलामा उपप्रमुख र उपाध्यक्षहरूको भूमिका र स्थानीय तहका समस्यामाथि छलफल हुने आयोजकले जनाएका छन्।

६४ यताका सबैलाई छानबिन गरौं भनेका छौँ, तर माधव नेपालप्रति पूर्वाग्रह देखियो : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा विश्वासिलो छानबिनको वातावरण बने संसद् अवरोध हट्न सक्ने बताएका छन्। विपक्षी दलहरूको बैठकपछि संसद् भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्रीको राजीनामा संसद् सञ्चालनको प्रमुख सर्त नभएको संकेत दिए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेर समस्या समाधानतर्फ जानुपर्ने धारणा राख्दै एक–दुई दिनमै सकारात्मक वातावरण बन्ने विश्वास व्यक्त गरे। बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनले सरकारको नियतमाथि प्रश्न उठाए। प्रचण्डले २०६४ सालपछि सत्ता सम्हालेका सबै प्रधानमन्त्री र मन्त्रीहरू छानबिनको दायरामा पर्नुपर्ने माग आफ्‍नै पार्टीले उठाउँदै आएको स्मरण गराउँदै  भने, “तर, माधव नेपालप्रति छानबिनमा पूर्वाग्रह देखिएको छ।” उनले यसअघि ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईको नाम चर्चामा आए पनि अख्तियारले ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को नीतिगत निर्णय’ भन्दै मुद्दा नचलाउने निर्णय गरेर पत्र पठाएको उल्लेख गरे। “त्यही अख्तियार अहिले प्रधानमन्त्रीमाथि नै मुद्दा दर्ता गर्न पुगेको छ। यो गम्भीर प्रश्न हो,” उनले भने, “माधव नेपाललाई जसरी पनि फसाउने नियत देखिन्छ। यो प्रतिशोध हो, जुन गलत छ।” प्रचण्डले प्रधानमन्त्रीका निर्णयहरू प्रायः नीतिगत हुने भन्दै माधव नेपालले आफैं पनि सो प्रकरणबारे आफूलाई थाहा नभएको धारणा राख्दै आएको उल्लेख गरे। “कहीँ न कहीँ प्रतिशोधको गन्ध आउँछ। अदालतमा मुद्दा पुगेको छ, न्यायको अपेक्षा गरौं,” उनले भने। उनका अनुसार माधव नेपालमाथि लागेको मुद्दाले अन्य थुप्रै विवादास्पद विषयहरू—जस्तै गिरीबन्धु, ओम्नी—समेत छानबिनको दायरामा ल्याउने सम्भावना बढाएको छ। “अब त सबै प्रधानमन्त्रीहरू खुला हुने भए। माधवलाई मात्रै हुने कुरा भएन,” प्रचण्डले हल्का शैलीमा हाँस्दै भने। तर उनले सरकारको व्यवहार नियोजित देखिएको भन्दै केहीलाई जोगाउने र केहीलाई फसाउने काम भएको आरोप लगाए। “एकथरिलाई दोष नदेखिए पनि कारबाही गरिएको छ भने, बढी दोष भएकाहरूलाई जोगाइएको छ। यो पूर्वाग्रहयुक्त कार्यशैली हो,” उनले निष्कर्ष टङ्ग्याए।

अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।  

भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित

काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।

लोकप्रिय