बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।

बत्तीसपुतलीस्थित श्रीराम मन्दिर, पशुपतिस्थित राममन्दिर, जनकपुरधामलगायत देशभरका राममन्दिरमा भक्तजनको भीड लागेको हो ।

त्रेतायुगमा चैत्र शुक्ल नवमीका दिन मध्याह्न अयोध्याका राजा दशरथ र महारानी कौशल्यादेवीको ज्येष्ठ पुत्रका रुपमा श्रीरामचन्द्रको जन्म भएको थियो ।

धर्मशास्त्रअनुसार भगवान विष्णुले जब पृथ्वीमा पाप बढदै जान्छ तब धर्मको रक्षाका लागि अबतार लिन्छु भनेकाले धर्मकै रक्षाका लागि भगवान् विष्णुको सातौँ अवतारका रुपमा श्रीरामचन्द्रको जन्म भएको विश्वास गरिन्छ ।

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको छ । बेलुकीसम्म पाँच लाखभन्दा बढीले मन्दिरमा दर्शन गर्न सक्ने अनुमानमा पूजा व्यवस्थापन गरिएको श्रीरामचन्द्र मन्दिर जीर्णोद्धार एवं संरक्षण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले राससलाई जानकारी दिनुभयो ।

विसं १९२८ मा श्री ३ जंगबहादुर राणाका जेठान कमाण्डिङ कर्णेल सनकसिंह टण्डनले यो मन्दिर निर्माण गर्नुभएको हो । त्यसबेला भारतको लखनउमा भएको सैनिक विद्रोह नियन्त्रणका लागि श्री ३ जंगबहादुरको नेतृत्वमा कमाण्डिङ कर्णेल टण्डनसहितको समूहलाई सफलता मिल्यो । भारतमा अंग्रेज सरकार थियो । अंग्रेजले नेपाल सरकारलाई विद्रोह नियन्त्रणका लागि सघाएकामा नेपाललाई ठूलो धनराशि उपहारस्वरुप दियो ।

श्री ५ सुरेन्द्र वीरविक्रम शाहले कमाण्डिङ कर्णेल टण्डनलाई पनि केही रकम दिएकाले त्यो रकमले श्रीरामचन्द्र मन्दिर बत्तीस पुतलीका नाममा ३७४ रोपनी आठ आना एक पैसा जग्गा गुठीका लागि व्यवस्था गरिएकामा त्यसमध्ये कमाण्डिङ कर्णेल टण्डन आफैले ८१ रोपनी जग्गा निजी सम्पत्तिबाट गुठी राखेको संस्कृतिविद्समेत रहनुभएका डा टण्डनले बताउनुभयो ।

मन्दिर स्थापना हुनुअघि पुरानो बानेश्वरको उचाइमा रहेको यो स्थानमा गाई चराइन्थ्यो । गाई चराउने गोठाला भने अग्लो स्थानमा बस्थे । त्यहाँ बसेपछि ती गोठालाले गौचरनमा आएका मानिसलाई आइपरेको अन्यायबारे परामर्श दिन थाले । गोठाला त्यो ठाउँमा बसेर न्यायाधीश झैँ न्याय दिन थालेपछि त्यहाँ सबैको ध्यान आकृष्ट भयो ।

खनेर हेर्दा ढिस्को मुनी तीन घ्याम्पा असर्फी फेला पर्यो । असर्फीले श्रीरामचन्द्र, सीता, लक्ष्मण, भरत, शत्रुघ्नको शालिग्राम शिलाको मूर्तिसहित सत्तल निर्माण गरियो । बाँकी असर्फीले अर्घाखाँचीको बल्कोटमा सत्तल निर्माण गरियो ।

कमाण्डिङ कर्णेल टण्डनले अर्घाखाँची र गुल्मीमा परशुरामेश्वर र इन्द्रेश्वर मन्दिरसहितं सत्तल निर्माण गरी १३ हजार रोपनी गुठी जग्गा राखेर पश्चिम नेपालकै दर्शनीयस्थल बनाउनुभयो ।

विसं २०४८ अघि भने यो मन्दिर जीर्ण थियो । स्थानीयवासीले जीर्णोद्धार एवं संरक्षण समिति गठन गरी मन्दिर क्षेत्रलाई आकर्षकस्थलका रुपमा विकास गरेको स्थानीयवासी सन्तोष नेपालले जानकारी दिनुभयो ।

कमाण्डिङ कर्णेल टण्डनले लखनउमा देखेको आधारमा निर्माण गरिएको राजकीय गुम्बज शैलीको मन्दिर नेपालकै पहिलो हो । यो शैलीको मन्दिर अहिलेसम्म अर्को नबनेको संस्कृतिविद् टण्डनको भनाइ छ । यो ठाउँको नाम बत्तीसपुतली रहनुमा पनि एउटा किंवदन्ती छ । किंवदन्तीअनुसार राजा विक्रमादित्यको दरबारमा न्यायका पक्षमा काम हुञ्जेल बत्तीस वटा पुतली बस्थे ।

विक्रमादित्यको दरबारमा जब अन्याय पक्षधरको बोलवाला हुन छाडेकाले ती बत्तीसपुतली उडेर आई पुरानोबानेश्वरको थुम्कोमा बसेकैले गोठालाले न्यायका पक्षमा वकालत गर्न थालेको स्थानीयवासीको विश्वास छ ।

श्रीरामचन्द्र मन्दिर नेपालमै विद्युतीय प्रणालीबाट पूजा गराउने पहिलो मन्दिर बनेको छ । मन्दिरमा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले २०७४ कात्तिक ११ गते इ–पूजा शुभारम्भ गर्नुभएको थियो ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त यो मन्दिर स्थानीयवासीको सक्रियतामा दाताको सहयोग जुटाएर एक वर्षमै पुनःनिर्माण गरियो । भूकम्पले भत्किएको सम्पदा सरकारी सहयोग नलिई निर्माण हुनेमा श्रीरामचन्द्र मन्दिर नै पहिलो भएको समितिले जनाएको छ ।

मन्दिर छिर्नेबित्तिकै शरीरमा एकप्रकारको ऊर्जा प्राप्त हुने विश्वासमा भारतीय साधु सन्तसमेत पछिल्लो समयमा यहाँ आउन थालेकाले यस मन्दिरको आकर्षण बढ्ेको स्थानीय शिव पोखरेलले बताउनुभयो । रासस

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय