फिफा विश्वकप २०१८: यस्तो छ जर्सीकाे कथा, ‘नाइकी’ किन भयो इरानमा ट्रोल?

फिफा विश्वकप २०१८: यस्तो छ जर्सीकाे कथा, ‘नाइकी’ किन भयो इरानमा ट्रोल?

काठमाडौँ । विश्वकपको पारो जति जति माथि चढ्दै छ, नयाँ नयाँ फुटबल चर्चाहरू हुन थालेका छन् ।  फुटबल खेल मात्र रहेको छैन फेसन ट्रेन्ड नै बनिसकेको छ ।  अरबौं डलरको विज्ञापन, पर्यटकहरूको भिडभाड र फ्यानहरूको पागलपन यस वैश्विक खेल-महाकुम्भका थुप्रो आकर्षण रहेका छन् ।

यति मात्र होइन विश्वका शीर्ष फेसन ब्राण्ड र स्पोर्ट किट निर्माण गर्ने कम्पनीहरू अहिले महत्वपूर्ण व्यापार हुने आशा राख्दछन् । यसको प्रमुख कारण फुटबलप्रेमीहरूको खेल प्रेम नै हो ।

तपाईं-हामी पनि यसबेला आ-आफ्नो मन परेको टीमको जर्सी लगाएर सो टीमप्रति आफ्नो समर्थन जनाइरहेका छौँ ।  तर के तपाईंलाई थाहा छ १४ जुन देखि १५ जुलाईसम्म हुने विश्वकपमा कुन टोलीले कुन ब्राण्डका ‘स्पोर्ट किट’ प्रयोग गर्दैछ भनेर ।

हामीले ३२ वटै टीमले कुन कुन ब्राण्डको सामान प्रयोग गरिराखेका छन् भन्ने महत्वपूर्ण जानकारी जम्मा गरेका छौँ ।

तीन वटा ठुला ब्राण्डहरूको प्रयोजनमा दबदबा:

विश्वकपमा ३२ वटा टीमको सहभागिता रहेपनि तिनीहरूका जर्सी लगायत अन्य स्पोर्ट किट प्रायोजन गर्ने ब्राण्डहरूमा भने संयुक्त राज्य अमेरिका, जर्मनी, ब्रिटेन डेनमार्क र इटालीका कम्पनीहरूको मात्र उपस्थिति देखिएको छ । यसमा एउता एसियाली ब्राण्ड समेत देखा परेको छ ।

यति हुँदा-हुँदै पनि विश्वकप खेल्ने टीमहरूका जर्सीहरूमा भने मुख्यतः तीनवटा ब्राण्ड: एडिडास, नाइकी र पुमा देखा पर्ने भएका छन् । यसका अतिरिक्त न्यु ब्यालेन्स, अम्ब्रो आदिले पनि आफ्नो केही उपस्थिति एदेखाउने भएका छन्।

हेरौं यस  खेल-महाकुम्भमा खेलाडीहरूका जर्सीहरूमा देखिने ब्राण्डहरूको उपस्थिति:

एडिडास:

एडिडास फिफाको अधिकारिक फुटबल सप्लायर हो । विश्वकप २०१८ को लागि उसले एडिडास टेलिस्टार-१८ नामको बल सार्वजनिक गरेको छ । एउटा विशेष चिप र सेन्सर प्रयोग गरिएको यस बलले रेफ्रीको धेरै जसो कामलाई सजिलो पारिदिएको छ र एडिडासको अफिसियल वेबसाइटमा बिक्रीका लागि राखिएको यस बलको नेपाली मूल्य लगभग १८ हजार ६ सय पर्दछ ।

एडिडास जर्मनीको बहुराष्ट्रिय कम्पनी हो । फिफाका लागि सामग्री उपलब्ध गराउनुका अतिरिक्त यसले यस विश्वकपमा भाग लिइरहेका १२ वटा टोलीहरूका ‘स्पोर्ट किट’ उपलब्ध गराएको छ ।

यस वर्षको विश्वकपमा इजिप्टका मोहम्मद सलाह, अर्जेन्टिनाका मेस्सी, जर्मनीका गोलरक्षक म्यानुअल न्युअर, स्पेनका सर्जियो रामोस लगायत उनका टिमका खेलाडीहरू एडिडासको जर्सीमा रहेका छन् । यसका अतिरिक्त रसिया, मोरक्को, इरान,मेक्सिको, स्वीडेन, बेल्जियम, कोलम्बिया र जापानका खेल पोशाक पनि एडिडास ब्राण्डका रहेका छन् ।

नाइकी:  

अमेरिकी बहुराष्ट्रिय कम्पनी नाइकीले यस विश्वकपमा १० वटा टिमहरूलाई जर्सी लगायत अन्य किट उपलब्ध गराएको छ । फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यान, ब्राजिलका नेइमार, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो नाइकीको जर्सीमा छन् ।

साथै इंग्ल्याण्ड, पोल्याण्ड, साउदी अरेबिया, क्रोएसिया, नाइजेरिया, दक्षिण कोरिया र अस्ट्रेलियाका खेलाडीहरूले समेत नाइकीका जर्सी लगाएका छन् ।

पुमा:

पुमा पनि जर्मन बहुराष्ट्रिय ब्राण्ड हो ।  यस पटक उसले २ वटा टोलीहरूलाई मात्र जर्सी लगायतका समान उपलब्ध गराएको छ ।  कुनै समय यस मामिलामा अग्रणी रहेको पुमाले सन् २००६ को विश्वकपमा १२ वटा टोलीहरूलाई समान उपलब्ध गराएको थियो । यस विश्वकपमा उसले उरुग्वे र  स्विट्जरल्याण्डलाई जर्सी उपलब्ध गराएको हो ।

यिनको पनि छ उपस्थिति:

माथि उल्लिखित ठुला ब्राण्डका अतिरिक्त केही अन्य ब्राण्डहरूले समेत केही टोलीहरूका जर्सीमा सजिने अवसर प्राप्त गरेका छन्:

न्यु ब्यालेन्स

अमेरिकन ब्राण्ड न्यु ब्यालेन्सले कोस्टारिका र पानामाका जर्सी प्रयोजन गरेको छ ।

त्यस्तै गरेर ब्रिटिश ब्राण्ड ‘अम्ब्रो’ले पेरु र सर्बियाका जर्सी उपलब्ध गराएको छ भने डेनिस ब्राण्ड ह्यामेलले डेनमार्क, जर्मन ब्राण्ड ‘उलस्पोर्ट’ले ट्युनिसिया, इटालियन ब्राण्ड ‘इरिया’ले आइसल्याण्डलाई जर्सी लगायतका समान उपलब्ध गरएको छ ।

यस विश्वकपमा उपस्थित एकमात्र गैर-पश्चिमी एसियाली ब्राण्ड ‘रोमाइ’ हो । युएइको यस ब्राण्डले सेनेगललाई समान उपलब्ध गराएको छ ।

नाइकीले गुमाएको अनुबन्ध

अमेरिकन मल्टिनेसनल ब्राण्ड नाइकीसँग फुटबल किट उपलब्ध गराउने बारे इरानको पनि अनुबन्ध भएको थियो । तर हालै इरानमाथि अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्दै नाइकीले उक्त अनुबन्ध अस्वीकार गरेपछि उक्त ‘डील’ रद्द भएको थियो र पछि यो मौका एडिडासले हात पाऱ्यो ।

इरानी सामाजिक संजाल प्रयोगकर्ताहरूले यस विषयमा नाइकीलाई ट्रोल पनि गरेका छन् ।  आफ्नो पहिलो खेलमा मोरक्कोलाई हराएपछि इरानी फुटबलप्रेमीहरूले सामाजिक संजालमा “नाइकी तिमीबिना पनि हामीले गरेर देखायौं ।” लेखेर उसलाई ट्रोल गरेका थिए ।   

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय