भूमिहिनलाई जग्गाधनी पूर्जा दिने प्रक्रियामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सहजीकरण गर्ने

भूमिहिनलाई जग्गाधनी पूर्जा दिने प्रक्रियामा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले सहजीकरण गर्ने

काठमाडौँ। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले राष्ट्रिय भूमि आयोगको कामलाई सघाउन किसान परिचालन समिति निर्माण गरेको छ । महासंघले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा सहितको जग्गाधनी पूर्जा वितरण प्रक्रियामा सहयोग तथा सहजीकरण गर्नेछ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)माओवादी केन्द्रको जनवर्गिय संगठन हो

महासंघले देशवयापी रूपमा भूमिहीनताको अन्त्य गर्नका लागि १ हजार १ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति’ गठन गरेको हो । आइतबार महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक वक्तव्य जारी गर्दै सुकुम्बासी समस्या समाधानका लागि महासंघले सहजीकरण गर्ने बताएका छन् ।

भूमिहीन तथा सुकुम्बासीको संविधानप्रदत्त अधिकार सुनिश्चित गर्दै सुकुम्बासी समस्या समाधान गर्न सहज होस् र देशव्यापी रूपमा भूमिहीनता सदासर्वदाका लागि समाप्त होस् भन्ने उद्देश्यका साथ यो परिचालन समिति बनाइएको कुरा महासंघका अध्यक्ष चित्रबहादुर श्रेष्ठले बताए ।

महासंघले सरकारद्वारा गठित भूमि आयोगले सुकुम्बासी समस्या समाधानका निम्ति गम्भीरतापूर्वक काम गरेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन महासंघ भूमिका खेल्ने बताएको छ।

प्रेस वक्तव्य

नेपाली जनताको महान त्याग, तपस्या र बलिदान, दश वर्षे महान जनयुद्ध र ऐतिहासिक १९ दिने संयुक्त जनआन्दोलनको प्रतिफलस्वरूप स्थापित संविधान सभाद्वारा जारी गरिएको नेपालको संविधानमा व्यवस्था भएबमोजिम नेपालका श्रमजीवी किसानहरूको भूमिमाथिको स्वामित्व स्थापित गर्न र आवास विहीनहरूका लागि आवासको हक स्थापित गर्ने उद्देश्यका साथ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने एवम् अव्यवस्थित बसोबासीहरूको व्यवस्थापन गर्न वर्तमान गठबन्धन सरकारबाट गठित राष्ट्रिय भूमि आयोगले आफ्नो काम तीव्रतापूर्वक अगाडि बढाएको छ । यसै सन्दर्भमा राष्ट्रिय भूमि आयोगले देशव्यापी रूपमा स्थानीय तहहरूसँग सम्झौता गर्ने र लगतको कम्प्युटर प्रविष्टि गर्ने काम अगाडि बढाएको छ भने मिति २०७८ माघ १८ गतेबाट पहिलो चरण अन्तर्गत देशका ६८ वटा स्थानीय तहहरूमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको नयाँ तथा छुट लगत संकलन गर्ने, लगत प्रविष्टि गर्ने, निवेदनको निस्सा दिने, जग्गा नापजाँच गराउने र जग्गा नापजाँच भइसकेकाहरूको चेकजाँच गरी लालपूर्जा वितरणको प्रक्रिया अगाडि बढाउने गरी कार्यक्षेत्र लगत संकलक तथा नापी प्राविधिकहरु खटाइसकेको छ। यो प्रक्रियामा सहभागी भई संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न र नेपालबाट भूमिहीनताको अन्त्य गर्ने राष्ट्रिय अभियानमा सहभागी हुन देशभरका आम भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अवयवस्थित बसोबासीहरुलाई हाम्रो संगठन अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी केन्द्र० हार्दिक आह्वान गर्दछ । देशका तीन वटै तहका सरकारहरूको सक्रिय सहभागितामा वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु नछुट्ने, कसैले गलत विवरण पेश गरी अनुचित लाभ नलिने तथा फेरि अर्को आयोग गठन गर्न नपर्ने गरी भूमिको न्यायोचित वितरणको काम तदारूकताका साथ सम्पन्न गर्न हामी तीन वटै तहका सरकारहरू, राष्ट्रिय भूमि आयोग, सम्पूर्ण सरोकारवाला निकायहरू र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।

भूमि प्राप्तिको यो राष्ट्रिय अभियानमा देशव्यापी रूपमा प्रत्येक वडा तथा स्थानीय तहहरूमा सक्रियतापूर्वक लागेर वास्तविक सुकुम्बासी, अव्यवस्थित बसोबासीहरु तथा किसानहरूलाई भूमि प्राप्त गर्ने अवसर प्रदान गराउन सहयोग, समन्वय तथा सहजीकरण गर्नका लागि हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जाहेर गर्दै समग्र संगठन पंक्तिलाई विशेष अपिल गर्दछौँ। साथै, यो कार्यलाई केन्द्रीयस्तरबाट सहयोग, समन्वय र सहजीकरण गर्नरगराउनका लागि मिति २०७८ असोज १६ र १७ गते बसेको महासंघको केन्द्रीय समितिको बैठकले गरेको निर्णयबमोजिम मिति २०७८ माघ १५ गते बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले महासंघका अध्यक्ष क। चित्रबहादुर श्रेष्ठको संयोजकत्वमा निम्न कमरेडहरू सदस्य रहने तथा बाँकी सदस्यहरू पछि पूर्ति गर्ने गरी केन्द्रीयस्तरमा १००१ सदस्यीय ‘सुकुम्बासी समस्या समाधानका लागि किसान परिचालन समिति’ गठन गरेको जानकारी गराउँदछौँ।

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

पहिरो र लेदोका कारण नागढुंगा प्रवेशको नाका ठप्प

काठमाडौं । धादिङको धुनिबेसी नगरपालिका–९ खत्रिपौवामा लेदोसहितको पहिरो खस्दा काठमाडौँ प्रवेश गर्ने मुख्य सडक अवरुद्ध भएको छ। आजबिहानैदेखि परेको बर्षाका कारण नागढुंगा मार्गको प्रवेशद्वार नजिकै लेदोसहितको पहिरो खस्दा संघीय राजधानी काठमाडौँ प्रवेश गर्ने सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।   आज दिउँसो १ बजेतिरको समयमा लेदो सहितको पहिरो खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीहरुको जाम लागेको बताइएको छ। निरन्तर वर्षाका कारण तत्काल पहिरो पन्छ्याउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक प्रल्हाद सिलवालले बताए। 

सहकारी ठगेर भागेका एमालेका मेयर भारतमा पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । उनी एमालेबाट निर्वाचित भएका थिए ।  इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालेका छौं ।’ नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो । बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।  

नरैनापुरमा पहिलोपटक सरकारी टोलीले गर्यो बजार अनुगमन

बाँके । बाँकेकोे नरैनापुर गाँउपालिकामा पहिलो पटक  सरकारी टोलीबाट बजार अनुगमन गरिएको छ । बिहिबार नरैनापुर १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दर अली मुकेरीले जानकारी दिनु भयो । गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा अनुगमन हुन सकेको थिएन् तर आजबाट चाड पर्वलाई लक्षित गरी अनुगमन सुरु गरिएको संयोजक मुकेरीले बताउनु भयो । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले किराना पसल, व्यवसाय, विक्रि स्थल, गोदाम, उद्योग लगायतमा अनुगमन निरिक्षणमा १६ वटा बुँदाहरु समेटिएको विवरण भए नभएको बारेमा जानकारी लिन अनुगमन समितिलाई निर्देशन दिएको बताउनु भयो । उहाँले भन्नुभयो सो अनुसार नभएको खण्डमा पहिलो चरणमा सचेत गराउने दोस्रो पटक पनि गल्ती पाइए जरिवानाका लागि सिफारीस गर्न सुझाव दिनु भयो । नरैनापुरमा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाण लगायत नभएको भेटिएको अनुगमन टोलीका सदस्य पशु शाखाका प्रमुख जगतराम यादवले बताउनु भयो । नरैनापुर १ सुईयामा रहेको रियासत दुध खरीद बिक्री केन्द्र सहित दुई दर्जन पसलहरुमा अनुगमन गरिएको बजार अनुगमन टोलीका संयोजक मुकेरीले जानकारी दिनु भयो  । अनुगमनका क्रममा नरैनापुरका जगतराम यादव, नरैनापुर गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजीत तिवारी,हरी पाण्डे,रियाज खान र प्रहरी नयाब निरिक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।

लोकप्रिय