पूर्व-पश्चिम राजमार्गमा ज्यानमारा खाल्डाखुल्डी

पूर्व-पश्चिम राजमार्गमा ज्यानमारा खाल्डाखुल्डी

बर्दिया, बैशाख ०५ । राजमार्गमा सुरक्षित रुपमा सवारी साधन कुदाएर गन्तव्यमा पुर्‍याउने र पुग्ने चाहना सवारी चालक र यात्रा गर्ने यात्रु दुवैको हुन्छ । तर सडकमा सवारी साधन कुदाउन त के चलाउनै डरलाग्दो भए के गर्ने ? पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दियाका धेरै ठाउँमा यस्तै खतरापूर्ण ३० भन्दा धेरै ज्यानमारा खाल्डाखुल्डी छन् ।

पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि माछागढ, ककौरा, बनगाईँ, बैदीनजिक ठूल्ठूला खाल्डा छन् । तीव्र गतिमा आएका सवारी साधन त्यहाँ पुग्दा गड्याङगुडुङ आवाज आउँछ, यात्रुहरु दुर्घटना पो भयो कि भनेर तर्सिन्छन् । राजमार्गमा यस्तो समस्या देखिएको ६ महिनाभन्दा बढी भैसक्यो । तर मर्मतका लागि सडक विभागले चासो दिएको छैन ।

राजमार्गका विभिन्न ठाउँमा टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कति दुर्घटना भए त्यो तथ्याङ्क छैन । तर स्थानीयका अनुसार, मोटरसाइकललगायतका सवारी साधन दुर्घटना हुँदा धेरै घाइते भएका छन् । सवारी साधन चलाउनेहरु खाल्डाका कारण दुर्घटनाको जोखिम रहेको बताउँछन् । तर दुर्घटना हुने ज्यानमारा सडकको मर्मत भने गरिएको छैन ।

बाँकेको कोहलपुरनजिक सुस्त गतिमा कतैकतै काम गरेको देखिन्छ तर बर्दियाका खाल्डा मर्मतका लागि कहिले आउने हो अत्तोपत्तो छैन । यो राजमार्ग हुँदै देशका संघ तथा प्रदेशका मन्त्री र सांसदहरु यात्रा गर्छन् । आयोजनाका प्रमुख, प्रजिअ, एसपीलगायतले पनि राजमार्गमा भएको खाल्डो देख्छन् । ओहो राजमार्ग पनि यस्तो, कस्तो लापर्बाही, कमसेकम मर्मत त गर्नुपर्छ, यस्तै यस्तै एकछिन गफ गर्छन् तर सम्बन्धित निकायलाई भनेर मर्मत गराउनतर्फ कसैले चासो दिँदैनन् । तर सवारी चालकहरु ठूलो जोखिम मोलेर यात्रुहरुलाई यात्रा गराउन बाध्य छन् ।

सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि राजमार्गको मर्मत भएको छैन । अब पूर्व(पश्चिम महेन्द्र राजमार्ग पनि सानो र साँघुरो भैसक्यो । गाडीको चाप उत्तिकै बढेको छ, राजमार्गमा । महिनौं बितिसक्दा समेत मर्मतको काम नहुनुले सडक विभागको चरम लापर्बाही देखिन्छ । ‘वर्षा याममा पानी पर्यो भने त झन् जोखिम हुन्छ । खाल्डो कत्रो छ थाहा हुन्न, दुर्घटना हुने खतरा बढी हुन्छ’, सवारी चालक शंकर थारुले भने ।

‘सडकको बीचमा ज्यानमारा खाल्डाखुल्डी छन् । मोटरसाइकल, अटो, कार, बस, ट्रकजस्ता गाडीहरु त्यस्तो खाल्डामा परे भने उछिट्टिएर अर्कोतिर पुग्छन्, यस्तो समस्या हुँदा पनि खाल्डो पुर्ने काम भएको छैन’, भेरी बागेश्वरी यातायातका काउण्टर प्रमुख लक्ष्मीकान्त शर्माले भने ।

राजमार्गमा धेरै मानिसको ज्यान जोखिममा रहेकाले मर्मतको काम हुने भनिए पनि अझै भएको छैन । खाल्डो दिनहुँ ज्यानमारा बन्दै गइरहेको छ । ‘हरेक दिन सडकका खाल्डाखुल्डीमा दुर्घटनाहरु भइरहन्छन् । तर, सडकको खाडल पुर्नेसम्मको कामसमेत भएको छैनु, माछागढका एक स्थानीयले भने । खाल्डोका कारण सवारीसाधन ओहोरदोहोर गर्न समस्या भएको छ । साह्रै कष्ट बेहोर्नु परेको छ ।

बर्दियाको मानखोलादेखि ककौरा, माछागढ, बनगाईँ बैदीको बीचमा पर्ने सडकका खाल्डोको कारणले ६ महिनायता ५ वटा दुर्घटना भएको स्थानीयको भनाइ छ । राजमार्गको खाल्डोकै कारण पटकपटक दुर्घटना निम्तिए पनि मर्मतका लागि सडक विभागले चासो नदिएको स्थानीयको भनाइ छ । अझै पनि खाल्डा पुर्ने काम नगरेमा कतिबेला दुर्घटना हुन्छ र कसको ज्यान जाने हो ठेगान छैन ।

‘खाल्डोकै कारण दुर्घटना भएर कतिको ज्यान गयो, कति घाइते भए भन्ने रेकर्ड त राखिएको छैन, तर राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि बनगाँई बैदीनजिक ग्याङ खोलासम्म राजमार्ग भत्केर दुर्घटनाको जोखिम छ’, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले भने ।

बर्दिया जिल्लामा पर्ने राजमार्गको खाल्डो छिटो छरितो रुपमा मर्मत गर्न सडक विभागलाई आग्रह गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारीले बताए ।

सडक विभाग भन्छः खाल्डो सानो छ, असारसम्म खाल्डो पुरिन्छ

पूर्व-पश्चिम राजमार्गमा भएका ठूल्ठूला खाल्डाखुल्डीका कारण दुर्घटना बढेको भए पनि सडक विभाग भने यो कुरा स्वीकार गर्दैन । राजमार्गमा भएका खाल्डाखुल्डी सानो र सामान्य ठान्छ । पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि कर्तनिया बैदीसम्म सडकमा दुर्घटना हुने खालका खाल्डाखुल्डी ३० भन्दा धेरै छन् नि ? भन्ने प्रश्न गर्दा सडक विभाग नेपालगञ्जका डिभिजन प्रमुख रामकुमार देवले भने, ‘राजमार्गमा ३० होइन, ५० वटै खाल्डा होलान् तर तपाईँले भनेजस्तो ठूला छैनन् खाल्डा साना छन्, त्यही सानो खाल्डोकै कारण दुर्घटना त हुँदैन । अरु कारणले हुन्छ ।’

?

खाल्डाखुल्डी पुर्ने काम बाँकेको कोहलपुरदेखि सुरु भएको र बर्दियाको मानखोलासम्म अब केहीदिनभित्रै पुग्ने बताउँदै राजमार्गका सबै खाल्डाखुल्डी पुर्ने काम पनि तीव्र गतिमा सुरु हुने उनले बताए ।

‘यो आर्थिक वर्षमा के भइदियो भने पुष महिनासम्म एक महिनादेखि दुई महिनाभन्दा बढी कोही पनि कार्यालय प्रमुखहरु बस्न नपाएर सरुवा हुने समस्याले गर्दा ढिला भएको हो । म आएको पनि २ महिना मात्रै भयो, अब काम सुरु हुँदैछ । टेण्डरको काम सकियो, ठेकेदारहरु मोभिलाइज हुँदैछन् । असारसम्म काम सकिन्छ’, उनले भने ।

सबैभन्दा बढी चाप हुने पूर्व(पश्चिम राजमार्गको हालत यस्तो छ भने अरू सडकको त झन् के होला? राजधानी काठमाण्डौलगायत देशका विभिन्न जिल्लासम्म पुग्ने सवारीसाधनहरु दिनरात हजारौंको संख्यामा यही राजमार्ग भएर ओहोरदोहोर गर्छन् । तर, सडक विभागले मर्मत गर्नतर्फ हेलचेक्र्याइँ गरिरहेको छ ।

राजमार्गमा भएका खाल्डाका कारण कुनबेला कतिखेर कहाँ के हुने हो भन्ने चिन्तामा यात्रा गर्नुपर्ने बाध्यता छ । सडक विभागले दुर्घटना निम्त्याउने सडकका खाल्डाखुल्डी पुर्न हतार गर्नु हुँदैन । जतिसक्दो छिटो राजमार्गमा भएका खाल्डा पुरियो भने सवारी साधनका चालकले ढुक्क भएर सवारी साधन चलाउन र यात्रा गर्ने यात्रुले पनि ढुक्क भएर यात्रा गर्न पाउने छन् । त्यसैले सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ । यो समाचार आजको उज्यालो अनलाइनबाट लिइएको हो ।

खबरदारी सभाको पूर्वसन्ध्यामा अखिल (क्रान्तिकारी)ले गर्‍यो ‘टर्च मार्च’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल ‘क्रान्तिकारी’ले आज ‘टर्च मार्च’ गरेको छ । काठमाडौँ क्याम्पस जिल्ला समितिको आयोजनामा शुक्रबार साँझ गरिएको टर्च मार्चमा उपत्यकामा रहेका क्रान्तिकारीका नेताकार्यकर्ताको सहभागिता रहेको क्याम्पस जिल्ला समितिका अध्यक्ष प्रदीप भण्डारीले जानकारी दिए। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्न खबरदारीसभा गर्ने  गर्दै छ । पार्टीको उक्त कार्यक्रमको पूर्वसन्ध्यामा भातृ संगठन क्रान्तिकारीले साँझ ६ बजे बागबजार स्थित केन्द्रीय कार्यालय अगाडि उक्त प्रदर्शन गरेको हो ।  

अखिल भारत नेपाली एकता मंचद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मंचले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मंचले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।  मंचका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उहाँका निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो।  चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मंचलाई धन्यवाद दिनुभयो । नेपालमा पटकपटक आउने विपतपछि उद्धार, राहत र पुनर्स्थापनामा माओवादीले नै पहलकदमी लिने गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि बेलैमा पहलकदमी लिएर संकट व्यवस्थापनको नेतृत्व गरेको बताउनुभयो ।  बाढीपहिरोको पछिल्लो घटनालगत्तै पार्टीले पहल लिएर देशब्यापीरुपमा उद्धार र पुनर्स्थापनामा कार्यकर्ता परिचालन गरिएको जानकारी दिँदै उहाँले प्रवासका पार्टी कमिटीहरुले पनि योगदान गरेकोमा प्रशंसा गर्नुभयो ।  उहाँले पार्टी कार्यालयमै हेल्प डेस्क स्थापना गरेर विपत क्षेत्रको क्षतिको अद्यावधिक गरिएको, केन्द्रीय राहतकोष स्थापना गरिएको, विज्ञहरुको टोलीले गरेको घटनास्थलको अध्ययनका आधारमा तयार पारेकोे पार्टीको ज्ञापनपत्र सरकारलाई बुझाइसकिएको र हिजोसम्म आउँदा बिपक्षी दलहरुको तर्फबाट पनि तत्काल राहत र पुनर्स्थापनाको काम गर्न ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो ।   मानवीय विपतको मिलेर सामना गर्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी कमिटीहरुले यसपटक दसैं तिहारको शुभकामना आदानप्रदान नै नगरी पीडित जनताको पीडा र दुःखसँग हातेमालो गर्न गर्ने कार्यक्रम बनाएको बताउनुभयो ।

सिस्नेरीमा निधन भएका बाल फुटबल खेलाडीका पीडित परिवारबाट प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाढी, पहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका बाल फुटबल खेलाडीका पीडित परिवारले घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । अखिले नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालित सो विद्यालयको होस्टेलमा रहेका छ जना बालबालिकाको बाढीबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते बिहान दुःखद् निधन भएको थियो । नेकपा ९एमाले० का प्रमुख सचेतक महेश बर्र्तौलाको सहजीकरणमा प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा आइरहेको र कुलेखानी ड्याम खोल्ने सूचना भएको अवस्थामा बच्चाहरुलाई विद्यालयबाट सुरक्षित स्थानमा सार्नुपर्नेमा लापर्वाही भएकाले निष्पक्ष छानिबन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवद्र्धन गर्न पनि आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दिपा बानियाँ र ललितबहादुर घलानले संयुक्तरुपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले घटना अत्यन्त दुःखद् भएको बताउँदै के कसरी यस्तो हुन पुग्यो भन्नेबारेमा यथार्थ जानकारी लिने विश्वास दिलाउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले पीडितका पक्षमा सरकार रहने स्पष्ट गर्नुभयो ।  भेटका अवसरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेसका मकवानपुर जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी हुनुहुन्थ्यो ।

रविमाथि मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार भयो, आयोगमा उजुरी दिन्छौं : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार  भएको भन्दै रास्वपाले उजुरी गर्ने तयारी गरेको छ । अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको रास्वपाले जनाएको छ । रास्वपाको तर्फबाट मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए ।  रास्वपा पार्टीका साधारण सदस्य समेत रहेका अधिवक्ता न्यौपाने लगायत रास्वपाका केही नेता मानव अधिकार आयोगमा उपस्थित भएर उजुरी दिने बताइएको छ ।

लोकप्रिय