मधेस जान समस्या भएको भन्दै ओलीले गरे गृहमन्त्रीलाई फोन

मधेस जान समस्या भएको भन्दै ओलीले गरे गृहमन्त्रीलाई फोन

काठमाडौं, फागुन २२ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई जान समस्या भएको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सुरक्षा माग गरेका छन् ।
तराईँमा असुरक्षा बढ्दै गएपछि अध्यक्ष ओलीले गृहमन्त्री निधिसँग विहान फोन वार्ता गरेका हुन् ।

ओलीले सुरक्षा ग्यारेन्टी गर्न र मधेसमा सुरक्षा दिन आग्रह गरेका हुन् । तराईमा मेची–महाकाली अभियानको सुरुवात गरेको एमालेले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा फागुन २३ गते राजविराजमा कार्यक्रम गर्न लागेको छ तर, सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रवेश गर्नै नदिने अडान सहित आन्दोलन घोषणा गरेपछि अध्यक्ष ओलीले तराईँ जान समस्या भएको भन्दै गृहमन्त्रीसँग सुरक्षा व्यबस्थाबारे चासो लिएका हुन् ।

सप्तरीमा एमालेका अध्यक्षलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ-गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् ।

मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ ।

एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाभर लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको हो । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ ।

एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गर्ने मोर्चाका नेताहरुको अभिव्यक्ति पछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष अोलीले सुरक्षा थ्रेट रहेको बताएका छन् । संविधान संशोधनको विरुद्धमा रहेको एमाले र अध्यक्ष अोलीलाई मोर्चाले राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए । मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं भन्ने भनाइ सार्वजनिक भएपछि अोलीले गृहमन्त्रीसँग सुरक्षा माग गरेका हुन् ।

नेकपा एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ ।

मधेसी मोर्चाले राजविराजमा एमालेको मेचीमहाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न लाठी जुलुस निकालेको थियो ।

आज अाइतबार पनि मोर्चाले लठ्ठी जुलुश प्रदर्शन गरेको छ । शनिबार मात्रै अभियानलाई सफल बनाउन हिडेका एमालेका नेतालई मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय