‘बलात्कारी’ लाई खाना लिएर प्रहरी चौकी पुग्ने पीडित महिलाकाे कहानी ….

‘बलात्कारी’ लाई खाना लिएर प्रहरी चौकी पुग्ने पीडित महिलाकाे कहानी ….

काठमाडौं ।
अभियुक्तः रामबहादुर मोक्तान
वर्षः ३१
मुद्दा नं.: ३७०
कसुरः जबरजस्तीकरणी
जिल्ला अदालत, काठमाडौं

अपाङ्गता भएकी ३० वर्षीया महिलाले बलात्कारको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले हेटौंडाका रामबहादुर मोक्तानलाई पक्राउ गरेको थियो ।

जबरजस्तीकरणी मुद्दामा अदालतमा म्याद थपेर उनलाई परिसरको हिरासतमा राखेको छ । तर, ‘पीडित’ युवती नै आजभोलि हरेक दिन परिसरमा आउँछिन् र अभियुक्त मोक्तानलाई खाना खुवाएर फर्किने गरेकी छन् ।

यो दृश्यले प्रहरीहरुलाई आश्चर्यमा मात्र पारेको छैन, थप सोच्न बाध्य बनाएको छ ।

प्रहरीका अनुसार पछिल्लो समय लिभिङ टुगेदर, ‘प्रेम’ जस्ता अनेक नाममा सँगै बस्नेदेखि शारिरीक सम्वन्ध राख्ने गरेका जोडीहरु आपसमा झगडा भएपछि बलात्कारको उजुरी दिने र अभियुक्त पक्राउ परेपछि आफैं मिल्ने गरेका घटना थुप्रै छन् ।

यसले प्रहरीको समय बर्बाद पार्नुका साथै उसको अनुसन्धानमा प्रश्न त उठाएको छ नै वास्तविक बलात्कारका घटनालाई पनि ओझेलमा पार्ने खतरा बढाएको छ ।

‘बिहे गर्ने भयो, जाहेरी फिर्ता लिन्छुुु’

पीडित महिलाको सुरुमा छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको बताएकी थिइन् ।

प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । तर, पीडित युवती हरेक दिन अभियुक्तलाई खाना लिएर आउँछिन् र प्रहरीसामू जाहेरी फिर्ता गर्न माग गर्छिन् ।

‘मसँगै बिहे पनि गर्ने भयो, अघिल्लो श्रीमानबाट जन्मिएका दुई बच्चा पनि हेर्ने भयो’, भन्दै उनले प्रहरीसँग जाहेरी फिर्ता गरिदिन पनि आग्रह गरेको पाइएको छ ।

प्रहरीले भने जबरजस्तीकरणी सम्बन्धी मुद्दा भएकाले मोक्तानविरुद्धको जाहेरी फिर्ता गर्न मानेको छैन ।

प्रहरीका अनुसार पीडित महिलाको श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यसपछि उनको जीवनमा मोक्तान आएका रहेछन् ।

फिल्म डाइरेक्टर भन्दै पीडित युवतीसँग नजिकिएका उनले कहिले फिल्ममा रोल दिने त कहिले दक्षिण कोरिया पठाइदिने भन्दै प्रलोभनमा परे ।

हिमहिच बढ्दै गएपछि उनीहरु झण्डै २ वर्षदेखि लिभिङ टुगेदरमा बसेको पाइएको छ ।

बलात्कारका ‘शङ्कास्पद’ घटना

सामान्यता कुनै पनि महिलाले आफू बलात्कृत भएको भनेर झुटो दाबी गर्न सक्दिनन् । बलात्कार आफैंमा जघन्य अपराध हो र बलात्कृत भएपछि पनि उसले सहजै न्याय पाउँदैनन् ।

अहिले पनि कयौं चेली आफ्नो अस्मिता लुट्नेमाथि कारबाही होस् भनेर न्यायलय धाइहेका छन्, न्यायको पर्खाइमा छन् ।

कतिले त ज्यान नै गुमाएका छन् । साथै, समाजले उल्टै उनीहरुलाई राम्रो व्यवहार गर्दैन ।

तर, कतिपय यस्ता घटना पनि भेटिएका छन्, जसले जघन्य अपराधको विषयलाई हल्काफुल्का बनाउने गरेको छ । करिब ८ महिना अघि पनि यस्तै भएको थियो ।

न्यूरोड क्षेत्रमा ट्राभल एजेन्सी सञ्चालन गरिरहेका एक भारतीय नागरिकले आफूलाई बलात्कार गरकोे भन्दै २० वर्षीय युवतीले प्रहरीमा जाहेरी दिइन् । बलात्कारको आरोप लागेपछि भारतीय नागरिक फरार भए ।

तर, अनुसन्धानको क्रममा खुल्यो, युवतीले तलब नबढाएको झोँकमा बलात्कारको जाहेरी दिएकी रहिछिन् ।

टिकट बेच्ने काम गर्दै आएकी उनले महिनाको १२ हजार पाउने गरेकी थिइन् । उनले साहुसँग २० हजार रुपैयाँ माग गरिन् । तर, तलब नबढाएपछि उनले बलात्कारको मुद्दा हालेको प्रहरी अनुसन्धानबाट खुल्यो ।

‘बलात्कार गरेको हो होइन भन्ने कुराको वैज्ञानिक परीक्षण गर्ने उपकरणको पनि अभाव छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘कस्तो अवस्थामा बलात्कार भन्ने ? छुट्टाउने स्पष्ट आधार के के हुन् ? कतिपय घटनामा युवतीलाई घाउ, चोट लागेको, भाग्नलाई गरेको संघर्ष लगायत देखिने एउटा पनि प्रमाण हुँदैन ।’

यसले जाहेरीकै भरमा तुरुन्तै अभियोग लगाउँदा निर्दोष समेत पर्न सक्ने देखिएको छ भने अनुसन्धान पुरा गरेर मात्र पक्राउ गर्दा अभियुक्त भाग्ने र बास्तविक पीडितले लामो समयसम्म न्याय नपाउने अवस्था आउन आउन सक्छ ।

‘पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने, तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने किसिमका घटना पनि देखिएका छन्’, एक प्रहरी निरीक्षक भन्छन्, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाइएको घटनासम्म प्रहरी कहाँ आएका छन् ।’

अधिवक्ता टीपी शर्मा पनि यस्तो घटना हुने गरेको स्वीकार गर्छन् । ‘सुरुमा समस्या होला भनेर हेर्छौ तर, पछि अर्कै अवस्था भेटिन्छ’, उनले भने, ‘यसले महिलाले पाएको अधिकार मिसयूज मात्र भएको छैन, कुनै न कुनै रुपमा वास्तविक पीडितले पाउने न्यायमा ढिलाई पनि गरेको छ ।’

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल भने महिलाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि मुद्दा चलाइने बताउँछन् ।

‘केही समयसँगै जीवन विताएर सम्बन्ध विग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको पनि पाइन्छ’, पोखरेल भन्छन्, ‘तर, पीडितले आफू बलात्कृत भएको भनेर उजुरी दिएपछि सरकारीवादी मुद्दा पनि हो, प्रहरीले मुद्दा चलाउँछ ।’

नेपाल र चीनको आतंकवादविरोधी संयुक्त सैन्य अभ्यास सुरु

चीन र नेपालले आतंकवाद विरोधी संयुक्त सेना अभ्यासको सुरुवात गरे, जसमा एक प्रकारको बलाकार अन्वेषण ड्रोनको पहिलो प्रदर्शन गरिएको छ। चिनियाँ समाचार एजेन्सी शिन्हुआका अनुसार, चोंगकिङ नगरपालिका, दक्षिण-पश्चिम चीनमा एक प्रशिक्षण आधारमा सगरमाथा मित्रता-२०२४ संयुक्त सेना अभ्यासको उद्घाटन समारोह आयोजना गरिएको थियो। यो चीन र नेपालका सैन्य बलबीचको सगरमाथा मित्रता श्रृंखलाका अभ्यासहरूको चौथो संस्करण हो, अघिल्लो अभ्यास २०१९ मा पाँच वर्ष पहिले गरिएको थियो। शहरका खण्डमा संयुक्त आतंकवाद विरोधी अपरेशन्सको विषयमा, संयुक्त प्रशिक्षणमा हल्का हतियार प्रहार, आतंकवाद विरोधी समूहका रणनीतिहरू, ड्रोन अपरेसन, आपतकालीन उद्धार र एक समग्र आतंकवाद विरोधी अभ्यास समावेश हुनेछ, जसको उद्देश्य बहुआयामिक खोज, मोबाइल प्रवेश र संयुक्त अपरेसनमा सशस्त्र उद्धारको क्षेत्रमा क्षमताहरूलाई वृद्धि गर्नु हो, शिन्हुआका अनुसार। अभ्यास अक्टोबर १ सम्म जारी रहनेछ, रिपोर्टमा भनिएको छ। उद्घाटन समारोह पछि, चिनियाँ पक्षले तीन श्रेणीमा २० भन्दा बढी उपकरण प्रदर्शन गर्यो, जसमा हल्का हतियार, आतंकवाद विरोधी मिशनका लागि अन्वेषण गियर र उपकरणहरू समावेश छन्, चीन सेंट्रल टेलिभिजनले रिपोर्ट गरेको छ। बुद्धिमान अन्वेषण उपकरणले विशेष ध्यान आकर्षित गर्यो, जसमा एक प्रकारको रोबोट कुकुर, एक प्रकारको भित्ता चिर्ने रडार र एक प्रकारको आत्म-प्रेरित बलाकार अन्वेषण ड्रोन समावेश छन्, रिपोर्टमा भनिएको छ। साना ड्रोनको लागत कम हुने अपेक्षा गरिएको छ, तर यसले खतरनाक वातावरणमा जनशक्ति उजागर हुने जोखिमलाई महत्वपूर्ण रूपमा कम गर्न सक्छ, विशेषज्ञले भने। अभ्यासको दौरान, दुवै पक्षले प्राकृतिक विपदहरू जस्तै भूकम्प, हिमपात र ढुंगा बग्ने घटनाहरूमा राहत अपरेशन्सको बारेमा आदान-प्रदान पनि गर्नेछन्, साथै आपसी विश्वास र बुझाइलाई सुदृढ गर्नका लागि विभिन्न सांस्कृतिक आदानप्रदानको श्रृंखला पनि हुनेछ, शिन्हुआले रिपोर्ट गरेको छ।

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ। दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो। केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो। अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो। दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो। सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो। दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

लोकप्रिय