युएईमा अपाङ्ग तथा अनाथ बाल-बालिकाको सहयोगार्थ ‘सास्कृतिक साँझ २०७४’ हुने

युएईमा अपाङ्ग तथा अनाथ बाल-बालिकाको सहयोगार्थ ‘सास्कृतिक साँझ २०७४’ हुने

दुबई १६ मार्च । वैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा समाजिक संस्था काभ्रे सेवा समाज युएईले नयाँ वर्ष २०७४ को विशेष अवसर पारेर आगामी अप्रिल १४ मा अपाङ्ग तथा अनाथ बाल-बालिहरुको सहयोगार्थ ‘सांस्कृतिक साँझ २०७४’ को आयोजना गर्ने भएको छ ।

विशुद्व सामाजिक सेवा गर्ने उदेश्यले ८ अगस्ट २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति) हाल परिमार्जित पछि काभ्रे सेवा समाज युएईले विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आउने क्रम सँगै यहि आउदो नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ संस्कृतिक साँझ २०७४ कार्यक्रम अन्तिम तयारीमा रहेको समाजका संरक्षक दामोदर दाहालले जानकारी दिएका छन् ।

यहि आउदो नया बर्ष २०७४ बैशाख १ गते (१४ अप्रिल २०१७) शुक्रबारको दिन हुन गइरहेको संस्कृतिक कार्यक्रममा नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ, पछिल्लो चरण व्यस्त गायिका भनेर चिनिने लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरु युएई आउने भएका छन् । नेपालबाट आउने कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी शुब्ब, सोनी राना मगर, प्रवेग दोङ, डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको बिजोड प्रस्तुति रहने समाजका महासचिब उत्तम बिकले जानकारी दिएका छन् ।

दुबईको देरा स्थित कर्लटन टावर होटलको हलमा दिनको २ बजे बाट शुरु हुने कार्यक्रमको लागि युएईबासि सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन काभ्रे सेवा समाज युईका अध्यक्ष दिल लामाले युएईबासि नेपालीहरुलाई आग्रह गरेका छन् । उक्त कार्यक्रमको लागि TRUST GENIC कम्पनी, मारहाबा ट्राभल्स, अन्नपूर्ण सुनचादी पसल, बिजेता ग्रुप कम्पनी, फिस्टल ट्रभल्स, नेपालीको सगरमाथा रेष्टुरेन्ट, भावर्ची रेष्टुरेन्ट, फलाफिल्गी रेष्टुरेन्ट, नेपाली रेष्टुरेन्ट , काठमाडौं रेष्टुरेन्ट, ग्रिन्ड डान्सबार, नमस्ते रेष्टुरेन्ट, भान्छाघर रेस्टुरेन्ट, इभरेष्ट एच.आर कन्सलटेन्सी, नमस्ते ट्राभल्स, जि.के.एस. टायर लगायत ईसपोन्सर रहेको आयोजकले जानकारी दिइएको छ ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय