युएईको जेलमा रहेका टोपबहादुरकाे उद्दारका लागि युएईबाटै अभियान शुरु

युएईको जेलमा रहेका टोपबहादुरकाे उद्दारका लागि युएईबाटै अभियान शुरु

सुशान आचार्य/
युएई, फागुन २६ । काम गर्न स्थलमा दुर्घटना भै साथिको मृत्यु भएपछी चार वर्ष अघि हत्या अभियोगमा युएई अदालतबाट ब्लड मनि भुक्तानको सजाय सुनाईएका चितवन खैरिनिका टोपबहादुर विश्वकर्माको रिहाइको लागि नेपाल सरकार बाट आर्थिक सहयोग गर्न नमिल्ने वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले जनाएको छ ।

अदालतको फैसला पछि ब्लड मनि जुटाउनका लागि युएई स्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डलाई आर्थिक तथा कानुनी सहयोगको लागि पत्र लेखेको भए पनि वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले कानुनत बिक लाई कुनै आर्थिक सहयोग गर्न नसकिने भन्दै पत्रको जबाफ पठाएको नेपाली दूतावास युएईले बताएको छ ।

बिगत ४ वर्ष देखि उद्दारको पहल गरिदिन हारगुहार गरिरहेका बिकलाइ बचाउन नेपाली दूतावास युएईले सकारात्मक पहल लिएको भए पनि परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार प्रबर्द्धन बोर्डबाट सहयोग गर्न नमिल्ने बताए पछी युएईमा कार्यरत नेपालीहरु आक्रोशित बनेका छन।

उद्दारको लागि युएई बाटै सहयोग अभियान सुरु ।

लामो समय देखि जेल जीवन बिताउदै आएका विश्वकर्माको उद्दारका लागि एनआरएनए युएईको संयोजकत्व रहने गरि आर्थिक सहयोग सङ्कलन अभियान थालिएको छ ।

शुक्रबार नेपाली दूतावास युएईमा आयोजना गरिएको सर्वपक्षीय भेलाले युएईमा रहेका नेपाली संघसंस्था र सरोकारवाला सबै सङ हालेमालो गर्दै विश्वकर्माको उद्दारका लागि आवश्यक ब्लड मनि नेपाली करिब ३० लाख रुपैयाँ संकलन गर्न सहयोग संकलन समिति गठन गरेको जानकारी नेपाली जन प्रगतिशील मन्च युएई अबुधाबीका छेत्रीय कोषाध्यक्ष खगेन्द्र सुबेदिले जानकारी दिएका छन ।

समितिमा नेपाली समाज युएई, नेपाली जनसंपर्क समिति, प्रवाशी नेपाली मंच, नेपाली जनप्रगतिशिल मंच, आदिवासी जनजाती महासंघ, चितवन समाज, विश्वकर्मा समाज रहेका छन भने युएईमा कृयाशिल संपुर्ण नेपाली संघसंस्थालाई समेत सदस्य तोकिएको सुबेदिले बताएका छन ।

समितिले आगामी साता दूतावासमा संघसंस्थाका प्रमुखहरुको भेला गरेर उपसमिति निर्माण गरि समय सिमा तोकेर आर्थिक सहयोग संकलन अभियान सन्चालन गर्न जानकारी दिएका छन ।
विश्वकर्माको उद्दारका लागि एनआरएनए आईसिसीले ब्लड मनि रकमको १० प्रतिशत नेपाली दुई लाख ८० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ भने विश्वकर्मा समाज युएईले समेत सहयोग संकलन अभियान संचालन गरेको छ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय