भक्तपुरमा बालश्रम न्युनीकरण हुँदै

भक्तपुरमा बालश्रम न्युनीकरण हुँदै

भक्तपुर, चैत ३ ।  सूर्योदय सेवा समाजको आयोजनामा जिल्ला समन्वय समिति भक्तपुरमा सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । २०७३ साल चैत्र २ गते भक्तपुरको जिल्ला समन्वय समितिको सभाहलमा उक्त बैठक सम्पन्न भएको हो ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी (तत्कालिन जिल्ला विकास समिति, हाल जिल्ला समन्वय समिति) धु्रवप्रसाद कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी खतिवडा, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति विकल श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय भक्तपुरका प्रतिनिधि विमल निरौला, महिला विकास कार्यालय, जिल्ला घरेलु कार्यालय, जिल्ला बाल कल्याण समिति भक्तपुरका प्रतिनिधि र सुर्योदय समाज सेवाका कार्यकारी निर्देशक तारा बहादुर ग्यापक, ग्लोवल फेयरनेश इनिसियेटिभका क्षेत्रीय कार्यक्रम अधिकृत चिरञ्जीवी न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागितामा बेटर ब्रिक नेपाल परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको हो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी खतिवडाले बालश्रम अन्त्यबारे सरोकारवाला पक्षसँग जिल्ला प्रशासन कार्यालयको अगुवाईमा निरन्तर छलफल जारी रहेको र बालश्रम न्युनीकरण हुँदै गएको बताइन । उनले आगामी पाँच वर्ष भित्रमा भक्तपुर जिल्लामा बालश्रम पूरै अन्त्य गर्ने लक्ष्य लिइएको समेत सहभागीहरुलाई बताइन ।

त्यसैगरी बैठकका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले भक्तपुर जिल्लामा अझै पनि बालश्रमको ठूलो समस्या रहेको बताउँदै यसको अन्त्यको लागि सामूहिक प्रयत्न गर्नुपर्ने बताए । उनले भने बालश्रम हटाउन सरकार, गैरसरकारी संस्थाका साथै सञ्चार जगतको समेत महत्वपूर्ण भूमिका रहने भन्दै सबै पक्षको समन्वयबाट बाल श्रम अन्य गर्न सकिने बताए । सो अवसरमा कोइरालाले भने बाल श्रम अन्त्य गर्न कसले के काम गरिरहेको छ, त्यसबारे एक अर्कालाई जानकारी हुनुपर्ने भन्दै यसो भयो भने अनुगमनमा समेत सहज हुने बताए । गैर सरकारी संस्थाले गर्ने काममा पारदर्शिता हुनुपर्ने र दाताबाट प्राप्त हुने सहयोग इमान्दारपूर्वक लक्षित वर्गमा पु¥याउन आवश्यक रहेको कोइरालाले बताए ।

बैठकमा परियोजनाको गतिविधि तथा आगामी दिनमा हुने कार्यक्रमको बारेमा बेटर ब्रिक नेपाल परियोजनाका फिल्ड संयोजक मनिषा मोक्तनले प्रस्तुतीकरण गरेकी थिइन । सो अवसरमा मोक्तानले भक्तपुर जिल्लामा रहेको इट्टा उद्योगको अवस्था, बाल श्रमिकको अवस्थाबारे बेटर ब्रिक नेपालले गरेको गतिविधिबारे प्रष्ट पारेकी थिइन् ।

कार्यक्रममा सञ्चारकर्मी तथा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ सूर्योदय समाज सेवाका कार्यकारी निर्देशक ताराबहादुर ग्यापकले दिएका थिए ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय