यसकारण बढ्दै छ सम्बन्ध विच्छेद ?

यसकारण बढ्दै छ सम्बन्ध विच्छेद ?

काठमाडौं, फागुन २६ । झापाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो । पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो ।

माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी रुपमै सम्बन्ध विच्छद (डिभोर्स) भइसकेको छ ।

दाङकी २० बर्षकी रवीना बस्नेत(नाम परिवर्तन)को पनि यस्तै अवस्था छ, काठमाडौंमा बीएससी अध्ययनरत उनी भन्छिन्, दुई बर्षअघि १८ बर्षमै भागेर बिहे गरियो, माइतीले नस्विकारेपछि ३ महिनौ सम्बन्ध विच्छेद गर्नुपर्यो ।

दार्चुलाकी १७ बर्षकी मिना ठगुन्ना ८ कक्षा पढ्दै गर्दा गाउँकै केटासँग प्रेममा फसिन् ।

कसैले नमान्दा भागेर बिहे गरेकी उनको पनि त्यही हालत भयो । बर्ष दिन नपुग्दै विदेशीएका श्रीमानले विस्तारे बेवास्ता गरे । पछि कानुनी रुपमै सम्बन्ध विच्छेद भयो ।

काठमाडौंमा बस्दै आएका पाल्पाका सविनको पनि त्यस्तै छ गुनासो । २७ बर्षका सविनले ४ बर्षअघि नै पाल्पाकी केटीसँग बिहे गरे । बिहे दर्ता पनि भयो । तर, सम्पत्तिकै कारण उनले निहुँ खोजेर सम्बन्ध विच्छेद गरिन् ।

यी प्रसंगहरु प्रतिनिधिमूलक हुन्, आज समाजमा यसरी नै दिनहुँ सम्बन्धविच्छेद बढ्दै गएको पाइएको छ ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदको भएको अदालत स्रोत बताउँछ ।

काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्छन्,, ‘सम्बन्ध विच्छेद सम्बन्धमा दैनिक पाँचदेखि आठवटा मुद्दा दर्ता हुने गरेका छन् ।’

अधिकांश १९ देखि २५ बर्ष उमेर समूहका केटाकेटी सम्बन्ध विच्छेद गर्न अदालत धाउने गरेका छन् । यो क्रम बढ्दो छ ।

सम्बन्ध विच्छेदका मुख्य कारणहरुः
-कुटपिट गर्नु
-खान लाउन नदिनु
-कम उमेरमा बिहे हुँदा उत्पन्न पारिवारिक असमझदारी
-वैदेशिक रोजगार गएका श्रीमान वा श्रीमतीबीच बढ्दो अनमेल
-महिलाहरु डिपेन्डेन्ट भिसामा उच्च शिक्षा हासिल गर्न विदेश जानु
-सम्पत्ति प्राप्तीमा लोभ

बाह्य देश जानका लागि बिहेको कागजपत्र बनाएर केही समयपछि सम्बन्ध विच्छेद गर्नेहरु पनि छन् । अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार विवाहलाई सामान्य सम्बन्धको रुपमा लिइँदा सँबन्ध विच्छेद बढेको हो । -नेपाल समाचारपत्र दैनिकबाट

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय