पातलो वीर्यले सन्तान हुँदैन् ?

पातलो वीर्यले सन्तान हुँदैन् ?

काठमाडौं, चैत्र २ । म ३० वर्षको भएँ । मेरो बच्चा भएको छैन । वीर्य एकदम पातलो निस्कन्छ । त्यही कारणले मेरो कुनै सन्तान नभएको हो कि ?

कुनै व्यक्ति ३० वर्षको हुँदैमा बच्चाको पिता हुने होइन । तपाईंले पिता हुन कुनै महिलासँगको यौनसम्पर्कपछि भएको गर्भधारणले निरन्तरता पाएको हुनुपर्छ । तपाईंले नभने पनि तपाईं विवाहित हुनु भएको र श्रीमतीले गर्भधारण नगरेको भनेर नै जवाफ दिने प्रयास गरेको छु ।

वीर्य के हो ?

सबैभन्दा पहिले त वीर्य के हो भन्ने विषयमै कुराकानी गरौं । पुरुषको यौन उत्तेजनालाई निरन्तरता दिन सकिए यौन प्रतिक्रिया चक्रको तेस्रो चरणमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई वीर्य (semen) भनिन्छ । एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलि (५ मिलि भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । यही वीर्यमै शुक्रकीट हुन्छन् ।

तपाईंलाई थाहै होला, मूत्रथैलीको मुनि दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने त्यसमा पौरुष ग्रन्थीको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा ईपीडीडाइमिस (अण्डकोषसँगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थीबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

वीर्यको रंग सामान्यतया: सेतो हुने भए पनि हल्का पहेंलो वा खरानी रंगको पनि हुनसक्छ । यो क्रिम जस्तै र केही च्यापच्यापे प्रकृतिको हुन्छ । वीर्य स्खलन हुँदा यो केही बाक्लो हुन्छ र केहीबेर पछि नै पातलिने क्रम सुरु हुन्छ । रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, स्लेश्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यस्थित गर्न आवश्यक थुप्रै किसिमका रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथ–साथै बाहिर निस्कन्छन् ।

वीर्य पातलो भनेको के होला ?

तपाईंले आफ्नो वीर्य किन एकदम पातलो भन्नु भएको हो थाहा भएन । सामान्यतया: वीर्य स्खलन हुनासाथ यो केही बाक्लो हुन्छ र केही बेरपछि नै पातलिने क्रम सुरु हुन्छ । व्यक्तिअनुसार फरक–फरक हुने मात्र होइन एउटै व्यक्तिबाट पनि एकैनासको वीर्य निस्कँदैन ।

वीर्यको बाक्लोपनमा विविधता आउने अनेकौं कारण हुन्छन् । भोजनमा भएको परिवर्तन, व्यायाम वा शारीरिक श्रम, अण्डकोष वा यौनाङ्गमा पर्ने लुगाको कसिलोपनमा परिवर्तन तथा भर्खरै वीर्यस्खलन भएको छ भने त्यसपछिको वीर्यको बाक्लोपन फरक हुनसक्छ ।

यसरी हल्का रूपमा वीर्यको बाक्लोपनमा देखा पर्ने परिवर्तन खासै गम्भीर प्रकृतिको हुँदैन तर कुनै किसिमको संक्रमण वा मूत्रनलीको अन्य श्रावले वीर्यको बाक्लोपनमा परिवर्तन ल्याउन सक्छ । पिसाब पोल्नु वा दुख्नु अनि मूत्रनलीबाट श्राव आउनु अन्य रोगका लक्षण हुन सक्छन् । तपाईंले त्यस्तो कुनै कुरा उल्लेख गर्नुभएको छैन ।

यही कारणले बच्चा नभएको हो कि ? 

वीर्यमा प्रजनन क्षमताका लागि आवश्यक शुक्रकीट हुने भएका नै यसले निकै नै महत्व पाएको छ । सांकेतिक रूपमा हेर्दा जन्मको सुरुवात हुने बीजका रूपमा कार्य गर्ने भएको हुनाले यसले पाएको महत्व जायज नै लाग्छ । यो शक्ति आफैंमा ठूलो तथा महत्वको छ ।

