पूर्वका एमाले किल्लाहरुमा गगनको प्रवेश

पूर्वका एमाले किल्लाहरुमा गगनको प्रवेश

रूद्रप्रसाद भट्टराई

अघिल्लो सरकारको पालामा अधिक चर्चामा रहेका थिए दुइ मन्त्रीद्वय । उर्जामन्त्री जनार्दन शर्मा र स्वास्थ्यमन्त्री गगन कुमार थापा ।

स्थानीय तहको पहिलो चरणको चुनावमा देश दौडाहामा निस्कन पाएनन् यी नेताहरू । तर, अहिले गगन कुमार थापा नयाँ सरकार बनेसँगै स्वतन्त्र छन् जसको लगानी पूर्वी क्षेत्रले राम्रै पाएको छ । कस्सिएर लागेका छन उनी गाउँ, नगर सबै ठाउँमा जनतासँग मन र मुटु साटिरहेका छन् ।

हरेक सञ्चार माध्ययम् र सामाजिक सञ्जाल भाइरल भएको छ । उनको बोली सुन्न र हात हल्लाउँदै मायाँ साटासाट् गर्न ठूलो जमात उनी केन्द्रीत भएको छ । यहि भिडलाई धेरै दिनदेखि नियाल्ने हो भने सबैको मनमा एउटै प्रश्न सिर्जना गरिदिएको छ — चुनावी परिणाम उथलपूथल हुन सक्छ ! भनेर ।

पूर्वका एमालेका गौँडा मानिएका स्थानहरूमा नसोचेको समुहहरूको नवप्रवेश एउटा दरिलो उदाहरण हो उथलपूथलको । गगनको भाषण हावादारी नहुनु, अघिल्लो सरकारको बेलामा उनले गरेको कार्यलाई जनतामा जस्ताको तस्तै लैजानु मतको तौल वृद्धिको अर्को प्रमाण भएको छ । उनको संवेदनशील निर्णयले देशका गरिबले आफ्नो स्वास्थ्यमा पाएको अकल्पनिय कार्यले जनताको मतमा तलमाथि पार्ने आधारहरू खडा गरिदिएको छ ।
उनका सहयोगी मात्र होइन, विपक्षिहरूपनि खुलेर प्रशंशामा उत्रिनु, सामाजिक सुरक्षाको ढुकुटीमा वृद्धि गरि समग्र वृद्ध, असहाय, एकल महिला र बेरोजगार यूवाको व्यवस्थापनको वास्तविक तस्वीरलाई उजागर गरे त्यो मत बढ्नुको अर्को आंकलन गर्न सकिन्छ ।

प्रायः नेताहरू नपुगेका ग्रामीण क्षेत्रहरूमा गगन पुगेका छन् । घरदैलोमा सारिक भएका छन् । स्वास्थ्य जस्तो महत्वपूर्ण पक्षलाई केन्द्रमा राखेर सचेत गराएका छन् । उनले कांगे्रसलाई मत मागेका छैनन्, मात्र भनेका छन् कांग्रेसले देशको ढिकुटी बनाउन जानेको छ । ढिकुटी बनाउनेले मात्र खर्च गर्न जान्ने हुनाले उसलाई १० वर्ष सरकार चलाउने स्थानमा पुर्याउन आग्रह गरेका छन् । यो अर्को नमूना हो जहाँ आफ्नो पार्टीलाई प्रत्यक्ष मत मागीएको छैन, सबैलाई मत मागिएको छ ।

उनले सभाहरूमा भन्दै हिँडेका छन् — भोट जोसुकैलाई दिए हुन्छ तर सबैलाई समेट्ने पार्टी नेपालमा एउटै हो भनेका छन, त्यो हो कांग्रेस ।
दोश्रो चरणको निर्वाचन सर्नुले र गगन जस्ता यूवा नेताहरूको देश दौडाहामा वृद्धि छाउनुले नेपाली कांग्रेस दोश्रो रहेका स्थानहरूमा हलचल हुने देखिन्छ । कांग्रेसमा पछिल्लो समय देखिएको यूवा नेताको चलायमानले पूरानो कांग्रेस र उसको अवस्थामा परिवर्तन देखिने आंकलनपनि गर्न थालिएको छ । स्थानीय निकायमा देखिएको बागीका समस्याहरूले यसपटक स्थान नपाउनु, समयमै सम्बोधन हुनु, सहकार्यलाई जोड दिनु, समयमै जनप्रतिनिधिको टुँगो लगाउनु जस्ता विविध पक्षमा देखिएको सहजताले दोश्रो चुनावमा कांग्रसले सिटसँख्या बढाउने निश्चित देखिन्छ ।

सात दशक देखि प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाको क्रममा धेरैपटक जितेर हारेको कांग्रेसले यसपटक जुट्दै जित्छौँ भन्ने रणनीति अंगिकार गर्नुले समग्रता झल्काउँछ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई भूसतहमा लैजादैँ संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संसदीय व्यवस्थाको माध्यमबाट आर्थिक—सामाजिक परिवर्तन गरी न्यायपूर्ण र गतिशिल समाजको निर्माणमा गरेको लगानीलाई उजागर गर्नुले जनताको थप आशा कांग्रेसमा पर्न गएको छ । काम गरेर पनि स्थलमा प्रदर्शन गर्न नसकेको कांग्रेसले यूवा नेता गगन मार्फत अब स्पष्ट पार्दै गएको छ ।

ऐतिहासिक संविधान निर्माण पछिको कार्यान्वयन चरणमा कांगे्रसले परिवर्तित सन्दर्भमा यूवामा बढेको परिवर्तनको चाहना, सीमान्तकृत समुहको पहिचानको चाहना, समावेशीकरण र सशक्तिकरणको आकांक्षा, लोककल्याण र सामाजिक न्यायको सन्दर्भमा आएको चेतना, सांस्कृतिक, जातिय र लैंगिक नवचेतनाको साथै विकासको भोकलाई समेत सम्बोधन गर्नको लागि कांग्रेसलाई मत दिनुपर्ने तर्क पार्टी भित्र मात्र नभएर सबैको लागि समय सान्दर्भिक नै देखिन्छ ।
यसपटक कांग्रेसमा खुलेको चेत जुन सिद्धान्तमा रमाउँथ्यो, त्यसलाई गगनले पूर्वी तराइदेखि हिमाल सम्मका क्षेत्रमा पोखिदिएका छन् । सँधैभरी नियतीले निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आब्हान गरेपनि आन्तरिक तथा बाह्य कारणले गर्न नसकिरहेको अवस्थामा आगामी दिनमा परिवर्तन अवश्य हुने आधारहरू बनेको विश्वास गर्न सकिन्छ ।

देश सबैको साझा हो । हामी सबैको सामुहिक आशा नेपालको उज्जवल भविश्य हो । भन्ने बी.पी. कोइरालाको यहि शिक्षाको कारण स्वार्थ, संकीर्णता त्याग्न लगाउँदै गगनले नियतीको बाणीलाई सुनाउँदैछन् पूर्वी जिल्लाहरूमा, जुन आगामी दिनको लागि बहुमतको ढुकुटी हुने पक्का छ ।

अमेरिकामा बिरोधको तयारीपछि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम स्थगित

काठमाडौं । अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ । नेपाली समुदायबाटै विरोधको तयारी गरिएपछि प्रधानमन्त्रीको कार्यक्रम स्थगित गरिएको हो। न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले  समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा संयक्त राष्ट्र संघको महासभा, समिट अफ फ्युचर तथा अन्य साइडलाइन मिटिङहरुमा व्यस्त रहनु परेको पनि बताइएको छ । यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट महावाणिज्यदूतावासले दुःख प्रकट गरेको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका छन् ।

श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा अनुरा कुमारा दिसानायकेलाई बधाई दिनुभएको छ । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति दिसानायकेसहित उहाँले नेतृत्वको गरेको गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई बधाई दिनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु । उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध थप सुमधुर हुने विश्वास लिएको छु।’

माओवादी केन्द्रको परामर्श बैठक सकिदै, दक्षिण एशिया संगठन समितिको बैठक सुरु

काठमाडौ। नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत दक्षिण एशिया संगठन समितिको भर्जुअल परामर्श बैठक आज सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरु केन्द्रीय कार्यालय पेरिसडाँडा र दक्षिण एशिया संगठन समितिमा कार्यरत केन्द्रीय सदस्य तथा पदाधिकारीहरु सम्बन्धित देशबाट अनलाइनमार्फत जोडिएका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति बैठकको तयारी स्वरुप आयोजना गरेको प्रदेश परामर्श बैठकको यो अन्तिम श्रृङ्खला हो । योसँगै प्रदेश परामर्श बैठक सकिने र केन्द्रीय समिति बैठकको तयारीमा जुट्ने सो पार्टीले जनाएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी बैठकका अन्य श्रृङ्खलाभन्दा यसपटक भिन्न तरिकाले उच्च जनवादको अभ्यास गरिएको बताउनुभयो । पार्टी केन्द्रीय समितिको बैठकअघि नै सबै केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुले पार्टीको आगामी कार्ययोजनाबारे आफ्नो मत राख्न पाउने गरी प्रदेश परामर्श बैठक आयोजना गरिएकाले यो अहिलेसम्मकै फरक अभ्यास भएको र यसबाट सार्थक परिणाम आउने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रक्रियाका हिसाबले यो बैठक नै भए पनि सारमा वृहत भेलाकै रुपमा परामर्श बैठकहरु सम्पन्न गरिएको उल्लेख गर्दै उहाँले अब सबै प्रदेश र समितिहरुबाट आएका सुझावलाई केन्द्रीकरण गरेर दस्तावेज तयार गरी आसन्न केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने बताउनुभयो । बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। माओवादी केन्द्रले यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समिति र अमेरिका तथा यूरोप संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ।  

दुर्गा प्रसाई पक्राउ

काडमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एकजना उच्च अधिकृतले जानकारी दिएका छन् ।  असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।  प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । के थियो प्रकरण ?  आफूविरुद्धको पक्राउ पुर्जीलाई प्रसाईंले प्रधानमन्त्री केपी शर्माओलीतिर सोझ्याउँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृसमेत रहेकी टीभी कार्यक्रम प्रस्तोता ज्वाला संग्रौलासम्म घटनाक्रम जोडिएको छ। गत साउन २० गते उनले दुईजना युट्युबर जीवन पाण्डे र प्रकाशचन्द्र दाहालसँग एउटा आपत्तिजनक अन्तर्वार्ता दिएका थिए । एकजना महिलाको चरित्र हत्या गर्ने गरी प्रसाईंले बोलेका कुराहरू यी दुईजना युट्युबरले जस्ताको तस्तै आफ्नो च्यानलमा प्रस्तुत गरेका थिए । प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य संग्रौलाबारे आपत्तिजनक कुरा बोल्दै गत साउन तेस्रो सात सार्वजनिक रुपमा उनको चरित्रहत्या गरेका थिए । ती दु्ई युट्युबरलाई अन्तर्वार्ता दिने क्रममा उनले ज्वालाले जापानमा वेश्यावृत्ति गरेको जस्तो गम्भीर र आपत्तिजनक लाञ्छना लगाएका थिए ।  

लोकप्रिय