बेचबिखन तथा ओसारपसारबिरुद्ध जनचेतना आवश्यक : सभामुख

बेचबिखन तथा ओसारपसारबिरुद्ध जनचेतना आवश्यक : सभामुख

काठमाडौं, भदौ २० । ‘अबको गन्तव्य मानव बेचबिखनको अन्त्य’ भन्ने मूल नाराकासाथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको ११ औं राष्ट्रिय दिवश मंगलबार देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा सम्पन्न कार्यक्रममा भृकुटीमण्डपदेखि कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानसम्म प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरी लगत्तै आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सभामुख ओनसरी घर्तीले नेपाल बिगतमा मानब बेचबिखनको मुख्य श्रोत रहेको र अहिले ट्रान्जिट प्वाइन्ट बनेको बताइन् । मानव बेचबिखन तथा ओसारपसार मानव बिरोधी गम्भीर अपराध भएको बताउँदै सभामुख घर्तीले यसका बिरुद्ध सबैजना एक भएर जनचेतना जगाउने आवश्यकता औंल्याइन् ।

संबिधान कार्यान्वयनका लागि तिन तहको चुनाव वेलैमा सम्पन्न गर्नुपर्ने दायित्व सबैको काँधमा रहेको भन्दै सभामुख घर्तीले राजनीतिक स्थिरताका लागि संबिधानले देखाएबमोजिम अगाडि बढ्नुपर्ने जिकिर गरिन् ।

कार्यक्रमकी अध्यक्ष महिला बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले बिगतमा खुला सिमानाका कारण यौन शोषणका लागि बेचबिखन हुने गरेकोमा केही बर्ष यता नेपालका आन्तरिक बजार र बैदेशिक रोजगारीका लागि हुने श्रम आप्रवासनले बेचबिखनको आयाम र स्वरुपमा समयसापेक्ष जटिलता थपेको बताइन् ।

चेतनाको अभाव, गरिबी, समाजमा बिद्यमान असमानता, बिभेद, शोषण, र्दुव्यावहार र बेरोजगारीका कारण फैलिँदै गएको मानब बेचबिखन तथा ओसारपसारको समस्या बिकराल बन्दै गएको धारणा राख्दै मन्त्री कोइरालाले सरकारको एक्लो प्रयाशले मात्र बेचबिखनको समस्या समाधान हुन नसक्ने दावी गरिन् । पीडित तथा प्रभावितलाई सम्मानपूर्ण जीवन यापनका लागि उपयुक्त बाताबरण सिर्जना गर्न सरकारका साथै नागरिक समाज र सबै सरोकारवालाले हातेमालो गरेर अगाडि बढ्नुपर्ने मन्त्री कोइरालाको भनाइ थियो ।

मन्त्रालयका राज्यमन्त्री जाकिर हुसैनले दक्षिण एशियामा मानब बेचबिखन तथा ओसारपसारको समस्या भयावह रहेको बताउँदै यो समस्या समाधान गर्न जनचेतना जगाउने र दलाललाई कार्वाही गर्नुपर्ने धारणा व्यक्त गरे। मन्त्रालयका सचिव खगराज बरालले मानब बेचबिखन तथा ओसारपसारमा संलग्न दलाललाई समुलनष्ट गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

नौजनालाई पुरस्कार र सम्मान
सोही अवसरमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले मानब बेचबिखन तथा ओसारपसार बिरुद्धको क्षेत्रमा उत्कृष्ट काम गरेका छ जनालाई पुरस्कृत तथा तीन जनालाई सम्मान गरेको छ । पुरस्कृत हुनेहरुमा महिला, बालबालिका कार्यालय रौतहटका महिला बिकाश अधिकृत साबित्रा न्यौपाने, जिल्ला प्रहरी कार्यालय कंचनपुरकी प्रहरी जवान सपना ऐरी, हिमालय टाइम्स दैनिक पत्रिकाकी रमा लुइँटेल, कान्तिपुर एफएमकी पार्वता चौधरी, शक्ति मिलन समाज, सुकेधाराकी एचआइभि संक्रमित नातीसरा राइ र शान्ति पुर्नस्थापना गृह ललितपुर ठेँचो पुरस्कृत भएका छन् ।

त्यसैगरी, सम्मानित हुनेहरुमा महिला तथा बालबालिका कार्यालय मकवानुिरकी महिला बिकाश निरिक्षक दुर्गा घिमिरे, अस्मिता नेपाल मकवानपुर हेटौंडाकी आरती पाठक र साथी संस्था नख्खु ललितपुर रहेका छन् ।

शक्ति समुहको गीति नाटक प्रस्तुत

आफन्त नै फकाउँथे, कतै थियो जर्बजस्ती
रहर, बाध्यता, बिश्वाशले भो जीवनमा सास्ती

खचाखच मानिसहरुले भरिएको हलमा गीतका यीनै हरफ गुन्जिँदा उपस्थित सबैको आङ सिरिङ्ग गर्यो। बेचिएकी चेलीको पीडामा ओतप्रोभ गीत र संगीतले उपस्थित सबैलाई भावुक बनाएको थियो । गीत र संगीतको तालमा कालो कपडा लगाएका पाँच किशोरी मञ्चमा नृत्य प्रस्तुत गरिरहेका थिए ।

आफन्तले नै ललाइ फकाइ गरी अनेक थरी सपना देखाएर बिदेशमा बेचिन बिबश चेलीहरुको कथा लिएर जव शक्ति समुहका यी किशोरी मञ्चमा उक्लिए। हल यसै पनि स्तब्ध बनेको थियो। राजधानीको कमलादी स्थित प्रज्ञाभवनको सभाहलमा उपस्थित सहभागी मात्र होइन कार्यक्रमकी प्रमुख अतिथि सभामुख ओनसरी घर्ती र कार्यक्रमकी अध्यक्ष महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालालगायत सवै अतिथि पनि नृत्यको दृश्य देखेर भावुक भइरहेका थिए ।
हेर्नुहोस भिडियोः

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय