फेरि जम्ला त दमननाथ ढुंगाना र विरोधको जोडी ?

फेरि जम्ला त दमननाथ ढुंगाना र विरोधको जोडी ?
काठमाडौं, कात्तिक १९ । ‘सभामुख महोदय, बोल्नै नदिने यो त अत्याचारै भयो’, एमाले सांसद विरोध खतिवडाले फ्लोरबाट नियमापत्ति जनाएपछि सभामुख दमननाथ ढुंगानाले ठट्यौली शैलीमा रुलिङ गरे, ‘मेरो नामै दमन, म दमन गर्छु, तपाईंको नामै विरोध, विरोध गर्नुहोस् ।’ त्यसपछि संसद्मा गलल्ल हाँसो छायो । संसद्को कारबाही अघि बढ्यो । यो दृश्य हो, २०५१ सालको संसद्को ।

 महाकाली सन्धिका बेला दमनले हरेक दिनजसो संसद्मा नियमापत्ति जनाउँथे । कानुनका विद्यार्थी विरोधसँग २०४३ सालदेखिको संसदीय अभ्यासको अनुभव थियो । संसद् बैठकमा विरोध उठे कि अब के नियमापत्ति जनाउने हुन् र कसरी संसद् बैठक अघि बढाउने भन्ने पिरलोमा पर्थे, तत्कालीन सभामुख दमननाथ ।

‘त्यो बेला निकै रोचक दृश्य देख्न पाइन्थ्यो’ पूर्वसभामुख दमननाथ सम्झन्छन्, ‘कतिवटा जोक चल्थे, कतिवटा किस्सा हुन्थे । रमाइलो मात्र होइन, सत्तापक्ष र प्रतिपक्षबीचको टकराव पनि उस्तै थियो ।’

एमाले भर्खरभर्खर संसद्मा आए पनि संसद्प्रति धेरै विश्वास नभएजस्तो अवस्थाले दमननाथलाई सोच्न बाध्य बनाउँथ्यो । ‘संसद् सञ्चालनमा उनीहरूको सहयोग लिनुपर्ने अवस्था पनि थियो’, दमनाथ भन्छन् ।

संयोगले दमननाथ र विरोध दुवैजना आसन्न प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् । दमननाथलाई कांग्रेसले भक्तपुर २ बाट र एमालेले विरोधलाई मकवानपुर २ बाट उम्मेदवार बनाएको छ ।

दमननाथ ०४८ देखि ०५१ सम्म सभामुख बनेका थिए भने विरोध ०४३ सालको जनपक्षीय सांसद हुँदै ०४८, ०५१ र ०५६ को सांसद बनेका थिए । ०४८ मा कांग्रेसले एकलौटी बहुमत ल्याएपछि जताततै कांग्रेस सरकारको ‘जगजगी’ थियो । कांग्रेसको एकलौटी सरकारका क्रियाकलापविरुद्ध नियमापत्ति जनाउने र सरकारलाई जवाफ दिन बाध्य बनाउँथे, विरोध । विरोधको विरोधमा एमालेका राजेन्द्र पाण्डे, द्रोण आचार्य, देवी ओझाहरू पनि संसदमा उस्तै स्वर दिन्थे ।

विरोधले नियमापत्ति जनाएपछि अधिकांश समय उनी संसदमा बोल्न समय पाउँथे । विरोधलाई जहिले पनि बोल्न समय दिएको भन्दै सभामुख दमननाथविरुद्ध सत्तासीन कांग्रेसकै सांसदहरू पनि रिसले मुर्मुरिन्थे । एकातिर प्रतिपक्षलाई बोल्न दिनुपर्ने, अर्कोतर्फ प्रतिपक्षलाई मात्र किन बोल्न दिएको भन्दै कांग्रेस रिसाउन थालेपछि अप्ठ्यारोबीच दमनले संसद्मा एउटा सिद्धान्त प्रतिवाद गरे, ‘सरकार बहुमतको, संसद प्रतिपक्षको ।’

‘मेरो त्यो सिद्धान्त अहिले पनि कायमै छ’ दमननाथ भन्छन्, ‘सरकारका गलत कार्यहरूको विरोध गर्ने, सरकारलार्ई जनताप्रति जवाफदेही बनाउन प्रतिपक्षले संसद्को उपभोग गर्नुपर्छ ।’
सरकारको ‘बिजनेस’ मा मात्र संसद् चल्ने भए पनि सरकारलाई जवाफदेही र पारदर्शी बनाउन संसद्मा प्रतिपक्षको भूमिका महत्वपूर्ण हुने दमननाथको भनाइ छ ।

०४८ र ०५१ को जस्तो संसद् पछिल्ला वर्षमा नभएको विरोधको दाबी छ । ‘पछिल्ला दिनमा त जम्माजम्मी ३०/४० जना सांसद मात्र क्रियाशील देखिन्थे’, विरोध भन्छन्, ‘साढे पाँच सयजति सांसदको भूमिका त तलबभत्ता मात्र बुझ्ने देखिन्थ्यो ।’

०५१ सालको संसद्मा विरोधको एउटा भाषण चर्चित र विवादास्पद बन्यो । अदालतबाट फैसला जितेर नुवाकोटबाट राप्रपाका डा. प्रकाशचन्द्र लोहनीले संसद्मा प्रवेश पाएपछि विरोधले कटाक्ष हानेका थिए । ‘आफैंले नजन्माए पनि कानुनले धर्मपुत्र बनाउन पाइन्छ । त्यस्तै जनताबाट नजिते पनि अदालतले राप्रपाका लोहनीलाई धर्मपुत्र जस्तै सांसद बनाइदिएको छ ।’ विरोधको भाषणको राप्रपाका पशुपतिशमशेर राणालगायतका सांसदहरूले संसद्मा चर्को विरोध जनाए । संसद्मा होहल्ला र तनावको अवस्था आयो ।’

विरोधले यस्ता कैयौं तर्क र नियमका हाँगाबिँगा समाउँदा सत्तापक्षदेखि सभामुखसम्मलाई अप्ठ्यारो अवस्था आउँथ्यो । ‘खतिवडा उठ्नुभयो कि अब के पो आइलाग्ने हो भनेर सभामुखलाई सहयोग गर्ने कर्मचारीहरू पनि संकटमा पथ्र्यौं’, संसदका एक उच्च कर्मचारीले भने ।

विरोधले सभामुख दमननाथलाई कहिलेकाहीं सजिलो पनि बनाइदिन्थे । महाकाली सन्धि पारित गर्ने दिन राति १० बजेसम्म संसद् चलेपछि सभामुख दमननाथ निकै थाकेका थिए । आरामका लागि उनी आफैं संसद् स्थगित गर्न सक्ने अवस्थामा थिएनन् । विरोधले फ्लोरबाट केही समय संसद् स्थगित गर्दा हुन्छ भनेपछि दमननाथले राहतको सास फेरेका थिए । १५ मिनेटसम्म संसद् स्थगित भएको थियो । विरोध भन्छन्, ‘संसद्को असली अभ्यास गर्न, संसद्लाई जनपक्षीय बनाउन र सरकारलाई जनताप्रति उत्तरदायी बनाउने उद्देश्यसाथ म फेरि सांसदको उम्मेदवार बनेको हुँ ।’

संसद् बलियो भयो भने मात्र संघीय लोकतान्त्रिक गणतन्त्र र परिवर्तनहरू बलियो हुने विरोधको भनाइ छ । ०२३ वर्षपछि संसद्मा फर्कन खोजेका दमननाथ लोकतन्त्रलाई साझा बनाउन, लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन र विधिको शासन स्थापित गर्न आफू फेरि संसद्तर्फ आकर्षित भएको बताउँछन् । ‘सत्ता र नेतृत्वको महत्वाकांक्षा ममा छैन’, दमननाथ भन्छन् । विगतमा राजनीतिक नेतृत्व, सांसदप्रति समाजको हेर्ने दृष्टिकोण पछिल्ला दिनमा खस्कँदै गएको भन्दै जनतामा गुमेको साख फर्काउनेतिर दलहरूले सोच्ने बेला आएको दमननाथको भनाइ छ । अन्नपूर्णमा खबर छ-

बाढी पहिरो अपडेटः देशभर २४ को मृत्यु, २७ बढी बेपत्ता

काडमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा ९, भक्तपुर, काभ्रे र पाँचथरमा ३–३, सिन्धुपाल्चोक र धनकुटामा २–२ तथा काठमाडौं, झापामा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। २७ जना बेपत्ता छन्। ललितपुरमा मात्रै बाढी पहिरोमा परी ९ जनाको मृत्यु भएको छ। ११ जना हराइरहेका छन्। उनीहरुको विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ। भक्तपुरमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका– ९ पलाँसेमा पहिरोले घर पुर्दा कालिकोटका तीन जानको मृत्यु भएको हो। मृत्यु हुनेमा कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका ५ स्थायी घर भएकी २४ वर्षीया बिमला शाही, उनकी बहिनी १४ वर्षिया मनिषा र ४ वर्षिया छोरी सूर्या बमको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए। त्यस्तै, काभ्रेको तेमाल गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। थप एकजना मृतको भने पहिचान खुलेको छैन्। यस्तै सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिका ३ मा पहिरोले घर पुर्दा पूर्व वडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको मृत्यु भएको हो। उता, पाँचथरको फिदिममा पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ। वडा नं ४ मा २४ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो। यस्तै फिदिम–१ मा गएको पहिरोमा परि स्थानीय ५० वर्षका गोपी विश्वकर्माको मृत्यु भएको छ। फिदिम–१ कै पाँचजना अझै वेपत्ता छन्। धनकुटामा पहिरोमा परी आमाछोरीको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका ५– गुराँसेमा सन्तोष तामाङकी ३० वर्षिया श्रीमती आशा तामाङ र उनकी आमा रामकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए। काठमाडौंको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बलका अनुसार घर अरु केही व्यक्ति पुरिएका छन्। मृतक र बेपत्ताको परिचय खुल्न बाँकी छ। झापामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका–२, बालुवाटार बस्ने ३५ वर्षीया धनमाया घोरासैनीको माइखोलामा आएको बाढीमा परी मृत्यु भएको हो । दुई जना बेपत्ता छन्। यस्तै काभ्रेको पनौती नगरपालिका– ११ थुम्कीमा पहिरोले घर बगाउँदा पाँचजना सम्पर्कविहीन भएका छन्। स्थानीय अर्जुन भण्डारीको घर पुरिँदा उनी र श्रीमतीसहित पाँचजना बेपत्ता भएका हुन्। श्रीमान–श्रीमती र आफन्त तीनजना पहिरोमा पुरिएको खबर पाए पनि ठाउँठाउँमा पहिरो गएका कारण त्यहाँ पुग्न कठिनाइ भएको प्रहरीले जानकारी दिएको छ। सिस्नेरीका ३० घर बगायो अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ। सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए। बाढीका कारण इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतस्थित २८ घर डुबानमा परेका छन्। अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि आज बिहान बाँधका दुई वटा ढोका खोलिएको थियो। विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशयका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ। स्थानीयलाई सुरक्षित स्थानमा राखिएको छ। अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँ सडक अवरुद्ध भएको छ। पहिरोका कारण कान्तिलोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ, कुलेखानी–फाखेल–काठमाडौँ, कुलेखानी–मातातीर्थ–काठमाडौँ र त्रिभुवन राजपथ अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ।

सिस्नेरीमा एन्फा एकेडेमीका ६ विद्यार्थी बगे

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका ६ जना विद्यार्थीलाई बाढीले बगाएको छ। आज बिहान ६ बजेतिर सिस्नेरी खोलामा आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिनुभयो । कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बाढीले बगाएको ठकुरीले बताउनुभयो । एन्फाले गत वर्ष उक्त विद्यालयसँग सहकार्य गरेर ४० विद्यार्थीलाई एकेडेमीमा राखेको थियो। बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

लोकप्रिय