भत्ता होईन, गास बास र कपासको ग्यारेन्टी गछौंः धुर्कोट गाउँ प्रमुख 

भत्ता होईन, गास बास र कपासको ग्यारेन्टी गछौंः धुर्कोट गाउँ प्रमुख 

प्रेम सुनार

गुल्मी, असार ३० । विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण सस्तो लोक प्रियता भएको भन्दै गुल्मीको धुर्कोट गाउँपालिका प्रमुखले जनताको दिर्घकालिन जिवन स्तर सुधार गर्न पहिला गास वास कपासको ग्यारेण्टी गर्ने गरी आफ्नो टिमले काम अगाडी बढाउने बताएका छन् ।

उनले धुर्कोट गाउँपालिकामा पदभार ग्रहण समारोहलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । बृद्ध भत्ता, एकल महिला भत्ता , अपाङ्गा भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता दिने हो भने महिनाभर कमसेकम ति वर्गलाई पुग्ने गरी दिनु पर्दछ , जो एक दम थोरै छ , पोखरेलले भने –‘ त्यो भन्दा पनि गरिव विपन्न जनता , घर छाउन नसकेर चुहिने खरको छाना मुनी बस्न बाध्य छन् र हिँउँदमा आगो लागीबाट ज्यान जोखिममा समेत पार्दै आएका छन यसर्थ हामीले दुई वर्ष भित्रमा धुर्कोट गाउँपालिका भित्र एउटा पनि खरले छाएको घर देख्न नपर्ने गरी काम गर्ने पहिलो निर्णय गरेका छौं ।

२०६४ को संविधान सभा चुनाव र २०७० को संविधान सभा चुनावमा देख्नु सुन्नु भएकै होला भोट माग्ने बेलामा ति खरका झुपडीहरुमा टिन लगाई दिन्छु नेताहरुले भनेकै थिए तर ति झुपडी जस्ताको त्यस्तै छन बरु दलहरुले यो चुनावमा ति झुपडीहरुमा झण्डा गाड्न मात्रै प्रतिष्पर्धा गरे , पोखरेलले भने तर हामी त्यस्ता खोक्रा सपना मात्रै बाँड्दैनौ , लेखेर राख्नु २ वर्ष पछि तपाई आउँदा एउटा पनि खरले छाएको घर देख्न पाउनु हुने छैन् । उनले त्यसका लागि १५ दिन भित्र प्रत्येक वडाका अध्यक्षहरुलाई खरले छाएका घरधुरी संख्याको विवरण तयारी गरी गाउँपालिका कार्यालयमा पठाउन निर्देशन दिएको समेत बताए ।

पहिलो बैठकले प्रविधी युक्त आधुनिक र व्यपसायीक कृषि प्राणाली अवल्वन गरेर जनताको जिवन स्तर उकास्ने , वैदेशिक रोजगारमा जाना बाट रोक्ने , त्यहाँको शिक्षा स्वास्थ्य , मोटरबाटो , खानेपानी र विद्युतीकरणको समस्या समधानका लागि आफुहरुले काम सुरु गरी हाल्ने बताए । त्यस्तै उपप्रमुख शिवबहादुर खत्रीले धुर्कोटवासी जनताका लागि आफुहरु निस्वास्र्थ सेवक भएर उहाँहरुले गरेको अपेक्षा अनुसारको सेवा दिने र ५ वर्षमा धुर्कोटलाई नमुना गाउँपालिकाका रुपमा विकासित गर्ने बताए ।

गुल्मीका अन्य क्षेत्रमा विद्युत सेवा पुगे पनि क्षेत्र नम्वर ३ को हाडहाडे लगायतका स्थानमा अहिले पनि विद्युत वल्न नसकेको , वाग्ला लगायतका स्थानमा मोटर बाटो , विद्युत र खानेपानीको त्यो हविगत देखेर आफुहरु गम्भीर भएकोले ति समस्या समधानमा आफुहरु लाग्ने उनको प्रतिबद्धत्ता थियो् । कार्यक्रमा प्रमुख अतिथी पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीले सवैलाई समेटेर अहिलेको युवा टिमले जनअपेक्षा अनुसारको काम गर्नेमा विश्वास व्यक्ति गरेका थिए ।

त्यस्तै गाउँ प्रमुखका निकटतम प्रतिद्धन्द्धी तथा नेकपा एमाले धुर्कोटका ईञ्जार्च कृष्ण घिमिरेले आफ्नो पार्टी वलियो प्रतिपक्ष भएकोले यसलाई साथ लिएर गए मात्रै धुर्कोटको विकास हुने दावि गरे ।
पदभार ग्रहण कार्यक्रम धुर्कोट गाउँपालिका प्रमुख होमनाथ काफ्लेको अध्यतामा सम्पन्न भएको थियो

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय