पुँजी बजार यसरी हुँदैछ बिस्तार, ६ महिनामा २७ अर्ब ७६ करोडको शेयर निष्कासन अनुमति

पुँजी बजार यसरी हुँदैछ बिस्तार, ६ महिनामा २७ अर्ब ७६ करोडको शेयर निष्कासन अनुमति

काठमाडौं । धितोपत्र बोर्डले चालु आर्थिक वर्षको ६ महिनामा धितोपत्र निष्कासन अनुमति संख्यामा वृद्धि भएको जानकारी दिएको छ ।

बोर्डका अनुसार सेयर निष्कासन अनुमति संख्या गत वर्षको तुलनामा ६.९८५ र रकममा ३०.४५५ वृद्धि भएको हो ।

यस अवधिमा धितोपत्र बोर्डले ४६ वटा संस्थालाई २७ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र बिक्री गर्न अनुमति दिएको छ । जसमा ९ वटा कम्पनीको २ अर्ब ८६ करोड रुपैयाँको आइपीओ रहेको छ भने ३ वटा कम्पनीको २ अर्ब ६७ करोड रुपैयाँको एफपीओ छ ।

यस्तै, ४ वटा सामूहिक लगानी कोषलाई ४ अर्ब ७० करोड रुपैयाँको म्युचुअल फन्डका इकाई बिक्री गर्न पनि अनुमति दिइएको छ ।

यस्तै, ३० वटा कम्पनीले १७ अर्ब ५३ करोड रुपैयाँको हकप्रद सेयर बेच्न अनुमति पाए । यस अवधिमा बोर्डले ३० वटा कम्पनीको ७ अर्ब ८२ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५२ वटा कम्पनीको १० अर्ब ८९ करोड रुपैयाँ बराबरको बोनस सेयर दर्ता गरिएको थियो । सार्वजनिक निष्कासन अनुमति दिने प्रकृयालाई थप छरितो ९फास्ट ट्रयाक० बनाउँदै लगिएको बोर्डको भनाई छ ।

आइपीओ, एफपीओ तथा हकप्रद सेयर निष्कासन अनुमतिका लागि कागजात प्राप्त भएको मितिले ७ दिनभित्र आवश्यकता अनुसार सुझाव दिने गरिएको छ ।

सुझाव अनुसार आवश्यक सुधार गरी कागजात प्राप्त भएको ५ दिनभित्र निष्कासन अनुमति प्रदान गरिंदै आएको छ ।

चालु आर्थिक वर्षको ६ महिना अवधिमा १५ वटा संस्थाले आइपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएकामा ५ कम्पनीको विवरणपत्र तथा अन्य कागजात अध्ययनका क्रममा रहेको छ भने थप १० वटा कम्पनीहरुको विवरणपत्रमा आवश्यक सुधारका लागि लेखी पठाइएको छ ।

त्यसैगरी, १७ कम्पनीले हकप्रद सेयर जारी गर्न आवेदन दिएकामा ३ वटा संस्थालाई अनुमति दिने प्रकृया अन्तिम चरणमा पुगेको छ । थप ३ वटा कम्पनीको आवश्यक काजगपत्रहरु अध्ययन भइरहेको छ भने अरु ११ वटा कम्पनीको हकप्रद सेयर निष्कासन सम्बन्धी विवरणमा आवश्यक सुधारका लागि लेखी पठाइएको छ ।

आवेदन दिएका १५ वटा संस्थाले ३ अर्ब ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछन् । यसैगरी, १७ वटा संस्थाले ११ अर्व ७६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गर्नेछन् ।

नेपालीपैसाबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय