परिणाम आउने गरी काम गर्न मन्त्री साहको निर्देशन

परिणाम आउने गरी काम गर्न मन्त्री साहको निर्देशन

भक्तपुर, साउन १८ । सहरी विकास मन्त्री प्रभु साहले सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतका आयोजना तथा डिभिजन कार्यालयका प्रमुखहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन ।

भक्तपुरको नगरकोटमा बुधबारदेखि सुरु भएको आ.व. २०७३/७४ वार्षिक प्रगति समीक्षा तथा आ.व. २०७४/७५ को कार्यक्रम कार्यान्वयन सम्बन्धी गोष्ठीमा बोल्दैै मन्त्री साहले यस्तो निर्देशन दिएका हुन । उनले यस्ता गोष्ठी भेटघाटका लागि मात्र नभएर विकासका कार्यमा भइरहेका ढिलासुस्ती रोक्न सफल हुनुपर्ने बताए । यस किसिमका गोष्ठी भेटघाट र झारा टार्ने खालको हुने गरेको उल्लेख गर्दै मन्त्री साहले यस्ता गोष्ठीहरुले जनताको पक्षमा काम गर्न नसक्ने बताए । त्यसैले यस्ता गोष्ठीलाई जनताको पक्षमा हुने गरी छलफल चलाएर एउटा निष्कर्ष निकाल्न र त्यसलाई व्यवहारमा रुपन्तरण गर्न निर्देशन दिए ।

बदलिँदो परिस्थितिमा अनेकौ चुनौतिहरु रहेको उल्लेख गर्दै मन्त्री साहले सोच र कार्यशैली बदलेर अघि बढेमा सफल हुने बताए । लक्ष्य अनुसारको प्रगति हुन नसकेको उल्लेख गर्दै मन्त्री साहले किन यस्तो भयो समीक्षा आवश्यक भएको बताए । तोकिएकै समयमा कार्यहरु सम्पन्न हुन नसकेको कारण खोज्न आवश्यक भएको उनको भनाई छ । ‘समयमै ठेक्का सम्पन्न नहुनुमा ठेकेदार दोसी छ नै त्योसंगै ठेकेदारलाई नियमन गर्ने को हो ? उसको दोस हुने कि नहुने ?’ मन्त्री साहले भने, ‘अब सोलोढोलो र घुमाउरो कुरा गरेर हुदैन ।’

सहरी विकास मन्त्रालयको कार्य प्रकृति बढी समन्वयात्मक हुने भएकाले प्रभावकारी रुपमा समन्वय भए सफलता मिल्ने उनले बताए ।अन्तर्निकाय समन्वय प्रभावकारी रुपमा भएका कार्यक्रमहरुमा सफलतापूर्वक कार्य सम्पादन भएको मन्त्री साहले दावी गरे ।

‘अब मन्त्रालयका सम्पूर्ण गतिविधिहरुलाई वेवसाइटमा राखिन्छ ।’ मन्त्री साहले पारदर्शितामा जोड दिदै डिभिजन कार्यालयका प्रमुखहरुलाई भने, ‘अब पारदर्शितालाई जोड दिइन्छ, सबै विवरणहरु वेवसाइटमा राखिनेछ । ‘समयमा कार्य सम्पादन नहुदा जनताले के सोच्छन् ?’

जनताले कति दुःख गरेर कति कष्ट गरेर, संघर्ष गरेर योजना लगेका योजनाहरु कार्यान्वयन गर्ने निकायको लापरवाहीका कारण ढीला हुनु दुःखद भएको उनको भनाइ छ ।

कामको आधारमा मूल्यांकन हुने भन्दै मन्त्री साहले त्यसैको आधारमा समयमै सरुवा बढुवा हुने भएकाले अनुनय विनय गर्नुको औचित्य नभएको बताए । ‘सहरी विकास मन्त्रालयमा कामका आधारमा सरुवा बढुवा हुन्छ’ मन्त्री साहले भने, ‘तपाँईहरुको मूल्यांकन तपाईहरुकै कामका आधारमा हन्छ ।’

नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छः अध्यक्ष प्रचण्ड

सिन्धुपाल्चोक । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो संभावना भएकाले यसलाई प्रवर्धन गरेर लैजानुपर्ने बताउनुभएको छ । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौं महिला तथा आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्राकृतिक र सांस्कृतिक रुपमा पर्यटन विकासका लागि विश्वकै आकर्षक गन्तव्य भएको उल्लेख गर्दै उहाँले यसमा खेलकुदलाई जोडेर लैजान सक्नु थप महत्वपूर्ण काम हुने बताउनुभयो । पर्यटकीय क्षेत्र सुकुटेमा राष्ट्रिय भलिबल सुरु हुनु खेल पर्यटनका लागि राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अन्य पर्यटकीयस्थलहरुमा पनि जहाँ जे संभावना हुन्छ, त्यसलाई अघि बढाएर लैजानुपर्ने बताउनुभयो । आफू तीनपटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको प्रवर्धनका लागि बढी नै मेहनत गरेको स्मरण गराउँदै उहाँले खेल देश र स्वास्थ्यका लागि भएकाले खेल क्षेत्रको जति विकास ग¥यो, समाज त्यति नै सभ्य, अनुशासित र जनता स्वस्थ हुँदै जाने बताउनुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता प्रवर्धन गर्न र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न पनि खेल क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । आफूले क्रिकेट, फूटबल, कराँते लगायतका विभिन्न विधाका खेलको प्रवर्धनलाई महत्वका साथ लिएको उल्लेख गर्दै दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गराएको स्मरण गराउनुभयो । उहाँले यस क्षेत्रको भौतिक पूर्वाधारको विकास र राजनीतिक विकास अघि बढाउन निरन्तर मेहनत गरिरहेको बताउनुभयो । नेपालको ब्यापारिक इतिहासमा महत्वपूर्ण रहेको तातोपानी नाका भूकम्पपछि बन्द भएको र यो अब नखुल्ने हो कि भन्ने निकै चिन्ता बढेपछि आफूले चिनियाँ राष्ट्रपतिसँग तीनपटक वार्ता गरेको जानकारी दिंदै उहाँले राष्ट्रपतिकै चासोका कारण खुल्ने अवस्थामा पुगेको बताउनुभयो । आफूले यस क्षेत्रको विकासका लागि केही न केही भूमिका निर्वाह गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले हिजो मात्रै आफू सुकुटे पुगेपछि पनि पार्टीका स्थानीय नेता र जनप्रतिनिधिहरुले बाढीपहिरोबाट क्षतिग्रस्त सडक मर्मतमा सरकारको चासो नदिएको गुनासो गरेपछि भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई फोन गरेर ध्यानाकर्षण गराएको र अब सडक बन्नेतिर अघि बढेको बताउनुभयो । सुकुटेको पर्यटन प्रवर्धनका अभियान नै चलाएको उल्लेख गर्दै उहाँले पार्टीको स्थायी समिति बैठक एक हप्तासम्म चलाउनुका साथै पटकपटक आउने गरेको स्मरण गराउनुभयो । ‘हामीले पार्टी बैठकहुँदै सुरु गरेको यो अभियानका कारण आजसम्म आउँदा सुकुटे र सिन्धुपाल्चोकमा आन्तरिक पर्यटन प्रवर्धन नयाँ ढंगले अघि बढ्नु मेरा लागि पनि गर्वको विषय हो’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अहिले सुकुटे कोरिडोरकै रुपमा व्यवसायको व्यापक विकास भएको छ । अब आधिकारिक र व्यवसायिक रुपमा सुकुटेलाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्छ र त्यसका लागि मेरो पूरै सहयोग हुने छ ।’ कार्यक्रमका अन्य वक्ताहरुले सिन्धुपाल्चोकको सुकुटेलाई पर्यटकीय क्षेत्र स्थापित गर्न अध्यक्ष प्रचण्डले ऐतिहासिक भूमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए ।

सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको छ, धेरै टिक्दैनः अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको आयु धेरै लामो नभएको बताउनुभएको छ ।  मंगलबार प्रेस सेन्टर सिन्धुपाल्चोकले सुनकोशीस्थित सुकुटे बिचमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नभएको उहाँले बताउनुभयो । सरकारको आफ्नै क्रियाकलापले आयु घटाइरहेको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर गत असार ३० गते बनेको वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरूले बल गर्नै नपर्ने बताउनुभयो ।  ‘यो सरकार टिकिहोस् भन्ने हाम्रो चाहना हुँदैन । तर, यो अप्राकृतिक भएका यो ढलि नै हाल्छ, हामीले बल नै गर्न पर्दैन । यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन’– उहाँले भन्नुभयो– ‘यसबारे मैले मिति तोक्न मिल्दैन । हामी गम्भीर रुपले घटनाक्रम नियालिरहेका छौँ । अहिले जसरी सरकार चलिरहेको छ, यसले आफ्नो आयु आफैँ छोट्याउँदैछ भन्ने मलाई लाग्छ ।’ सत्तारुढ कांग्रेसभित्रै सरकारप्रति जबरजस्त रुपमा असन्तुष्टि चुलिएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसको संस्थापन समूहका नेताहरूको पनि असन्तुष्टि बाहिर आउनु सरकारका लागि गम्भीर खतराको विषय भएको बताउनुभयो ।  उहाँले माओवादी यो सरकार गिराएर तुरुन्तै नयाँ निर्माणतर्फ जाने पक्षमा नरहेको बताउनुभयो । ‘माओवादी अहिले जनताबीचमा गएर संगठन सुदृढ गर्ने अभियानमा छ’– उहाँले भन्नुभयो– ‘स्थानीय तहदेखि नै भेला र सम्मेलन भइरहेका छन् । हाम्रो अभियानलाई जनताले राम्रो मानेका छन् ।’ सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका नवनिर्वाचित कार्य समितिलाई सम्मान गर्नुभएको थियो ।

पूर्वसभामुख सापकोटाको प्रश्न -'के कारणले  यत्ति ढिलासम्म संसद नबोलाइएको हो?'

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संसद अधिवेशन आह्वान नगरिएकोप्रति आपत्ति जनाएका छन् ।  आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वसभामुख सापकोटाले संसद् अधिवेशन नबोलाइएकोप्रति असन्तुष्टि व्यक्त गर्नभएको हो । 'संसद् कुनैपनि देशको महत्वपूर्ण संस्था हो । यसबाट शक्तिशाली सुशासनको धेरै ठूलो सन्देश जाने गर्दछ । हाम्रोले के त्यस्तो सन्देश दिन सकेका छौँ ? पूरै राष्ट्रलाई प्रतिध्वनित गर्न सकेका छौँ । त्यही संसद्बाट राष्ट्रपतिको जन्म हुन्छ, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशको जन्म हुन्छ, सभमुखकै जन्म हुन्छ। त्यस्तो संस्थालाई त्यत्तिकै राख्नु हुँदैन, 'उहाँले भन्नुभयो। आफू सभामुख हुँदा र अरु बेलामा पनि मंसिर २८ सम्म अधिवेशन आह्वान गरिए पनि अहिले यति ढिलो किन गरेको भन्दै सापकोटाले प्रश्न गर्नुभयो ।'म सभामुख हुँदा पनि मंसिर २८ सम्म संसद् सुचारु भएको छ। यत्ति ढिला बोलाउने कुरा भएको छैन । के कारणले संसद नबोलाइएको हो ? वास्तवमा यो मैले भनिरहेको होइन, जनसाधारणलाई समेत खुल्दुली छ। त्यो कारण पत्ता लागेको छैन, ' उहाँले भन्नुभयो ।

संसद छल्ने कुरामा कांग्रेसका जिम्मेवार नेता साक्षी बस्नु विडम्बनापूर्ण : शशांक कोइराला

दाङ  । कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताउनुभएको छ । घोराहीमा आइतबार आयोजित कांग्रेसका अगुवा कार्यकर्ताहरूसँगको भेटमा अध्यादेशबाट सरकार सञ्चालन गर्नु विडम्बनापूर्ण भएको बताउँदै उहाँले कांग्रेसका जिम्मेवार पदाधिकारी संसद्लाई छलेर अध्यादेशबाट सरकार सञ्चालन गर्ने कुरामा साक्षी बसेको आरोप लगाउनुभयो । 'ठूला दल मिलेको सरकारले जनतामा जति आशा जगाउनु पर्थ्यो त्यति काम हुन सकेन । आशा गरेका पार्टीले सरकारमा पुगेर भने जस्तो काम नगरेपछि जनतामा निराशा बढेको छ,' उहाँले भन्नुभयो ।  कोइरालाले कांग्रेस र एमाले मिलेर सरकार बनाएको ६ महिनाको बीचमा जनतामा निराशा छाउँदै गएको उहाँको भनाई थियो।  

लोकप्रिय