नेप्से परिसूचक ४०.९९ अंकले घट्यो

नेप्से परिसूचक ४०.९९ अंकले घट्यो

काठमाडौं । गतसाताको कारोबारमा नेप्से परिसूचक ४० दशमलव ९९ अंक घटेको छ ।

सो साता कारोबार रकम २७ दशमलव ८६ प्रतिशत बढेको थियो भने शेयर बजारबाट लगानीकर्ताहरुको रू. ४७ अर्ब ९६ करोड सम्पत्ति घटेको थियो ।

अघिल्लो साताको अन्तिम दिन १ हजार ३ सय ८६ दशमलव ९८ विन्दुमा बन्द भएको नेप्से परिसूचक गत साताको अन्तिम व्यापार दिन घटेर १ हजार ३ सय ४५ दशमलव ९९ विन्दुमा पुगेको हो । तर, गत साताको पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन भने नेप्से परिसूचक २८ दशमलव ७४ अंकले घटेको हो ।

साताको परिसूचक हेर्दा आगामी दिनमा बजार बढेमा पहिलो प्रतिरोधात्मक विन्दु १ हजार ३ सय ७६ रहेको छ भने दोश्रो विन्दु १ हजार ४ सय ५ रहेको छ ।

त्यस्तै, बजार घटेमा पहिलो टेवा विन्दु १ हजार ३ सय ३० र दोश्रो टेवा १ हजार ३ सय १४ मा पाउने देखिन्छ । साताको मैनबत्ती चित्र हेर्दा अन्तिम दिनको छोटो पुच्छर भएको कालो मारुबोजु आकृती बनाएको छ ।

सो साताको अन्तिम दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३१ दशमलव ९८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

बीमा समूहको परिसूचक २ सय ७६ दशमलव ३४ अंक घटेको छ ।

त्यस्तै, जलविद्युत समूहको परिसूचक ५९ दशमलव २२ अंक, होटलको ५४ दशमलव ५४ अंक, लघुवित्तको ५१ दशमलव ७१ अंक र उत्पादन तथा प्रशोधनको ४७ दशमलव ४९ अंक घटेको छ ।

साथै, विकास बैङ्कको ३० दशमलव ३३ अंक, बैङ्किङको १८ दशलमव २७ अंक, वित्त कम्पनीको १२ दशमलव ५१ अंक, व्यापारको ८ दशमलव ५३ अंक र ‘अन्य’ समूहको ७ दशमलव २२ अंक घटेको हो ।

सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पहिलो दिनको तुलनामा अन्तिम दिन ५ दशमलव २० अंकले घटेर २ सय ८५ दशमलव ३८ अंक पुगेको छ ।

त्यसैगरी, फ्लोट इण्डेक्स पहिलो व्यापार दिनको तुलनामा अन्तिम दिन २ दशमलव शून्य ५ अंकले घटेर ९६ दशमलव ८९ अंकमा पुगेको हो ।

गत साता १८ हजार ७५ कारोबारबाट १ सय ७४ कम्पनीहरुको ४५ लाख २६ हजार ५ सय ५० कित्ता शेयरहरु खरीद विक्री भए । जसबाट रू. १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका रकम परिचालित भयो । यो रकम अघिल्लो साताको तुलनामा १५ दशमलव शून्य ४ प्रतिशत बढी हो । अघिल्लो साता १ सय ७६ कम्पनीहरुको १८ हजार ६ सय ४ कारोबारबाट ४२ लाख ४८ हजार ७ सय ३० कित्ता शेयरहरु खरीद विक्री भएका थिए । जसबाट रू। १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरको कारोबार भएको थियो ।

सो साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर अग्रस्थानमा रहेको छ । यस कम्पनीले गत साता रू। २२ करोड ६२ लाख २० हजार बराबरको शेयर कारोबार गरेको थियो । कारोबार सङ्ख्याको आधारमा यस बीमा कम्पनीको १ हजार ८ सय २६ ओटा कारोबार भएको थियो ।

त्यस्तै, कारोबार भएको शेयर सङ्ख्याको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहको छ । कारोबार सङ्ख्याको आधारमा यस कम्पनीले ८ लाख १२ हजार कित्ता शेयर किनबेच गरेको थियो ।

गत साताको समूहगत परिसूचकः

१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ ।  नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

लोकप्रिय