नेपाली क्रिकेटको आजसम्मकै ठुलो उपलब्धि

नेपाली क्रिकेटको आजसम्मकै ठुलो उपलब्धि

आइसीसी प्लेअफ खेलमा नेदरल्याण्डले हंगकंगलाई पराजित गरेको फाइदा भने नेपाललाई पुग्ने भएको छ । विश्वकपका लागि छनौट हुन नसके पनि आजको खेलमा पपुवा  न्यु गिनीलाई फराकिलो अंतरले हराउँदै नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको ४ बर्षको लागि अस्थायी एकदिवसीय राष्ट्रको मान्यता पाउने भने निश्चित भएको छ । यसको लागि नेपालको  जीत-हारको गणितीय सम्भावनामा आफ्नो जितमा मात्र भने निर्भर थिएन । बरु आज नै भएको अर्को खेलमा हंगकंगले नेदरल्याण्डसंग हार्नु पर्थ्यो र भयो पनि त्यस्तो नै । नेदरल्याण्डले हंगकंगलाई पराजित गरिदिँदा नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउने निश्चित भयो ।

नेदरल्याण्डले पहिले ब्याटिंग गर्दै दिएको एक सय ७५ रनको लक्ष्य पछ्याउने क्रममा हंगकंगले एक सय ३० रनमै सम्पूर्ण विकेट गुमाएसँगै नेपाल एकदिवसीय मान्यता पाउने राष्ट्र हुने सम्भावना निश्चिततामा परिणत भएको हो ।

यस अघि सन् २०१४ को टि-२० विश्वकपमा राम्रो प्रदर्शन गरेपछि नेपाललाई आईसीसीले अस्थायी टि-२० अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता प्रदान गरेको थियो। सन् १९९६ मा आईसीसी एसोसीएट राष्ट्रको मान्यता पाएको नेपालले एकदिवसीय मान्यता पाउन २२ वर्ष कुर्नु परेको हो ।

नेपाल २०१५ देखि १७ सम्म भएको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहेपछि डिभिजन-२ मा घटुवा भएको थियो । फेब्रुअरीमा नामिबियामा सम्पन्न डिभिजन-२ को उपविजेताको रुपमा नेपाल बिश्वकप छनौट खेल्न छानिएको थियो ।

यस अघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले विश्वकप छनौट प्रतियोगिताको उत्कृष्ट तीन  एसोसिएट राष्ट्रले एकदिवसीय मान्यता पाउने घोषणा गरेको थियो । जिम्बाब्वेमा जारी प्रतियोगिताको सुपर-सिक्स चरण प्रवेश गर्दै स्कटल्याण्ड र युएईले एकदिवसीय मान्यता पाउने निश्चित भैसकेको थियो । बाँकी एउटा राष्ट्रको लागि सुपर सिक्स पुग्न असफल नेपाल, पपुवा न्यु गिनी र हंगकंग बीच प्रतिस्पर्धा थियो । नेदरल्याण्डले यस अघि नै एकदिवसीय राष्ट्रको मान्यता प्रदान गरिसकेको छ ।

प्लेअफमा नेदरल्याण्डसंग हंगकंग पराजित भएपछि नेदरल्याण्ड र नेपालले अब सातौँ र आठौ स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् । सातौँ स्थानको लागि मार्च १७ तारिकमा हुने खेल अगावै नेपाल एकदिवसीय राष्ट्र हुने पक्का भएको छ । हारसँगै हंगकंग र पपुवा न्यु गिनी डिभिजन-२ मा घटुवा हुने निश्चित भएको छ जो नवौं र दशौं स्थानको लागि खेल्नेछन् ।

विश्वकप छनौट प्रतियोगितामा नेपालले समुह चरणमा जिम्बाब्वे, स्कटल्याण्ड र अफगानिस्तानसँग पराजय बेहोरेपछि सुपर-सिक्स चरण पुग्न असफल भएको थियो तर अन्तिम खेलमा हंगकंगलाई पराजित गरेपछि समुह ‘बी’ को चौथो स्थान हाँसिल गरेको थियो।

नेपाली क्रिकेटका लागि एकदिवसीय मान्यता पाउनु भनेको नेपालको लागि निकै ठुलो फड्को हो । यसले अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा टिमलाई छुट्याउने बजेट बढ्न जानेछ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा तथा नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ ।

यसका साथै निकै कम प्रतियोगिताहरु खेल्न पाउने गरेको नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरू बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरू खेल्न पाउनेछ । साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन् ।

यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाएपछि आईसीसीले नेपाली टिमको पनि वरियता निर्धारण गर्नेछ । साथै नेपाली खेलाडीहरूको समेत आइसीसी वरियता निर्धारण हुनेछ ।

साथै विश्व क्रिकेटका ठुला राष्ट्रहरुले नेपाली क्रिकेटलाई फरक नजरले हेर्नेछन् । यसले आइपिएल जस्ता ठुला लिगहरुमा नेपाली खेलाडीहरुको माग बढ्ने सम्भावना समेत यसले बढाउनेछ ।

यति हुँदाहुँदै पनि एकदिवसीय मान्यता पाउँदैमा नेपाल अस्ट्रेलिया, भारत जस्ता देशहरूसँग खेलिहाल्छ  भन्ने चाहिं हैन । यसका लागि नेपाल क्रिकेट संघ बलियो हुनु जरुरी छ । सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० राष्ट्रको मान्यता पाएको भए पनि त्यस यता नेपालले मात्र ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्न पायो र त्यो पनि हंगकंग र नेदरल्याण्डसँग । गत वर्ष नै टेस्ट मान्यता पाएका अफगानिस्तान र आयरल्याण्डले हासम्म एउटा पनि टेस्ट खेलेका छैनन् । त्यसैले यो एउटा खुड्किलो मात्र हो, अगाडिको बाटो अझै चुनौतिपूर्ण छ ।

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय