भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

भूतपूर्व सैनिकलाई चार वर्षमा सात अर्ब लगानी

काठमाडौँ । नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ ।

उक्त बंैकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्ब ५० करोड ५४ लाख कर्जा लगानी गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे जानकारी दिनुभयो ।

भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाको प्रस्तावमा बैंकले २०७० माघबाट भूपूसैनिक सम्मेलनकै अवसर पारेर सेवामूलक कार्यक्रमअन्तर्गत सहुलीयत ब्याजदरमा लगानी अघि बढाएको हो । मुलुकमा हाल भूपूसैनिक ५५ हजार ९६९ तथा पारिवारिक निवृत्तिभरणमा रहेकाको संख्या १२ हजार ४१७ रहेको कल्याणकारी बोर्डले जनाएको छ ।

बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका भूपूसैनिकले छोटो अवधिमा पर्याप्त आम्दानी लिन सफल भएपछि बैंकले लघुवित्तको लगानीमा ह्वात्तै वृद्धि गरेको हो । समयको हेक्का र अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्ने भूपूसैनिकले बंैकको ऋणबाट भौगोलिक धरातल र बजारको मागका आधारमा व्यवसाय सञ्चालन गर्दै आएका कारण छोटो समयमा उदाहरणीय प्रगति हासिल गर्न सफल भएकोे सेनाको ठम्याइ छ ।

नेपाली सेनाले हिताधिकारीको आवश्यकता र मागलाई ध्यानमा राखेर भूपू सैनिक सम्मेलन वा अरू कुनै कार्यक्रममार्फत कल्याणकारी बोर्डबाट प्रदान गर्ने सबै कार्यक्रम घरदैलोमै पु¥याउने प्रयास गरिरहेको कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत पदमविलाश कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जीवनको ऊर्जावान् महत्वपूर्ण समय संगठन र मुलुकको खातिर समर्पण गरेका भूपू सैनिकको जीवन शैलीमा सुधार गरी परिवर्तन ल्याउन सकियोस् भने भनेर शुरु गरिएको कार्यक्रमबाट निकै राम्रो नतिजा प्राप्त भइरहेको छ, ऋणीले व्यवसाय बढाउँदै लगेका छन्, कार्यक्रम ज्यादै सफल भएको छ ।”

लघु व्यवसाय सञ्चालन गर्न चाहने महिला उद्यमीलाई रु पाँच लाख तथा पुरुषलाई रु चार लाखसम्म बैंकले कर्जा प्रवाह गर्नेछ । कृषि तथा पशुजन्य कार्यक्रम रहेका सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता समूहमा आउने उद्यमीलाई बैंकले रु एक करोडसम्म लगानी गर्ने जनाएको छ ।

बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिएर भूपू एवम् आश्रित परिवारले खासगरी अम्रिसो र अलैँची खेती तथा बंगुरपालन, भैँसीपालन, गाईपालन, बाख्रापालन, मौरीपालन, माछापालन तथा किराना पसल र होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

रासस

निजी क्षेत्रलाई लगानीको सही समय आएको छः ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय भएको बताएका छन्। शुक्रबार ललितपुर उद्योग वाािण्ज्य संघको ४५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले इमान्दार हिसावले काम गर्ने हो भने नेपालमा धेरै सम्भावना रहेको उल्लेख गरे।  ‘हामी इमान्दार हिसाबले काम गर्ने हो भने काम गर्न सकिने रहेछ। यो मेरो आफ्नै उदाहरणले प्रमाणित गरेको छ। निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्न खोज्यौँ भने वास्तवमा छोटो समयमा धेरै चिजहरु गर्न सकिन्छ। १० अर्ब बराबरको पेड अफ क्यापिटल भएको इन्भेष्टमेन्ट कम्पनी छ भने यसलाई एज इक्युटिको रुपमा यदी मान्ने हो भने २०, २५ प्रतिशत मान्ने हो भने करिव ४० अर्ब बराबरको आयोजनामा लगानी गर्न सकिन्छ,’ ढकालले भने। निजी क्षेत्र एक ठाउँमा आएर लगानी गर्नसके छोटो समयमा नै धेरै काम गर्न सकिने बताउँदै ढकालले पर्यटन, जलविद्युतको क्षेत्रमा ठूलो सम्भावना रहेको पनि बताए।  अहिले रेमिट्यान्सको फ्लो बढेको, फरेन करेन्सीको रिजर्भ बढेको, बैंकमा लिक्वीडिटी प्रशस्त रहेको उनको भनाइ थियो।  ‘अहिले पयर्टनको कुरा गर्दा टुरिस्टको नम्बरहरू बढेको छ। रेमिट्यान्सको कुरा गर्दा फ्लो बढेको छ। फरेन करेन्सीको रिजर्भ पनि त्यत्तिकै छ। बैंकमा लिक्वीडिटी पनि त्यत्तिकै छ। बैंकको ब्याजदर पनि सिंगल डिजिजमा घटिसकेको छ। अहिलेको अवस्था भनेको नेपालका हरेक सम्भवना भएका क्षेत्रमा लगानी गर्ने राइट टाइम हो। व्यवसायीहरूको नेतृत्व गर्नेहरुले पोजेटिभ माहोल तयार गर्ने हो भने डाउन द लाइन नकारात्मक भाष्य चिर्दै लग्नसके लगानीको वातावरण बन्छ,’ उनले भने।

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय