नोट साट्न नपाएसम्म ‘ताकेता’

नोट साट्न नपाएसम्म ‘ताकेता’

नेपालका ब्यांक र सर्वसाधारणसँग रहेको भारतीय पुराना नोट सटही समस्या समाधान गर्ने उद्देश्यले आएको भारतीय टोली नेपालका ब्यांकको उपभोक्ता सम्बन्धी व्यवस्थाबाट सन्तुष्ट भएर फर्केको अधिकारीहरुले बताएका छन्।

राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगानाले ब्यांकको भन्दा पहिले सर्वसाधारणसँग रहेका पुराना भारतीय नोट साटिने बताए।

तर नोट कहिले साट्न पाइने हो भन्ने निश्चित भइसकेको छैन।

राष्ट्र ब्यांक र उसँग लाइसेन्स लिएका अन्य ब्यांकहरुसँग पौने नौ करोड भारतीय पुराना नोट रहेको बताइएको छ।

ताकेता

भारतमा स्वास्थ्य उपचार, तीर्थ यात्रा, घुमघाम या सभा सम्मेलनमा सहभागी बनेर फर्कने हजारौंसँग केही मात्रामा भारतीय नोट रहेको अनुमान गरिएको छ।

भारतमा दुई महिना अघि नै कागजको खोष्टोमा परिणत भइसकेका त्यस्ता नोट साट्न नेपालको राष्ट्र ब्यांकले भारतीय अधिकारीहरुलाई बारम्बार ताकेता गर्दै आएको छ।

साट्न नपाएसम्म ताकेता गरिरहने राष्ट्र ब्यांकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्म ढुंगाना बताउँछन्।

उनी भन्छन्, “समाधान ननिस्केसम्म यस्तै हो हामी ताकेता गरिरहन्छौं।”

त्यस्ता पुराना नोट सटही गर्ने सुविधा पाउने वित्तिकै ब्यांकभन्दा पहिले सर्वसाधारणको पालो आउने निर्देशक ढुंगानाले बताए।

भारतले दुई महिना अघि नै ब्यांकको नोट साट्न भनेको थियो। तर सर्वसाधारणको नसाटी ब्यांकको नसाट्ने भनेका कारण रोकिएको ढुंगानाले बताए।

उनका अनुसार नेपालका ब्यांकको प्राविधिक व्यवस्थाबाट भारतीय टोली सकारात्मक भएर फर्केको छ।

उपभोक्ताको जानकारी राख्ने नेपालको व्यवस्थाबाट भारतीयहरु सन्तुष्ट भएर गएको बताइएको छ।

भारतीय टोलीसँग दुईदिनसम्म वार्तामा सहभागी रहेका ढुंगाना भन्छन्, “उनीहरुको खास कुरा भारतीयहरु आएर सटही लिन नसकुन् भन्ने हो। त्यसका लागि हामी पर्याप्त सावधानी अपनाउँछौं भन्ने कुरामा हामीले विश्वस्त बनाएका छौं।”

नोट साट्ने बेलामा “मैले उल्लेख गरेको विवरण कुनै किसिमले गलत निस्क्यो भने मलाई कारवाही गरे हुन्छ” भन्ने कुरा स्वीकार गर्नुपर्नेछ।

ढुंगानाले भने, “त्यस्तो पाइयो भने तीन गुणा जरिवाना र चारवर्ष सम्म कैद हाल्न पाउने व्यवस्था छ। त्यो व्यवस्था हामी कार्यान्वयनमा ल्याउँछौं।”

करिब दुई महिनाको समय दिएर भारतमा ५०० र १००० रुपैयाँका पुराना नोट खारेज गर्ने र नयाँ नोट प्रचलनमा ल्याउने घोषणा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।

गत डिसेम्बरको अन्त्यसम्ममा भारतीयहरुले आफ्ना नोट साट्न समय पाएका थिए।

जानकारहरु भन्छन् नेपालका सर्वसाधारणको नोट साट्न नमाने भारतीय नोटप्रति रहेको विश्वास अझ बढी धरमराउनेछ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय