पाल्पा महोत्सवमा आठ करोडको कारोबार

पाल्पा महोत्सवमा आठ करोडको कारोबार

पाल्पा, फागुन २३ । पाल्पाको तानसेनमा सञ्चालन भएको पाल्पा महोत्सवमा आठ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत फागुन १२ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख दर्शकले मेलाको अवलोकन गरेका छन्। महोत्सवमा लक्ष्यअनुसारको कारोबार भएको आयोजकले जनाएको छ ।

सङ्घको बहुउद्देश्यीय भवन निर्माणका लागि सञ्चालन गरिएको यस महोत्सवले जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, उद्योग व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने सङ्घका अध्यक्ष एवम् मूल आयोजक समितिका अध्यक्ष मोहन श्रेष्ठले बताए।

पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा सञ्चालन भएको महोत्सवमा आकर्षणका रुपमा तत्कालीन पाल्पाका कर्णेल उजिरसिंह थापाको पूर्ण कदको सालिक, राउटेद्वारा निर्मित काठका सामग्रीको प्रदर्शनी, पाल्पाली करुवा, पाल्पामा उत्पादित कृषि उत्पादन, घरेलु उत्पादन, ढाका कपडाद्वारा उत्पादित वस्तु, अष्ट्रिज चरा, ऊट, महोत्सव स्थलभित्रै परम्परा जोगाउन गोरुबाट पेलिएको उखुको रस र खुदोको व्यापार रहेको थियो ।

महोत्सवमा कृषि, अटोमोबाइल, आइटी, बैंक तथा वित्तीय संस्था, गार्मेन्ट, फोटो प्रदर्शनी, व्यापारिक गरी ४६३ वटा स्टल रहेको प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए। रासस

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय