पिके हाइड्रोमा ५ अर्बको रसियन लगानी स्वीकृत

पिके हाइड्रोमा ५ अर्बको रसियन लगानी स्वीकृत
काठमाडौं, भदौ २२ ।
सात महिनापछि औद्योगिक बोर्डको बैठक  

नेपाल सरकारले पिके हाइड्रो पावर कम्पनीमा आएको झन्डै सवा ५ अर्ब रुपैयाँको विदेशी लगानीलाई स्वीकृति दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले पिके हाइड्रोमा आएको ५ अर्ब १० करोड रुपैयाँको रसियन लगानीलाई स्वीकृति दिएको हो । दोलखा, रामेछाप र ओखलढुंगाको सिमानामा पर्ने लिखु खोलामा निर्माण हुने पिके हाइड्रोपावरबाट ३० मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । रसिया र नेपालका व्यवसायीको साझेदारीमा बन्न लागेको आयोजनामा करिब ६० प्रतिशत विदेशी लगानीलाई बोर्ड बैठकले स्वीकृति दिएको बोर्डका सदस्यसचिव तथा उद्योग विभागका महानिर्देशक शंकर अर्यालले जानकारी दिए । पिके हाइड्रोले ३ असार २०७० मा विद्युत् विकास विभागबाट जलविद्युत्को सर्भे लाइसेन्स लिएको थियो ।

उद्योगमा आउने २ अर्बदेखि १० अर्ब रुपैयाँसम्मको लगानीलाई औद्योगिक प्रवद्र्धन बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । जलविद्युत्, होटेल, सिमेन्टलगायत सबैखाले उद्योगमा आएका लगनीको स्वीकृति, पुँजी वृद्धिको अनुमतिलगायतका निर्णय बोर्डले गर्छ । मंगलबार बसेको बोर्डको २२१औँ बैठकले पिके जलविद्युत्मा आएको लगानीलाई स्वीकृति गर्नुका साथै औद्योगीकरणका विषयमा नीतिगत छलफलसमेत भएको उनले बताए ।

सात महिनापछि बल्ल बैठक

औद्योगिक प्रवद्र्धन बोर्डको बैठक सात महिनापछि बल्ल बसेको छ । उद्योगमन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवा हाल बोर्डको अध्यक्ष हुन् । उनले समय दिन नसक्दा बोर्डको बैठक बस्न सकेको थिएन । यसअघि बोर्डको २२१औँ बैठक पनि आठ महिनासम्म बस्न सकेको थिएन । तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले २०७२ जेठमा बोर्डको २२०औँ बैठक राखेका थिए । त्यसको आठ महिनापछि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले ११ माघमा बैठक राखेर नीतिगत निर्णय र लगानी स्वीकृति गरेका थिए । निजी क्षेत्र र सरोकारवालाले बारम्बार बोर्ड बैठक सयमै राख्न विभाग र मन्त्रालयलाई आग्रह गर्दै आएका छन् ।

उद्योगलाई नवीकरण गर्ने मौका

नयाँ औद्योगिक व्यवसाय ऐन आएपछि स्वतः खारेजीमा परेका उद्योगले मौका पाएका छन् । करिब एक वर्षअघि ल्याइएको उक्त ऐनमा उद्योग दर्ता भएपछि तोकिएको समयभित्रै सञ्चालनमा आइसक्नुपर्ने व्यवस्था छ । तोकिएको समयमा सञ्चालनमा नआए स्वतः खारेजी हुने ऐनमा व्यवस्था छ । तर, ऐन आउनुअघि दर्ता भएका करिब १५ सय उद्योगको सञ्चालनमा आइसक्ने मिति गुज्रिसकेको छ । त्यस्ता उद्योगलाई समेत नवीकरणका लागि मौका दिइने भएको महानिर्देशक अर्यालले बताए । ‘हालैको मन्त्रिपरिषद्ले त्यस्ता उद्योगलाई नवीकरणका लागि ३ महिना समय थप गर्ने निर्णय गरिसकेको छ,’ उनले भने, ‘मंगलबारको बोर्ड बैठकमा समेत यसबारे छलफल गरेर कार्यान्वयनमा जाने निर्णय गरियो ।’

औद्योगीकरणमा प्रधानमन्त्रीको जोड

सो बैठकमा प्रधानमन्त्री देउवाले मुलुकमा औद्योगीकरणका लागि विदेशी लगानीलाई प्रोत्साहन तथा स्वदेशी लगानीलाई प्रवद्र्धन गर्नुपर्ने बताए । यसका लागि नीतिगत तहबाट काम गर्न सबैलाई उनले आग्रहसमेत गरे । प्रधानमन्त्रीले उद्योग क्षेत्रको प्रोत्साहन तथा प्रवद्र्धनमा काम गर्नुपर्नेमा जोड दिएको महानिर्देशक अर्यालले जानकारी दिए ।

बैठक समयमा राख्नुपर्छ 

 भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
अहिले त उद्योगमन्त्री नै नभएका कारण बोर्ड बैठक नबसेको होला । तर, लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्डलगायत यस्ता संस्थाको बैठक नियमित राख्नुपर्छ । लगानीलाई स्वीकृत दिने बैठक नै समयमा बस्दैन भने लगानी कसरी भित्रन्छ ? यसप्रति हामी सबै सचेत हुनुपर्छ । लगानीलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्छ ।

बैठक अब छिटै बस्नेछ

शंकर अर्याल, महानिर्देशक, उद्योग विभाग
अहिले धेरै एजेन्डा पनि छैनन् । तत्कालै बैठक नबस्दा कुनै जटिलता उत्पन्न भएको छैन । यद्यपि, हामीले समयमै बैठक राख्ने प्रयास गरिरहेका छौँ । अहिले प्रधानमन्त्रीज्यूसँग समय मिलाउने काम भइरहेको छ । बोर्डको बैठक चाँडै बस्नेछ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय