मुद्धा हेर्नै नमिल्ने न्यायाधिशद्धारा गर्भनरको थमौती
काठमाडौं । मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४ बिपरित सर्वोच्च अदालतका न्यायधिश हरि फुयाँलले निलम्बित गभर्नर महाप्रसाद अधिकारीको मुद्धामा सुनुवाई गरेको पाइएको छ ।
ऐनको दफा २७१ मा ‘स्वार्थ बाझिएको मुद्धा हेर्न नहुने’ सम्बन्धी व्यवस्था छ । जसअनुसार दफा २७१ को १ मा न्यायधिशले देहायको मुद्धाको कारबाही, सुनुवाई र किनारा गर्नु हुँदैन भनी सोही दफाको खण्ड ९ख० मा कुनै बखत निज (न्यायधिश) वारेस, कानून व्यवसायी वा साक्षी भएको मुद्धा न्यायधिशले हेर्न हुँदैन भन्ने व्यवस्था गरिएको छ ।
सोही व्यवस्थालाई मिचेर न्यायधिश फुयाँलले अधिकारीको मुद्धा ऐन बिपरित सुनुवाई गरेको ठरिन आउँछ । गभर्नर अधिकारी यसअघि लगानी बोर्डको कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ती हुँदा उनको शैक्षिक योग्यतालाई लिएर मुद्धा परेको थियो । तत्कालिन् समयमा हरि फ्याल महान्यायाधिबक्ताको भूमिकामा थिए ।
बोर्ड सिइओको रुपमा अधिकारी बिरुद्ध मुद्धा परेपछि फुयाँलले महान्याधिबक्ताको रुपमा अधिकारीको पक्षमा बहस, पैरवी गरेका थिए । अधिकारीको शैक्षिक योग्यतालाई लिएर दायर मुद्धा अहिले पनि अदालतमा बिचाराधिन छ ।
‘अधिकारी लगानी बोर्डको सिइओ हुँदा उनको पक्षमा बहस, पैरवी गर्ने तत्कालिन् महान्याधिबक्ता फुयालले आफु न्यायाधिश भएपछि अधिकारी बिरुद्धको अर्को मुद्धा हेर्न मिल्ने थिएन’ एक कानून व्यवसायी भन्छन्, ‘उनले ऐन बिपरित आफ्नो इजलाशमा मुद्धा राखेर कानूनकै उपहास गरेका छन् ।’
न्यायधिश फुयाँलले यो मुद्धाको सुनुवाईका क्रममा निलम्बित गभर्नर अधिकारीको पक्षमा बहस गर्ने वकिलहरुको मात्रै एकतर्फी धारणा सुनेर अल्पकालिन अन्तरिम आदेश जारी गरेका छन् । जुन न्यायसंगत नभएको कानून व्यवसायीहरुको भनाई छ । ‘न्यायधिश फुयाँलले मुद्धाको पक्षमा बहस गर्ने वकिलहरुको एकोहोरो बहसलाई मात्रै आधार मानेर निवेदकको मागअनुसारको आदेश जारी गरेका छन् । यसमा सरकारी वकिल तथा बिपक्षी बनाइएका पक्षको वकिलहरुको धारणा सुनेको पाइदैन । यति उच्चस्तरीय मुद्धामा सबैको धारणा सुनेर मात्रै आदेश जारी गर्नुपर्ने थियो’ ती कानून व्यवसायीले भने ।
राष्ट्र बैंक ऐनअनुसार गर्भनरमााथी छानबिन
२४ चैतको मन्त्रिपरिषद् बैठकले गर्भनर महाप्रसाद अधिकारीमाथी छानबिन गर्न राष्ट्र बैंक ऐन, २०५८ अनुसार जाँचबुझ समिति गठन गरेको थियो । गर्भनर अधिकारीले श्रीलंका जस्तो स्थितिमा नेपाल पुग्न सक्दै भन्दै सर्वसाधारणलाई भ्रमित पार्ने काम गर्दै आएको, बढ्दो ब्याजदर नियन्त्रण गर्न उदासिन भएको, पुनकर्जा र सहुलियत कर्जा शीर्षकमा प्रवाह भएको ४ खर्ब रुपैयाँ भन्दा बढी ऋण उत्पादनमुलुक क्षेत्रमा पठाउन कडाई नगरेको, बढ्दो आयात नियन्त्रणमा उदासिन देखिएकोलगायत कैफियत भेटिएपछि सरकारले उनको पदीय जिम्मेवारी पुरा भए, नभएको अध्ययन गर्न जाँचबुझ समिति गठन गरेको थियो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा २२ को उपदफा ५९ख० मा बैंकको उदेश्य हाँसिल गर्नको निमिक्त बैंकले गर्नुपर्ने कार्यहरु कार्यान्वयन गर्न, गराउन कार्य क्षमताको अभाव भएमा वा मुलुकको बैंकिङ एवं बित्तिय अवस्थामा हानी नोक्सानी हुने कार्य गरेको देखिएमा वा नेपाल राष्ट्र बैंकको काम कारबाहीमा बदनियतसमेत गरेको देखिन आएमा गर्भनरमाथी छानबिन गर्न जाँचबुझ समिति बनाउन सकिने बारे ऐनको दफा २३ मा व्यवस्था छ ।
दफा २३ मा ‘जाँचबुझ समिति गठन’ व्यवस्था गर्दै ‘सरकारले दफा २२ को उपदफा २ बमोजिम गभर्नरलाई पदमुक्त गर्नुअघि सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधिश मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ती अध्यक्ष र आर्थिक, मौद्रिक, बैंकिङ, बित्तीय, बाणिज्य तथा व्यवस्थाप क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तीहरुबाट नेपाल सरकारले तोकेको दुई जना व्यक्ती सदस्य रहने गरी जाँचबुझ समिति गठन गर्न सक्ने व्यवस्था छ । ऐनको सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकले उनीमाथी छानबिन गर्न समिति बनाएको थियो ।
तर, मौजुदा ऐन बिपरित न्यायधिश हरी फुयाँलले आफ्नो इजलासमा मुद्धाको सुनुवाई गर्दै सरकारद्धारा निलम्बित गर्भनरलाई काम काजमा फर्कने गरी अल्पकालिन अन्तरिम आदेश जारी गरेका छन् । सो आदेशसँगै जाँचबुझ समिति तत्काललाई निष्क्रियसमेत भएको छ ।
सेयर बजारमा १४ अंकको गिरावट, सात अर्ब ९१ करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार १४.१२ अंकले घटेको छ । नेप्से ०.५१ प्रतिशतले घटेर २७३४.८३ को विन्दुमा पुगेको हो । यसदिन एक करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर सात अर्ब ९१ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । ९९ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको सेयर मूल्य घट्दा सात को मूल्य स्थिर छ । सबैभन्दा धेरै कमाउनेमा सप्तकोसी विकास बैंक र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ मध्ये चार समूहको मात्रै समूहगत परिसूचक बढेको छ ।
बढ्यो डलर र युरो, यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८१ साल कात्तिक २४ गते शनिबार सन् २०२४ नोभेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैङ्कका अनुसार शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ७० पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३० पैसा रहेकामा शनिबारका लागि यस मुद्राको खरिदर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । शनिबारका लागि युरो एकको खरिदर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा कायम भएको छ । शुक्रबारका लागि यस मुद्राको खरिददर एकको एक सय ४४ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५९ पैसा कायम रहेको थियो । युके पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा रहेको छ । स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैङ्कले जनाएको छ । क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा रहेको छ । बैङ्कका अनुसार सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइभाट एकको खरिददर तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर तीन रुपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १२ रुपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ९२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनबाट विद्युत प्रवाह सुरु
काठमाडौं । चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार बेलुकी सात बजेर पाँच मिनेटमा विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो । यसैगरी, चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नै निर्माण गरिएको चिलिमे हब सबस्टेसन पनि बुधबार नै चार्ज गरिएको छ । उक्त सबस्टेसनमा २२०र१३२ केभी, १६० एमभीएका दुईवटा बैंक गरी ३२० एमभीए र १३२/३३ केभीतर्फ, ५० एमभीए क्षमताका पावर ट्रान्सफर्महरू रहेका छन् । आयोजना अन्तर्गतकै त्रिशूली थ्री बी हब २२० केभी क्षमताको सबस्टेसन यसअघि नै सञ्चालनमा थियो । त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा समाहित गर्न निर्माण गरिएको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनले करिब १२०० मेगावाट विद्युत् प्रवाह गर्न सक्छ । अनुमानित लागत तीन अर्ब ६२ करोड ८९ लाख रुपैयाँ रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू) को अनुदान रहेको छ । आयोजनामा युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक (इआइबी)को सहुलितपूर्ण ऋण रहेको छ ।
अलैंचीको मूल्यवृद्धिले किसान उत्साहित
ताप्लेजुङ । ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ९० हजार रुपियाँ पुगेको छ । यस वर्ष नयाँ उत्पादन निस्कन थालेदेखि नै सामान्य रूपमा मूल्यवृद्धि हुँदै आएको अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९० हजार रुपियाँ पुगेको हो । करिब दुई सातासम्म प्रतिमन ८९ हजार रुपियाँमा स्थिर रहेको अलैँचीको मूल्य बुधबार बढेर ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायीले बताएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा बुधबार अलैँची प्रतिमन ९० हजार रुपियाँमा कारोबार भएको स्थानीय व्यवसायी कमल बरालले बताउनुभयो । बरालका अनुसार दसैँको समयमा अलैँची प्रतिमन ८२ देखि ८४ हजार रुपियाँसम्म कारोबार भएको थियो । व्यवसायीका अनुसार दसैँ सकिएपछि स्थानीय बजारमा अलैँचीको सामान्य रूपमा मूल्यवृद्धि सुरु भएको थियो । दसैँपछि प्रतिमन एक हजार र एक हजार पाँच सयले वृद्धि हुँदै केही दिनको अन्तरालमै ८९ हजार रुपियाँ पुगेको अलैँची व्यवसायी सङ्घका जिल्ला अध्यक्ष भद्रवीर रेग्मीले बताउनुभयो । फुङलिङ बजारका स्थानीय व्यवसायीसमेत रहनुभएका रेग्मीले अलैँचीको मूल्य प्रतिमन ८९ हजार रुपियाँ भने करिब दुई सातासम्म कायम रहेको बताउनुभयो । उहाँका अनुसार स्थानीय बजारमा बुधबार प्रतिमन ९० हजार रुपियाँमा अलैँचीको खरिदबिक्री भएको छ । ताप्लेजुङमा प्रतिमन ९० हजारले खरिदबिक्री हुँदा झापाको बिर्तामोडमा भने एकदेखि दुई हजार रुपियाँसम्म बढीमा अलैँचीको कारोबार हुने स्थानीय व्यवसायी बताउँछन् । अलैँची व्यवसायी सङ्घका अनुसार यस वर्ष नयाँ अलैँची बजार निस्कन थाल्दा नै प्रतिमन ५५ देखि ६० हजार रुपियाँसम्ममा कारोबार भएको थियो । भदौको पहिलो सातादेखि बजारमा अलैँची निस्कन थाल्ने गरेको छ । अलैँची बजारमा निस्कन थालेको करिब तीन महिना पुग्न लाग्दा सुरुदेखि नै क्रमशः मूल्यवृद्धि हुँदै बुधबार प्रतिमन ९० हजार रुपियाँ पुगेको स्थानीय व्यवसायी बताउँछन् । व्यवसायीका अनुसार यस वर्ष अलैँचीको मूल्यमा हालसम्म उतारचढाव अर्थात् मूल्य घटबढ आएको छैन । सामान्य रूपमा भए पनि मूल्यवृद्धि हुँदै आएको उनीहरूको भनाइ छ । हालसम्मको कारोबार र उत्पादनको अवस्थालाई हेर्दा यस वर्ष अलैँचीको मूल्य प्रतिमन एक लाख रुपियाँ नाघ्ने अनुमान लगाउन थालिएको छ । गत वर्षभन्दा उत्पादनमा कमी आएकाले अलैँचीको मूल्यवृद्धि हुने अगुवा किसान तथा व्यापारीको अनुमान छ । अलैँचीको मूल्य निरन्तर वृद्धि हुँदै जाँदा स्थानीय किसान तथा व्यवसायीमा खुसी छाएको छ । यता अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीमा पर्दछ । जिल्लाका अधिकांश किसान खेतीमा संलग्न रहँदै आएका छन् भने करिब चार हजार पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।