पूर्वीय समाजमा वीर्य खेर फालिनु हुन्न भन्ने सिद्धान्त एकदमै प्रबल छ र वीर्य रगतबाट बन्छ भनेर चर्चा गरिन्छ । शुक्रकीटको उत्पादन मात्र होइन हाम्रो शरीरको कुनै पनि अङ्गको विकास वा उत्पादनका लागि रगतको प्रवाह आवश्यक हुन्छ किनभने रगतको माध्यमवाट नै आवश्यक कुराहरू उक्त अंगसम्म पुग्छन् । यसको अर्थ यो होइन कि निश्चित रगतको खर्चमा केही बन्छ ।

पोषणको दृष्टिले हेरिने शक्तिको कुरा गर्दा एक सामान्य व्यक्तिलाई १८०० देखि २२०० क्यालोरी शक्ति चाहिन्छ र एक पल्टको वीर्य स्खलनमा यस्तै १५ क्यालोरी मात्र हुन्छ । यौनसम्पर्क गर्दा वा त्यसअघि वा पछिका शारीरिक क्रियाकलापदेखि लिङ्ग उत्तेजना, रस निस्कने, वीर्य स्खलन जस्ता कतिपय क्रिया–प्रक्रियामा पनि शक्ति (क्यालोरी) खर्च हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन ।

कुनै पुरुष सन्तानको पिता हुने–नहुने कुरा शुक्रकीटमा भर पर्छ । यो आवश्यक मात्रामा हुनुका साथै स्वस्थ (स्वरुप तथा गतिशीलताको सन्दर्भमा) पनि हुनुपर्छ । माथि नै भनियो कि एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलि (५मिलि भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या संधै एकैनासको नहुन सक्छ तर यसको संख्या ४ देखि १२ करोड प्रतिमिलि लिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटले ओगटेको हुन्छ । शुक्रकीट निकै साना हुन्छन् ।

प्रयोगशालामा सूक्ष्मदर्शक यन्त्रको मद्दतले यसको परीक्षण गरिन्छ । सामान्यभन्दा कम संख्यामा शुक्रकीट हुनुलाई संख्या कम भएको भन्न सकिए पनि चिकित्सकिय दृष्टिकोणले शुक्रकीट कम भएको भन्न प्रतिमिलि लिटर वीर्यमा २ करोडभन्दा कम शुक्रकीट हुनुपर्छ । अहिले त २ करोडसम्मलाई पनि सामान्य भन्न थालिएको छ । तपाईको वीर्यमा कति शुक्रकीट छन् भन्ने कुरा पत्रमा उल्लेख छैन । एकपल्ट वीर्य परीक्षण गराउनुभए यस विषयमा जानकारी प्राप्त भैहाल्छ ।

के कति कारणले शुक्रकीटको संख्यामा कमी आउन सक्छ ?

शुक्रकीटको संख्यामा कमी हुनु वा यसको गतिशीलता, स्वरूप इत्यादिमा प्रभाव पर्ने अनेक कुरा हुनसक्छन् । भावनात्मक तनाव, यौन क्रियाकलापमा भएका समस्या, लिङ्ग उत्तेजनाका समस्या केही समयका लागि कम संख्यामा शुक्रकीट भएको देखिन सक्छ ।

अण्डकोष लामोसम्म तातो वातावरणमा हुँदा शुक्रकीटको उत्पादनमै कमी आउँछ । त्यसै गरी कोकिन वा अन्य केही लागू पदार्थले पनि शुक्रकीटको संख्या तथा गुणस्तरमा कमी ल्याउँछन् । धूमपान त्यसको अर्को कारण हो । भिटामिन सी, सेलेनियम, जिंक वा फोलेटजस्ता कुराको कमी अर्को कारण हो भने लामो समयसम्म निरन्तर साइकल हाँक्नु पनि त्यसको कारण हुनसक्छ । धेरै मोटो हुनुको प्रभाव पनि यस्तै हुन्छ भन्ने कुरा केही अध्ययनले देखाएका छन् ।

केही वंशाणुगत रोगले पनि यस्तो प्रभाव पारेको हुनसक्छ । त्यसैगरी वातावरणीय प्रदूषणको दीर्घकालीन सम्पर्कले पनि वीर्य उत्पादनमा नकारात्मक प्रभाव पार्न सक्छन् । विकिरण (एक्स रे वा अन्य)ले पनि शुक्रकीटको उत्पादनमा नकारात्मक असर पार्छ । अर्कातिर पर्याप्त मात्रा स्खलन नहुँदा पनि शुक्रकीटको पूर्ण संख्यामा कमी आउन सक्छ । साप्ताहिकबाट

ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्

एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

लोकप्रिय