प्रि मनसुनी सक्रियः केही दिनभित्रै मनसुन भित्रने मौसमविदको दाबी

प्रि मनसुनी सक्रियः केही दिनभित्रै मनसुन भित्रने मौसमविदको दाबी

काठमाडौ‌, जेठ २२ । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले काठमाडौ‌सहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ ।

मौसमविद्का अनुसारर केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ ।

मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ ।

“ वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई÷चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ”, मौसमविद् पौडेलले भन्नुभयो ।

सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ ।

मनसुनका लागि यी मापदण्ड चाहिन्छ

नेपालमा सामान्यतः मनसुन शुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ । मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ । भारतीय अकाशको माथिल्लो वायुमण्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ ।

त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन ।

माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको ‘जेट स्ट्रिम’ करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ ।

मौसमविद् पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ ।

आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौँसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ ।

जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले राहत स्वरुप पठायो दुई लाख

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले नेपालमा गत हप्ता भिषण वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित नागरिलाई राहत स्वरुप सहयोग गरेको छ । जनप्रगतिशिल मञ्चले बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत स्वरुप दुई लाख पठाएको हो ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उहाँहरुको खोजी गर्नु, घाइते हरुको उपचार गर्नु, घरवार बिहिन भएकाहरुलाई सुरक्षित गर्दै पुनर्स्थापना शुरु गर्नु सबैको पहिलो कर्तव्य हुने भन्दै प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले जनताको दुःखमा सँगै रहेको बताएको छ । उक्त सहयोग दुःखमा सँगै रहेको भन्नका लागि  पठाएको अध्यक्ष दीपक पाण्डेले बताउनुभयो । आफुहरु विदेसमा रहेको भए पनि विपतको यो घडिमा पीडित नेपालीसँगै रहेको बताउँदै मञ्चका अध्यक्ष दीपक पाण्डेले भन्नुभयो  -'बिपत्तिको घडीमा देश गम्भीर पिडामा हुदा हामी प्रवासीहरुको पनि स्वाभाविक रूपमा मन दुखेको छ र रोएको छ। दशै तिहार जस्तो नेपाली हिन्दु समुदायको महान चाड नजिकिएको बेला कतिपयले परिवारका सदस्य गुमाएका छन, कतिपय अस्पतालको शैयामा छन, थुप्रै बेपत्ता छन भने हजारौ नागरिक खाना बिहिन छाना बिहिन हुन परेको छ । यो विषम परिस्थिति र अबस्थालाइ मलम लगाउन जहाँ जहाँ हामी नेपाली छौं त्यहीँ त्यहीँबाट हामिले हातेमालो गर्ने पर्छ र यो हाम्रो दायित्व पनि हो यसर्थ हामी पीडित नेपाली सगै छौं र हुने छौं।' अध्यक्ष पाण्डेका अनुसार  संगठनले आफ्नो मातहतका सबै कमिटी, पदाधिकारी, सल्लाहकारलाई स्वैच्छिक रूपमा बाढीपीडितलाई आर्थिक राहत संकलन सहभागी हुन आग्रह समेत गरेको छ । 

अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन

नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक  दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

लोकप्रिय