भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

भारतीय पिकअपको ठक्करबाट एकको मृत्यु

झापा, असोज १९ । भारतीय नम्बर प्लेट एस के ०१ जे १७७० पिकअप भ्यानको ठक्करबाट आज बिहानी भ्रमणमा निस्किएका एक व्यक्तिको मृत्यु भएको छ ।

कमल गाउँपालिका–५ निवासी ४५ वर्षीय खेम चम्लागाईंलाई पश्चिमबाट पूर्व आउँदै गरेको उक्त पिकअपले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एमालेलाई जग्गा दान प्रकरणको पेसी हेर्न नमिल्नेमा

काठमाडौं ।भाटभटेनीले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठाइ दायर भएको रिट निवेदन सोमबार हेर्न नमिल्नेमा परेको छ।न्यायाधीशद्वय डा.नहकुल सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा रहेको पेसी हेर्न नमिल्नेमा चढाइएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले १२ कात्तिकमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।सर्वोच्च अदालतले अन्तरिम आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने तय गर्न सोमबारका लागि दुवै पक्षलाई सुनुवाइका लागि बोलाएको थियो। एमालेले जग्गादान लिएको विवादमा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि अर्कै व्यवसायीको नाममा रहेको जग्गा भाटभटेनी डिपार्टमेन्ट स्टोरका नाममा पास भइसकेको छ।भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले जग्गादान घोषणा गरेको करिब एक महिनापछि उक्त जग्गा बल्ल आफ्नो नाममा लिएका हुन्। जग्गादानको घोषणा गर्दा उक्त जग्गा कालु गुरुङलगायत सञ्चालक रहेको रोड सो रियल स्टेटका नाममा थियो । केही दिनअघि उक्त जग्गा नामसारी भएको हो।

कतार एयरवेजले भोलिदेखि भैरहवाबाट उडान थाल्ने

भैरहवा ।  रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गरिरहेका छन् । यसैक्रममा मंगलबारबाट कतार एयरवेजले दैनिक उडान सुरुवात गर्ने भएको छ ।  नागरिक उड्ययन प्राधिकरणको अनुमतिपछि भैरहवाबाट दैनिक उडान भर्न लागेको हो । कतार एयरवेजले सातामा भैरहवाबाट सातैवटा उडान गर्ने प्राधिकरणले जनाएको छ । यसअघि उक्त वायुसेवाले कतार–काठमाडौं दैनिक ३ वटा उडान गर्दै आइरहेको छ । मंगलबारबाट दोहा–भैरहवा–काठमाडौं–दोहा उडान गर्नेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका अनुसार कतार एयरवेजको जहाज प्रत्येक दिन २ बजेर ४५ मिनेटमा दोहाबाट भैरहवामा अवतरण गर्नेछ । भैरहवाबाट यात्रु लिएर ४ बजेर ४५ मिनेटमा काठमाण्डौं प्रस्थान गर्नेछ । विमानस्थलका अनुसार पहिलो चरणमा कतारले यहाँबाट मंसिर १५ गतेसम्म उडान गर्नेछ । कतार एयरवेज थपिएसँगै भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवाको संख्या ५ पुगेको छ । यसअघि दुबईको फ्लाई दुबई, नेपाल एयरलाइन्स, कुवेतको जजिरा एयरवेज र थाईल्याण्डको थाई एयरएसिया ले भैरहवाबाट उडान थालिसकेका छन् । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान गरिरहेको छ । यहाँबाट फ्लाई दुवईले दैनिक उडान गरिरहेको छ । नागरिक उड्ययन प्राधिकरणबाट स्वीकृत उडान तालिका अनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुवईको जहाज भैरहवा अवतरण गर्नेछ । भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । नेपाल एयरलायन्सले शनिबार साँझबाट काठमाडौं–भैरहवा–दुवई उडान सुरु गरिरहेको छ । नेपाल एयरलायन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । थाई एयर एसिया प्रत्येक साताको सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।

एक पालिका, एक हुलाक कार्यान्वय सुरु

कास्की । सरकारको हुलाक सेवालाई पुनर्संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ ।   अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक पालिका, एक हुलाकको अवधारणा अघि सारेको थियो । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीतिबमोजिम कार्यालय सञ्चालनमा ल्याइएको हुलाक निर्देशनालय पोखराका हुलाक निर्देशक नारायणप्रसाद आचार्यले बताए । उनले हुलाकलाई सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीअनुसार सेवा सुरु गरिएको बताए । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने निर्देशनालयका शाखा अधिकृत तुलसी आचार्यले जानकारी दिए । जिल्लाका बाँकी माछापुच्छ्रे, रुपा र मादी गाउँपालिकामा समेत मङ्सिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याइने योजना रहेको उनले जानकारी दिए । हुलाक निर्देशनालय मातहतमा जिल्लामा यसअघि १३ वटा इलाका हुलाक कार्यालय रहेका थिए । सरकारको नीतिअनुसार चारवटा इलाका हुलाक कार्यालयलाई पालिकामा रूपान्तरण गरेर बाँकी खारेज हुनेछन् । यसै गरी जिल्लामा यसअघि ३७ अतिरिक्त हुलाक कार्यालय रहेकामा चालु आवमा २२ छन् । पोखरा महानगरमा तीन काउन्टर सञ्चालनमा रहेको छ । अधिकृत आचार्यका अनुसार केन्द्रको नीतिअनुसार अतिरिक्त हुलाकमा रहेका कर्मचारीको उमेर ५८ वर्ष पुगेर कार्यालयमा कर्मचारीविहीन भएपछि बाँकी रहेका अतिरिक्त हुलाक कार्यालय समेत क्रमशः खारेज हुनेछ । सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’को अवधारणा कार्यान्वयनमा ल्याएको थियो ।

प्रधानमन्त्री ओली सहभागी हुने दीक्षान्त समारोहमा प्रशासनको कडाइ, पत्रकारलाई पनि रोक

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निमन्त्रणा दिएका बाहेक जोकोहीलाई समेत दीक्षान्त समारोहस्थलसम्म जान निषेध गरिएको छ । प्रतिष्ठानको दीक्षान्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुँदै छन् । ओली सहभागी हुने भएसँगै प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो । दीक्षित हुन आउने विद्यार्थीहरूलाई समेत कडा चेकजाँच गर्दै कार्यक्रमस्थलमा प्रवेश दिइएको छ । दीक्षित हुने विद्यार्थीका अभिभावकलाई कार्यक्रमस्थलबाहिर प्रहरीले कडा चेकजाँच गरिरहेको छ । विद्यार्थीहरूको साथमा भएको पानीको बोतलसमेत प्रहरीले कार्यक्रमस्थलमा लैजान दिएको छैन । विद्यार्थी र अभिभावक मात्र होइन, दीक्षान्तस्थलमा आएका सिनेटरहरू समेतमाथि कडा चेकजाँच गरिएको छ । तीन लेयरको सुरक्षा पार गरेपछि मात्र मूल कार्यक्रमस्थलमा प्रवेश पाइनेछ । पत्रकारहरूलाई समेत प्रतिष्ठानको दीक्षान्त कार्यक्रममा प्रवेश दिइएको छैन । प्रतिष्ठानले निमन्त्रणा गरेका पत्रकारले मात्र दीक्षान्त समारोहको रिपोर्टिङ गर्न पाउनेछन् ।

लोकप्रिय