नेसनल ट्रेडिङ खारेजीमा जाने, शेयरबजारको लगानी के हुन्छ ?

नेसनल ट्रेडिङ खारेजीमा जाने, शेयरबजारको लगानी के हुन्छ ?

काठमाडौं । नेपाल सरकारले नेशनल ट्रेडिङ लिमिटेडलाई खारेज गर्ने भएको छ । निरन्तर घाटा भएर आर्थिकरुपमा धरासायी बन्दै गएपछि सरकारले यस कम्पनी खारेज गर्ने निष्कर्षमा पुगेको हो । कम्पनी खारेजीमा जाने भएपछि उसले सेयरबजारमा गरेको लगानी के हुने भन्ने चासो बढेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार खारेजीका सबै प्रक्रिया पुर्याएर अन्तिम निर्णयका लागि उक्त प्रस्ताव मन्त्रिपरिषदमा लगिएको छ । मन्त्रालयको निजीकरण इकाईले उक्त लिमिटेड खारेज गर्ने प्रक्रिलाई अगाडि बढाएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, कृषि सामग्री कम्पनी लिमिटेड र टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडलाई गाभेर राष्ट्रिय आपूर्ति कम्पनी खडा गर्ने घोषणा गरेको थियो । तर नयाँ संरचना कसरी अगाडि बढ्ने अन्योलता माझ संस्था खारेजी गर्न लागिएको होे ।

शेयरबजारको लगानी के हुन्छ ?

नेशनल ट्रेडिङको विशालबजार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, नेपाल ल्युव आयल, साझा भण्डार, साझा सेवा, गोरखकाली रबर उद्योग र हिमाल सिमेन्ट लगायतमा उद्योगमो ठूलो लगानी छ । जसमध्ये विशाल बजार कम्पनी, साल्ट ट्रेडिङ, गोरखकाली रबर उद्योग र नेपाल लुब आयल सूचीकृत छन् ।

नेशनल ट्रेडिङसँग विशाल बजार कम्पनीको करिब ७० हजार कित्ता, साल्ट ट्रेडिङको ५७ हजार, हिमाल सिमेन्टको ७० हजार, गोरखकाली रबरको ३५ हजार ५ सय र लुब आयलको ५ हजार ८ सय , आयल निगमको ७ हजार ५ सय र साझा सेवाको ५ हजार कित्ता सेयर रहेको छ ।

कम्पनी खारेजीको प्रक्रियामा लग्ने तयारी गरेसँगै उसले विभिन्न कम्पनीको सेयरमा गरेको लगानी के हुने भन्ने चासो सेयरबजारका लगानीकर्तामा देखिएको छ । अर्थमन्त्रालय स्रोतले उचित प्रक्रियाबाट नेशनल ट्रेडिङले विभिन्न कम्पनीमा गरेको सेयरको व्यवस्थापन गरिने जनाएको छ । तर यस बिषयमा कुनै ठोस निर्णय भने भईसकेको छैन ।

नेसनल ट्रेडिङ लिमिटेड खारेज हुँदैन– महाप्रवन्धक पूर्णशंकर वसी

नेसनल ट्रेडिङ लिमिटेड कम्पनीका महाप्रवन्धक पूर्णशंकर वसीले कम्पनी खारेज हुनेमा आफूल्याई विश्वास नभएको बताए । उनले भने– नेसनल ट्रेडिङ लिमिटेडलाई खारेज हुन्छ, जस्तो लाग्दैन, अर्थ मन्त्रालयको एक इकाईले खारेज गर्छु भन्दैमा खारेज हुने हो र ?

मेरो लगानीसँगको कुराकानीमा उनले सरकारले कम्पनीलाई कसरी सञ्चालन गर्ने भन्ने विषयमा दुई महिनाभित्र आफूलाई व्यवसायिक योजना ल्याउन अह्राएको र त्यसमा आफूले काम गरिरहेको बताए । अर्थ मन्त्रालय एकोहारोे लागेर मात्र खारेजी नहुने महाप्रवन्धक वसीको भनाइ छ ।

मेरोलगानीबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय