प्रचण्ड र मुख्यमन्त्री भट्टबीच भेटवार्ता
काठमाडौं, चैत १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले भेटवार्ता गरेका छन् ।
प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान मुख्यमन्त्री भट्ट र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको हो । मुख्यमन्त्री भट्ट राष्ट्रपति निर्वाचनमा मतदान गर्न राजधानी रहेका समयमा पार्टी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
भेटर्वाताका क्रममा संघीय सरकार र प्रादेशिक सरकारको काम कारबाही, कानुन निर्माणका, ७ नं प्रदेश सरकारलाई क्षतिपुर्तिसहितको थप अधिकार साथै अन्य राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको मुख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताएका छन् ।
उनीहरुबीच संघीय सरकार र प्रादेशिक सरकारको अधिकार क्षेत्र र कानुन निर्माण नहुँदा प्रदेश सरकारले जनजिविकासंग जोडिएका मुद्धाहरुलाई सम्बोधन गर्न ढिलाई भइरहेको र पछिल्लो विकसित राजनीतिक विषयमा महत्वपूर्ण कुराकानी भएको बताइएको छ ।
काठमाडौंमा रहेका क्रममा मुख्यमन्त्री भट्टले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पूर्व राष्टपति रामबरण यादबसंग पनि भेटवार्ता गरेका छन् । मूख्यमन्त्री भट्ट बिहीबार नै धनगढी फर्किकेका छन् ।
भट्ट श्री एअरलाईन्सको उडानबाट धनगढी फर्किएका हुन । मुख्यमन्त्री भट्टलाई गेटा बिमानस्थलमा कर्मचारी,स्थानीय निकायका जनप्रतिनिधि, शुभचिन्तक, पत्रकार र कार्यकर्ताहरुले पुष्प गुच्छाले स्वागत गरेका थिए । मूख्यमन्त्री भट्टसंग उहाँकी पत्नी शारदादेबी भट्ट, राजनीतिक सल्लाहकार नरेन्द्र कुवँर र स्वकीय सचिव शिव सिंह ओली रहेका छन् ।
त्यसैगरी मूख्यमन्त्री भट्ट धनगढी आज बिहान धनगढी पुगेलगत्तै होटल फ्लोरामा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल कैलाली शाखाको संयुक्त आयोजनामा पत्रकार भेटघाट कार्यक्रम गरिएको हो ।
पत्रकार भेटघाटका क्रममा मूख्यमन्त्री भट्टले राष्टपतिको चुनाबका लागि राजधानी गएको समयमा प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र, प्रदेशको कानुन निर्माण, प्रदेश प्रहरी संरचना, राज्यद्वारा बिगत बर्षदेखि उपेक्षा गरिदै आएको सुदूर पश्चिम क्षेत्रको विकासका लागि सात नं प्रदेश सरकारलाई क्षतिपुर्ति सहितको बिशेष अधिकार प्रदान गर्न पर्ने जस्ता विषयमा छलफल भएको बताए ।
दिनप्रति दिन बढ्दै गएको सात नं प्रदेशको सुरक्षा संम्बेदनशिलता, सुशासन र भष्टाचार नियन्त्रणका बारेमा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा ‘बादल’संग भेटेर बिशेष कुराकानी भएको जानकारी मुख्यमन्त्री भट्टले जनाकाी दिए ।
भेटका क्रममा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले स्थानीय स्रोतसाधनको अधिकतम परिचालन गरि विकास र समृद्धितर्फ अघि बढ्न आग्रह गर्दै प्रदेश सरकारलाई केन्द्र सरकारले थप सहयोग गर्ने बचन दिएको मूख्यमन्त्री भट्टले बताए ।
पत्रकारहरुको प्रश्नको जवाफ दिदै भट्टले कानुनको अभावमा प्रदेश सरकारको काम कारबाहीमा ढिलाई भएको र कानुन निर्माणका लागि समिति गठन गरि आबश्यक काम अघि बढी सकेको र बढ्दो सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै जनतालाई सुरक्षा प्रत्याभूत दिलाउन सबै सुरक्षा निकाय सक्रिय रहेको बताउनु भयो ।
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस
रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो । १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो । गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्
सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
बेपत्ता छानबिन र सत्य निरुपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ । अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।