नेपालको समावेशी शासन प्रणालीबारे विश्व समुदायलाई जानकारी गराउन पाउनु अवसर हो : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो आसन्न भ्रमणका क्रममा नेपालको मौलिकतासहितको लोकतन्त्र, समावेशी शासन प्रणालीबारे विश्व समुदायमाझ राख्न पाउनु महत्त्वपूर्ण अवसर भएको बताए ।
आज (शुक्रबार) प्रतिनिधिसभा बैठकमा आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराउँदै उनले सो कुरा बताए । ‘‘न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपालको विषयबारे विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिएको छु’’ उनले भने ।
उनले महासभामा नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास तथा समुन्त नेपाल निर्माणको प्रयासलाई आफूले मुखरित गर्ने बताए ।
उनले आफू दिगो विकास, जलवायु परिर्वतन र स्वास्थ्य चुनौती लक्ष्य हासिल गर्न वित्तीय प्रवर्द्धनका विषयहरू गहन रूपमा छलफलमा साइड लाइनमा हुने बैठकमा सहभागी हुने उनले जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले ४७ देशको अध्यक्षता गर्न पाउनु इतिहासको विशेष कालखण्डमा आउने दुर्लभ अवसर भएको पनि जानकारी दिए ।
“नेपालको राजनीतिक उपलब्धि अवगत गराउने शान्ति प्रकृयालाई निष्कर्षमा पुराउन नेपालले गरिरहेको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव खोज्ने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेको चुनौतीमा विश्वको ध्यानाकर्षण गर्ने, जलवायु परिवर्तनबाट नेपाल जस्तो देशमा परेको गहिरो र दुरगामी देशमा परेको समस्या र चुनौतीको विषयमा विश्वको ध्यानाकर्षण गराउनेलगायत कार्यक्रम रहेको छ,” उनले भने ।
भाद्र ३० गते प्रधानमन्त्री न्यूयोर्क जाने तयारीमा छन् । उनले सानो र छरितो प्रतिनिधिमण्डल लिएर जाने जानकारी दिए । ७८औँ महासभालाई प्रधानमन्त्री प्रचण्डले २१ सेप्टेम्वर २०२३ मा सम्बोधन गर्नेछन् ।
यस्तो छ प्रधानमन्त्रीद्धारा संसद समक्ष प्रस्तुत जानकारी
सम्माननीय सभामुख महोदय,
छिमेकी मित्र राष्ट्र चीनका प्रधानमन्त्री महामहिम श्री लि छियाङ् को मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमण र संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी न्यूयोर्क प्रस्थान गर्नुअघि यस सम्मानित संसदलाई जानकारी गराउन म यहाँ उपस्थित भएको छु ।
सभामुख महोदय,
संयुक्त राष्ट्रसंघको महासभामा राष्ट्राध्यक्ष तथा सरकार प्रमुखबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी हुने प्रचलन रहिआएको यस सम्मानित संसदलाई अवगत नै छ । यही प्रचलनअनुरूप संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी भई सम्बोधन गर्नका लागि विश्व संस्थाका महासचिवबाट निमन्त्रणा प्राप्त भएको छ ।
न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुन गइरहेको यस महासभामा सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयहरूलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरका रूपमा लिएको छु ।
यसैगरी यसवर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौतीहरू, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तीय प्रबन्ध लगायतका संयुक्त राष्ट्रसंघका सदस्य मुलुकहरूका साझा चासो एवं सरोकारका विषयहरूमा गहन रूपमा छलफल हुने गरी क्ष्मभष्लिभ मा आयोजना हुने विभिन्न उच्चस्तरीय बैठकहरुमा सहभागी हुनसमेत मलाई निमन्त्रणा प्राप्त भएको छ ।
यस वर्षदेखि अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्षको हैसियतमा नेपालले ४७ वटा मुलुकको प्रतिनिधित्व गर्दै साझा चासोका विषयहरूमा विभिन्न मञ्चमा धारणाहरू राख्नुपर्ने जिम्मेवारी हामीलाई आएको छ ।
यसका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही भाद्र ३० मा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कतर्फ जाने मेरो तयारी रहेको छ । भ्रमणको लागि यथाशक्य सानो र छरितो प्रतिनिधिमण्डल बनाइएको छ ।
सभामुख महोदय,
यस वर्ष १८ देखि २६ सेप्टेम्बरसम्म चल्ने संयुक्त राष्ट्रसंघको यस ७८ औं महासभाको उच्चस्तरीय सत्रमा हुने General Debate sf विषयकाे “Rebuilding Trust and Reigniting Global Solidarity: Accelerating Action on the 2030 Agenda and its Sustainable Development Goals towards Peace, Prosperity, Progress and Sustainability for AllÆ रहेको छ र असोज ४, २०८० ९तदनुसार २१ सेप्टेम्बर २०२३० मा महासभालाई नेपालको तर्फबाट मैले सम्बोधन गर्ने गरी कार्यक्रम तय भएको छ ।
सो अवसरमा नेपालले हासिल गरेका राजनीतिक उपलब्धिहरूबारे अवगत गराउने, शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउने नेपालको प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सद्भाव लिने, अतिकम विकसित मुलुकबाट दिगो र स्थायी रूपमा स्तरोन्नति हुन आइपरेका चुनौतीहरूबारे विश्व समुदायको ध्यानाकर्षण गर्ने, अल्पविकसित मुलुकहरूको समूहको अध्यक्षको हैसियतले यो समूहका सदस्य राष्ट्रहरूले झेल्दै आएका विशिष्ट चुनौतीहरूबारे आवाज उठाउने, जलवायु परिवर्तनबाट नेपालजस्तो पर्वतीय मुलुकमा परेको गहिरो र दूरगामी प्रभावहरू लगायतका नेपालका लागि चासोका विषय र प्राथमिकताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।
महासभाका दौरान आयोजना हुनेFinancing for Development, Pandemic Prevention, Preparedness and Response, Universal Health Coverage लगायतका विषयमा हुने उच्चस्तरीय बैठकहरू एवं संयुक्त राष्ट्रसंघका महासचिवले आयोजना गर्नुहुनेClimate Action Summit मा समेत सहभागी भई नेपालको धारणा राख्ने तयारी नेपालले गरेको छ ।
यही असोज १ र २ मा आयोजना हुने High Level Political Forum on Sustainable Development, (SDG Summit) मा समेत अल्पविकसित राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्रको हैसियतमा मैले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त मञ्चमा अतिकम विकसित मुलुकहरूले भोग्नुपरेका साझा समस्या तथा चुनौतीहरू, सन् २०३० भित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न आइपरेका व्यवधानहरू एवं विकासोन्मुख मुलुकका रूपमा स्तरोन्नति हुन लागेका नेपाल जस्ता मुलुकहरूले दिगो विकास एवं समृद्धिको पथमा अग्रसर रहिरहन आगामी दिनमा चाल्नुपर्ने साझा कदमका विषयमा केन्द्रित रही मैले आफ्ना भनाइहरू प्रस्तुत गर्ने योजना बनाएको छु ।
सभामुख महोदय,
यस ७८ औं महासभाको Sidelines मा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस (H E Antonio Guterres) लगायत विभिन्न मित्र राष्ट्रका राष्ट्रप्रमुख एवं सरकार प्रमुखहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ । यी भेटवार्ताहरुमा नेपालको राष्ट्रिय हित, पारस्परिक सहयोग र दिगो विकासका मुद्दाहरूलाई केन्द्रमा राखेर छलफल गर्ने योजना छ ।
यसैबीच असोज २ मा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति महामहिम Joseph Biden ले आयोजना गर्नुहुने जलपान कार्यक्रममा समेत सहभागी हुने तय भएको छ ।
सम्माननीय सभामुख महोदय,
संयुक्त राष्ट्रसंघको ७८ औं महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन पश्चात असोज ५ गते छिमेकी मुलुक जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि हाङ्गजाउ जाने कार्यक्रम तय भएको छ । संयुक्त राष्ट्रसंघमा गर्ने सम्बोधन र चीन भ्रमणको तालिका बीच अत्यन्त छोटो समय रहेका कारण म न्यूयोर्कबाट सिधै छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुपर्ने परिस्थिति बन्न गएको हो ।
नेपाल र चीनबीच सदियौंदेखि सौहार्दपूर्ण एवं अति घनिष्ठ सम्बन्ध रही आएको छ र हालैका वर्षहरूमा यो सम्बन्ध बहुआयामिक क्षेत्रमा अझ व्यापक र थप घनिष्ठ बन्दै गएको छ । चीन लामो समयदेखि नेपालको विकास साझेदार रहेको र नेपालको सर्वाङ्गीण विकासको प्रयासमा सहयोग गर्दै आएको छ ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा मेरो यो तेस्रो चीन भ्रमण हुनेछ । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुनेछ भन्ने मैले विश्वास लिएको छु । यस भ्रमणलाई नेपाल र नेपाली जनताको हित एवं नेपाल चीन सम्बन्धलाई थप मजबुत तुल्याउन सदुपयोग गर्ने मेरो प्रयास रहने कुरा म सम्मानित सदनलाई अवगत गराउन चाहन्छु ।
हाङ्गजाउमा नै चिनियाँ राष्ट्रपति महामहिम सी चीनफिङ Xi Jinping सँग भेटघाटको कार्यक्रम रहेको छ । सोही दिन म १९ औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी हुनेछु । त्यस्तै २५ सेप्टेम्बरमा बेइजिङ्गमा समकक्षी महामहिम लि छियाङ् ९ीष् त्तष्बलन० सँग मेरो भेटघाट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।
त्यसपछि कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ्ग ९ऋजयलनत्रष्लन० महानगरपालिकामा रहेको छोङछिङ्ग एकेडमी अफ एग्रीकल्चरल साइन्स ऋजयलनत्रष्लन ब्अबमझथ या ब्नचष्अगतिगचब िक्अष्भलअभक लगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
छोङछिङ्गको भ्रमण पश्चात नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको व्यहोरा सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।
कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउनका साथै नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा छिमेकी मित्रराष्ट्र चीनबाट प्राप्त सहयोगबारे छलफल हुनेछ । भ्रमणका क्रममा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ ।
नेपालको प्रधानमन्त्रीको हैसियतमा मैले गर्ने छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणबाट दुई देशबीच रहिआएको परम्परागत घनिष्ट र सहयोगात्मक सम्बन्ध थप सुदृढ हुने तथा आपसी सहयोगका क्षेत्रहरू थप विस्तार हुँदै जाने मैले विश्वास लिएको छु । साथै, संघीयता लागु भएपछिको दोस्रो आम निर्वाचनपश्चात बनेको सरकार प्रमुखको हैसियतमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र नेपालको चासोका विषयहरू अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने एवं शान्ति, दीगो विकास, जलवायु परिवर्तन जस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग र सद्भाव हासिल गर्न सहयोगी हुने विश्वास मैले लिएको छु ।
अन्त्यमा,
म केही समसामयिक विषयमा प्रष्ट पार्ने अनुमति चाहन्छु । अवैध सुन तस्करीको सम्बन्धमा सिआइबीले अनुसन्धान टुंगाई प्रतिवेदन बुझाइसकेको छ । यस अघि भएको सहमतिअनुसार उच्चस्तरीय छानविन आयोग बनाउने प्रक्रिया अगाडि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।
यसैगरी नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको खुकुरी प्रहारलाई सरकारले गम्भीररुपमा लिएको छ । आक्रमणकारीलाई प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइएको जानकारी गराउँदछु । यस प्रकारका आक्रमणका घटना हुन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार प्रतिवद्ध छ । धन्यवाद ।
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।


