बुढासुब्बा गोल्डकपमा भारतका दुई टीम सहित १० टोली भिड्ने

बुढासुब्बा गोल्डकपमा भारतका दुई टीम सहित १० टोली भिड्ने

धरान, फागुन ५ । बुढासुब्बा रेडबुल गोल्डकपमा भारतका दुई टीम सहित १० टीमले सहभागिता जनाउने भएका छन् । बुढासुब्बाको १९ औं संस्करण शुक्रबारदेखि धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरमा हुदैँछ । प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भइसकेको आयोजक धरान फुटबल क्लबले जानकारी दिएको छ।

प्रतियोगितामा पहुना टोलीको रुपमा भारतबाट दुर्गापुर र युनाइटेड सिक्किम फुटबल क्लबले पहिलो पटक भाग लिएका छन्। युनाइटेड सिक्किम पुर्वभारतीय कप्तान भाइचुङ भुटियाले सञ्चालन गरेको एकेडेमी हो।
फागुन १४ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन कांग्रेस नेता एवं सांसद मिन विश्वकर्माले गर्ने तयारी भएको छ । प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली दुर्गापुर स्टिल कलकत्ता, भारत र संकटा एफसि काठमाडौंबीच हुनेछ ।

एपिएफ क्लब, काँकडभिट्टा ट्रेनिङ सेन्टर झापा, रुपन्देही फुटबल क्लब, पोखरा फुटबल क्बल र नेपाल पुलिस क्लबले पनि प्रतियोगितामा भाग लिनेछन्। आयोजकको पहेलो (सिनियर) र निलो (जुनियर) गरी दुई टिमले भाग लिने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।

डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङ्दी क्लबले भने यो संस्करण गुमाएको छ । मनाङ बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय क्लब च्याम्पियनसिपमा सहभागीता जनाउने भएकाले यसपटकको खेल मनाङले गुमाएको हो । मनाङले बुढासुब्बाको छैटौं, १३ औं र १८ औं संस्करण जितेको थियो । ‘जति क्लबले सहभागीता जनाएका छन्, ती सबै जारी सिजनका उत्कृष्ट टिम छन्। केहीले त उपाधि पनि जितेका छन्’, एन्फा केन्द्रीय उपाध्यक्षसमेत रहेका राईले भने–‘आयोजकले पनि उपाधि जित्ने लक्ष्य राखेर २ टिम बनाएको छ। राष्ट्रिय टिमका खेलाडीहरु पनि आउने भएकोले हरेक खेल रोमाञ्चक हुनेछन्।’ घरेलु मैदानमा चार पटक फाइनल पुगेपनि आयोजक अहिलेसम्म उपाधिविहिन छ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछ। गत संस्करणमा विजेता र उपविजेताको पुरस्कार राशी ४ लाख र २ लाख थियो। उत्कृष्ट खेलाडीले एक थान यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउने महासचिव प्रताप तामाङले बताए।

उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्ड र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार पाउनेछन्। हरेक खेलको म्यान अफ दि म्याचलाई नगद ५ हजारसहित उपहार पनि दिइने उनेले बताए।
कुल ६५ लाख ६७ हजार ५ सय आय हुने अनुमान गरिएको प्रतियोगितामा ५४ लाख ८५ हजार खर्च हुने आँकलन छ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय