मेगा बैंकले पुँजी वृद्धि अनुपात बढाउन नसक्दा प्रतिशेयर खस्किदैं

मेगा बैंकले पुँजी वृद्धि अनुपात बढाउन नसक्दा प्रतिशेयर खस्किदैं

काठमाडौं । टुरजिम डेभलपमेन्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगा बैंकले एक्लै आठ अर्ब चुक्ता पूँजी पुर्याउने अवस्था रहेपनि पूँजी वृद्धिको अनुपातमा आम्दानी नबढाउँदा प्रतिसेयर आम्दानी निकै खस्किएको छ ।

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ८३ प्रतिशतले पूँजी बढ्दा बैंकको खुद कमाई ६ प्रतिशतले मात्र बढेको छ ।

मेगा बैंकले चालु आवको पुस मसान्तमा ३९ करोड ३६ लाख ४९ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा बैंकले ३७ करोड ९ लाख ९ हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकको खुद नाफा गतबर्षको यसै अवधिको तुलनामा ६.१३ प्रतिशत बढी हो ।

बैंकको खुद ब्याज आम्दानी, संचालन मुनाफा तथा खराब कर्जा असुलीमा सुधार आएपछि नाफामा सामान्य बढोत्तरी देखिएको हो । बैंकको ब्याज खर्च, कर्मचारी खर्च तथा जोखिम वापतको व्यवस्थापन खर्च समेत बढ्न गएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी चार अर्ब एक करोड रुपैंयाबाट बढेर सात अर्ब ३७ करोड पुगेको छ । यसअवधिमा बैंकले चुक्तापूँजी ८३.८६ प्रतिशतले बढाएको छ । बैंकले ६५ प्रतिशत हकप्रद बिक्री गरेर पूँजी बढाएको हो । साथै बैंकले ९.४५ प्रतिशत बोनस शेयर समेत प्रस्ताव गरेको छ । बोनसपछि बैंकको पूँजी आठ अर्ब नाघ्नेछ । यसरी पूँजी बढ्दा कमाई घटेका कारण बैंकको प्रगति सुस्त बनेको हो ।

बैंकको दोस्रो त्रैमासिक अवधिको प्रतिसेयर आम्दानी ५.३४ रुपैयाँ छ । यसलाई बार्षिकिकरण गर्दा प्रतिसेयर आम्दानी १० रुपैंया ६४ पैसा हुन आउँछ । बैंकको प्रतिसेयर नेटवर्थ १२२ रुपैंया ७३ पैसा, मूल्य आम्दानी अनुपात ४३.०३ गुणा तथा तरलता अनुपात २५.६५ रुपैयाँ छ ।

बैंकको खराबकर्जा भने एक प्रतिशत तल ०.९६ प्रतिशत छ । तर यो गतबर्षको भन्दा धेरै हो । जसले गर्दा उसको प्रोभिजन रकम १३ करोडबाट २० करोड पुगेको छ । यसअवधिमा बैंकले ११ करोड रुपैयाँ खराब कर्जा असुल गरेको छ ।

बैंकले यसअवधिमा ४५ अर्ब ५७ करोड निक्षेप संकलन गर्दा ४० अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । जसको सिसिडी ७९.३७ प्रतिशत छ । बैंकले यो अवस्थामा थप कर्जा विस्तार गर्न मुस्किल छ । उसलाई निक्षेप बढाउनुपर्ने बाध्यता देखिएको छ ।

गतबर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको कोषको लागत नै ४.४७ प्रतिशतबाट बढेर ७.५८ प्रतिशत पुगेको छ । जसको आधार दर नै १०.९६ प्रतिशत छ ।

टुरिजम विकास बैंकसँग मर्जरको प्रकृयामा रहेको बैंक टुरिजमको सहयोगमा केही आश लाग्दो बन्ला कि भन्ने अपेक्षा गर्न सकिन्छ ।

मेरोलगानीबाट साभार

१४ अंकले बढेको नेप्सेमा कारोबार पनि बढ्यो

काठमाडौं । मंगलबार आज नेपाल स्टक एक्सेच (नेप्से) १४.११ अंकले बढेर २६२६.३१ विन्दुमा पुगेको छ ।  नेप्से ०.५४ प्रतिशतले बढ्दा कारोबार पनि बढेको छ । ५ अर्ब २० करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता शेयर किनबेच भएको छ । आज १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयर मूल्य घटेको छ। ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३१२ वटा कम्पनी कारोबारमा आउँदा ६४ हजार ९१७ पटक शेयर किनबेच भएको छ । यस्तै १३ वटा समूहमध्ये २ वटा समूह घटेको छ भने बाँकी ११ वटा समूह बढेको छ । उत्पादन तथा प्रशोधन समूह २.३२ प्रतिशतले घटेर ६ हजार ८२२.६१ विन्दुमा पुगेको छ भने ट्रेडिङ समूह ०.४५ प्रतिशतले घटेर ४ हजार ६१२.१५ विन्दुमा पुगेको छ । सबैभन्दा बढी विकास बैंक समूह १.७५ प्रतिशतले बढेर ५ हजार ५०३.०८ विन्दुमा पुगेको छ भने सबैभन्दा कम म्युचलुअल फण्ड समूह ०.११ प्रतिशतले बढेर २०.३५ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.७६ प्रतिशतले, फाइनान्स १.६२ प्रतिशतले, होटल तथा पर्यटन ०.९४ प्रतिशतले, हाइड्रोपावर ०.७१ प्रतिशतले, लगानी ०.९६ प्रतिशतले, जीवन बिमा ०.२८ प्रतिशतले, लघुवित्त ०.९५ प्रतिशतले, निर्जीवन बिमा ०.५६ प्रतिशतले र अन्य समूह ०.४९ प्रतिशतले बढेको छ।

नेप्से १३.९५ अंकले बढ्यो, कति छ कारोबार रकम

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को लागि आज यस साताको अन्तिम कारोबार दिन बिहीबार १३.९५ अंकले बढेको छ । यस दिन १५९ कम्पनीको सेयर मूल्य बढेको छ । ७९ कम्पनीको सेयर मूल्य घट्दा ६ कम्पनीको स्थिर रहेका छन् ।  दोहोरो अंकले बजार बढ्दा १० अर्ब ३२ करोड बराबरको सेयर खरिद–बिक्री भएको छ । दुई करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर एक लाख एक हजार ५४५ पटकमा खरिद–बिक्री भएको छ । गुँरास लघुवित्त, स्वभिमान लघुवित्त, अपर हेवाखोलाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लाग्यो ।उपसूचकतर्फ बैंकिङ, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, माइक्रो फाइनान्स, म्युचअल फन्ड र अन्य समूह बढ्दा बाँकी समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ । 

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

लोकप्रिय