महिलाले चरम यौनसन्तुष्टि कसरी प्राप्त गर्ने ?

महिलाले चरम यौनसन्तुष्टि कसरी प्राप्त गर्ने ?

म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ३ वर्ष भयो । आपसी सल्लाहअनुसार नै हामीले अहिलेसम्म सन्तान जन्माएका छैनौं । यौनसम्पर्कको धेरैजसो समयमा मलाई सन्तुष्टिको अनुभूति नभएको महसुस हुन्छ भने मेरा श्रीमान्ले भने सन्तुष्टि महसुस गर्नुहुन्न ।

यौन सन्तुष्टिका लागि फोर प्ले आवश्यक हुन्छ भन्ने थाहा छ, तर श्रीमान्सँग यो विषयमा कुरा गर्दा उहाँ त्यति वास्ता गर्नु हुन्न । यसरी सन्तुष्टि नहुँदा हामी दुवै जनालाई यौनसम्पर्कपछि पीडा अनुभव हुन्छ र निकै दिनसम्म फेरि यौनसम्बन्ध कायम गर्न मन लाग्दैन । यो कस्तो समस्या हो ? के यस्तो समस्याको कुनै समाधान पनि छ ?

तपाईंको जस्तै समस्या लिएर मकहाँ आउने महिला थुप्रै हुनुहुन्छ । कतिपय महिलामा चरम सन्तुष्टिमा नपुग्ने समस्या हुनसक्छ भने कतिपय महिलाले जीवनभर नै चरम सन्तुष्टि प्राप्त गर्न नसकेको गुनासो गर्ने गरेका छन् ।

एक अनुसन्धानअनुसार ४२ प्रतिशत महिलामा कहिलेकाहीं चरम सन्तुष्टिमा पुग्न नसक्ने समस्या हुन्छ भने १० प्रतिशत महिलाले आफ्नो जीवनकालभरि एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको कुरा उल्लेख गरेका छन् ।

जुन महिलाले आफ्नो जीवनकालमा एकपटक पनि चरम सन्तुष्टिमा नपुगेको वा कहिलेकाहीं मात्र चरम सन्तुष्टि पाएको अनुभव गरेका हुन्छन्, उनीहरूले मनोविद् वा चिकित्सकको सल्लाह लिनुपर्छ । किनभने यसो हुनुका पछाडि मनोवैज्ञानिक पक्षहरू जिम्मेवार हुन्छन् जसको यर्थात कारण पत्ता लगाई समयमै उपचार गराउनुपर्ने हुन्छ ।

अब यो समस्या के हो भन्ने विषयमा छोटो चर्चा गरौं । महिलामा हुने यस्तो समस्यालाई एनोरगाज्मिया भनिन्छ । एनोरगाज्मियाका बारेमा थाहा पाउनुपर्ने अर्को महत्वपूर्ण कुरा के हो भने यसो हुनुमा जैविक, मनोवैज्ञानिक तथा सामाजिक कारण हुनसक्छन् ।

जैविक कारणमा जीर्ण रोग जसले नशामा असर गरेको हुन्छ वा कुनै रसायनिक प्रभाव हुनसक्छ । औषधिको लामो समयसम्मको प्रयोगले पनि एनोरगाज्मिया हुनसक्छ । मनोवैज्ञानिक कारणमा दिक्दारीपन, चिन्ता, यौन रोग, गर्भ रहने डरजस्ता पक्षको भूमिका हुन्छ ।

यदि यौनहिंसा भएको इतिहास छ भने पनि एनोरगाज्मिया हुनसक्छ । सामाजिक कारणमा यौनसाथीसँग कम कुराकानी हुने वा हुँदै नहुने, एक–अर्काबीच झगडा भैरहने वा सांस्कृतिक वा धार्मिक विश्वास जसमा महिलाले यौन इच्छालाई प्रकट गर्न नहुने मान्यता छ मा एनोरगाज्मिया भएको पाइएको छ ।

चरम सन्तुष्टिमा पुग्न नसक्नुको कारणमा यीमध्ये एक वा यी सबैको मिश्रण पाइन्छ । हरेक महिलामा एउटै कारणले एनोरगाज्मिया हुँदैन । त्यसकारण यीमध्ये कुन कारण हो, पत्ता लगाउनु आवश्यक हुन्छ र जे कारण हो त्यसैअनुरूप उपचार गराउनुपर्छ ।

यसको प्रचलित उपचार दम्पतीलाई प्रदान गरिने परामर्श तथा चिकित्सकीय उपचार प्रमुख हो । अर्को उपायमा महिलालाई कसरी उत्तेजना हुन्छ त्यस्तो विधिअन्तर्गत त्यस्तो प्रयास गर्न पनि सल्लाह दिइन्छ । यसअन्तर्गत हस्थमैथुन पनि पर्छ ।

हस्थमैथुन गर्ने क्रममा यौनआनन्द महसुस हुन्छ भने त्यसलाई सफल मानिन्छ । आफूलाई जुन विधि ठीक लाग्छ आफ्नो यौनसाथीलाई भनेर त्यही विधिअनुसार यौनसम्पर्क राख्न आग्रह गर्न सकिन्छ ।

यदि एक–अर्कासँग मनको कुरा गर्ने, विभिन्न विषयमा छलफल गर्ने, एक–अर्काप्रति सम्मान देखाउने जस्ता कुराको कमी छ भने पनि उक्त विषयमा खुलेर कुरा गर्नुपर्ने हुन्छ र यसको पनि कारण खोज्नुपर्ने हुन्छ ।

विभिन्न किसिमका औषधि–उपचार भए पनि धेरैजसो महिला यसमा औषधिको सेवनले प्रभाव नपारेको कुरा बताउँछन् । कुनै पनि औषधि जादु होइन । विशेष गरेर त्यस्तो समस्यामा मनोवैज्ञानिक वा सामाजिक कारण लुकेको छ भने औषधिले समाधान गर्न सक्दैन ।

तपाईंका बारेमा भन्नुपर्दा तपार्इं र तपाईंको श्रीमानवीच हाल सुमधुर सम्बन्ध छ जस्तो बुझिन्छ र तपाईंहरू आफैंले पनि यौन सन्तुष्टिका लागि प्रयास गरिरहनु भएको छ, तर तपाईंहरूको प्रयासले काम गरिरहेको छैन । आफ्नो सम्बन्धलाई बिग्रनबाट जोगाउन तपाईंहरू दुवैले खुलेर एक–अर्कासँग कुरा गर्नु र सँगै परामर्श लिनु आवश्यक छ ।

समस्यालाई लामो समयसम्म थाँति राख्दा ग्लानी र हीनताबोध उत्पन्नहुनुका साथै दम्पतीबीचको समझदारीमा कमी आउन थाल्छ । तपाईंहरूमध्ये एक जनाका कारणले यौनमा चरम सन्तुष्टिको अनुभव हुन नसकेको हो कि दुवै जनाको समस्याले हो भन्ने कुरा पत्ता लगाउन पनि विशेषज्ञको सल्लाह लिनु आवश्यक छ ।

ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्

एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

लोकप्रिय