पुनःनिर्माणलाई तीव्रता दिन ऐक्यबद्ध प्रयास आवश्यक : भुसाल

पुनःनिर्माणलाई तीव्रता दिन ऐक्यबद्ध प्रयास आवश्यक : भुसाल

धुलिखेल, फागुन २२ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसालले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण छिटो गर्न ऐक्यबद्ध प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ देवीटारमा रहेको देवीस्थान माध्यमिक विद्यालयको नवनिर्मित आठ कोठे भवनको उद्घाटन गर्दै उहाँले भूकम्प अतिप्रभावित १४ जिल्ला र कम प्रभावित १८ जिल्ला गरी ३२ जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास, सांस्कृतिक सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सडक, सिँचाइ, खानेपानी तथा राष्ट्रिय धरोहरका पुनःनिर्माण गरिरहेको र त्यसका लागि सबैको साथ सहयोग र ऐक्यबद्धता जरुरी भएको बताउनुभयो ।

उहाँले देशभरमा साढे सात हजार विद्यालय क्षति भएकामा करिब तीन हजार बनिसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “अब एक हजार ५०० बन्दैछन् । बाँकी तीन हजार शैक्षिक संस्था पनि यसै आर्थिक वर्ष भित्र बनाइसक्नेछौँ ।”

उहाँका अनुसार बाँकी संरचना निर्माण गर्न ४०÷५० अर्ब रकम आवश्यक हुन्छ । धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले शिक्षा क्षेत्रमा धुलिखेल नगरभित्र शिक्षक दरबन्दी समायोजन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

जिल्ला शिक्षा अधिकारी डा दीपेन्द्र गुरुङले जिल्लाको ग्रामीण भेगमा विद्यार्थी संख्या धेरै र शिक्षक दरबन्दी थोरै रहेको र शहरी क्षेत्रमा शिक्षक धेरै तथा विद्यार्थी संख्या थोरै रहेकाले त्यसलाई आवश्यकताका आधारमा समायोजन नगरेसम्म शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान नहुने बताउनुभयो ।

सेभ द चिल्ड्रेनको नेपालका लागि निर्माण प्रबन्धक यादव मैनालीले नेपालमा भूकम्प अति प्रभावित १४ जिल्लामा २३ वटा विद्यालय भवन निर्माण गरिरहेको र काभ्रेपलाञ्चोकमा तीन वटा निर्माण गरिएकामा दुई वटा उद्घाटन भइसकेको बताउनुभयो ।

नाङसाल एशोसिएशन नेपालका अध्यक्ष दिने लामाले भूकम्प गएलगत्तै तत्कालीन अवस्थामा राहतस्वरुप अस्थायी सिकाइ केन्द्र बनाइदिएको र त्यसपछि पक्की भवन निर्माणका लागि सहयोगीदातासँग साझेदारी गरेर विद्यालय भवन निर्माण गरेको बताउनुभयो ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोग र नाङसाल एशोसिएशन नेपालको साझेदारी निर्मित आठ कोठे विद्यालय भवन अपांगमैत्री र बालमैत्री रहेको छ । कूल एक करोड ४० लाख २८ हजार ४६९ को लागतमा भवनको निर्माण सम्पन्न गरिएको हो । विद्यालयमा २२० जना विद्यार्थी अध्ययनरत छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा भूकम्पले क्षति पु¥याएका ४९६ विद्यालयका पाँच हजार २२० वटा कक्षाकोठा क्षति भएकामा ९५४ वटा कोठा पूर्ण क्षति र ९१४ वटा कक्षा कोठा आंशिक क्षति भएको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर लामा, झलु तामाङ र ज्ञानबहादुर लामाका साथै भवन निर्माणका लागि जग्गादान गर्ने माइली लामालाई सम्मान गरिएको थियो । लामाले विद्यालयका भवन निर्माणका लागि दुई रोपनी तीन आना जग्गादान गर्नुभएको हो ।

अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन

नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक  दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

प्रेस सेन्टर नेपाल कपिलबस्तुको अध्यक्षमा कार्की

कपिलवस्तु । प्रेस सेन्टर नेपाल कपिलवस्तु शाखाकाे छैठौ जिल्ला अधिवेशन सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न भएको अधिवेशनले मनिस कार्कीको अध्यक्षतामा १५ सदस्य निर्विरोध समिति चयन भएको छ । जस्काे उपाध्यक्ष माधव बेल्बासे, भगवती न्यौपाने,सचिव पिताम्बर घिमिरे (हरी),सहसचिव सूर्य गुरूङ्ग, सहसचिव अजय शाहनी,कोषाध्यक्ष सहबाज खान लगायत अन्य सदस्यमा रहनु भएको छ । अधिवेशनमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज रुद्रप्रसाद बञ्जाडेले पत्रकारको प्रेस सेन्टर सङगठनलाइ सुदृढ गर्दै सक्रिय बनाउन आवश्यक रहेको बताउनुभयो । समाज रुपान्तरणमा सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेकाले निशपक्ष र इमान्दार भएर काम गर्नुपर्नेमा जाेड दिनु भयाे । त्यस्तै माओवादी केन्द्र कपिलवस्तुका अध्यक्ष विष्णु बेलबासेले कपिलवस्तुको विकासको लागि सञ्चार माध्यमले शसक्त भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । साथै उहाँले अनैतिक र अनियमित गतिविधि विरुद्ध बुलन्द आवाज उठाउन पनि आह्वान गर्नुभयो । प्रेस सेन्टर कपिलवस्तुका सस्थापक अध्यक्ष सिपि शर्माकाे नामबाट स्थापित युवा पुरस्कारबाट युवा जनपक्षीय पत्रकार मनिष गुप्ता सम्मानित हुनु भएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेशका अध्यक्ष मानसिह विश्वकर्मा, प्रेस सेन्टरका केन्द्रीय सदस्य बसन्त गिरि, प्रेस सेन्टरका केन्द्रीय सदस्य तथा कपिलवस्तुका इन्चार्ज डिलाराम भुसाल, प्रेस सेन्टरका प्रदेश समितिका सचिव चिन्ता परियार लगायत बाेल्नु भएको थियाे । प्रेस सेन्टर नेपाल कपिलवस्तुका शाखा अध्यक्ष अर्जुन बेलबासेकाे अध्यक्षता,उपाध्यक्ष भुपाल थापाको स्वागत मन्तव्यमा भएको कार्यक्रमकाे सञ्चालन सचिव माधव बेलबासेले गर्नु भएको थियाे ।

लोकप्रिय