युट्युब च्यानल सञ्चालनमा युवापुस्ताको बढ्दो आकर्षण
भीमदत्तनगर । सामाजिक सञ्जालको सदुपयोगसँगै दुरुपयोग पनि भएको खबर त सबैले सुने-देखेकै छौँ । अझ युवापुस्ता बढी संख्यामा यसको प्रयोगकर्ता रहेका छन् ।
पछिल्लो समय कञ्चनपुरमा फेसबुक, ट्विटरसँगै शहरी क्षेत्रमा बसोबास गर्ने युवा युट्युब च्यानल सञ्चालनमा ल्याएर यहाँको पर्यटन प्रर्वद्धनसँगै लोकसंस्कृति र विभिन्न प्रकारका कार्यक्रमलाई प्रचारप्रसार गरिरहेका छन ।
छ महिनादेखि भीमदत्तनगरका युवा व्यापारी करनसिंह पालले ‘खोज टिभी’ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ । उहाँले उक्त च्यानलमार्फत यहाँको शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, लिंगा, एशियाकै दोस्रो लामो महाकाली नदीमा अवस्थित झोलुङ्गे पुल तथा यहाँ हुने मेला÷महोत्सवका साथै डोट्याली हास्य भिडियोसमेत खोज टिभी च्यानलमा अपलोड गर्ने गरेका छन् ।
कञ्चनपुर उद्योग वाणिज्य संघ कार्यसमिति सदस्यसमेत रहनुभएका पालले च्यानल हेर्ने र सस्क्राइबरको संख्या बढेसँगै गगुलले युट्युबलाई विज्ञापन उपलब्ध गराएर रकमसमेत दिने गरेको बताउनुभयो ।
“युट्यब च्यानलका पनि निश्चित मापदण्ड र परिधि छन्”, उहाँले भन्नुभयो, “मापदण्ड च्यानलले पूरा गरेपछि गुगल युट्युबले विज्ञापन उपलब्ध गराउनेदेखि विज्ञापन हेरेअनुसारको रकमसमेत दिन्छ ।”
पालले आफूले अपलोड गरेको ‘चट्ट, चट्टन, आँखामा बट्टन’ डोट्याली कमिडी भिडियो सबैभन्दा बढी हेरिएको बताउनुभयो । “त्यो भिडियो हाम्रो च्यानलमा एक लाख २६ हजार पटक हेरिएको छ,” उहाँले भन्नुभयो, “अरूका गीत पनि च्यानलमा राख्न सकिन्छ, गायक र निर्माताको अनुमति आवश्यक हुन्छ ।”
जिल्लाका पर्यटकीय क्षेत्रको भिडियो र विभिन्न कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरिएको छ । अरूको म्युजिक भिडियो बिनाअनुमति हाले कपिराइटमा मुद्दा लाग्छ । निजी च्यानल बनाएर सञ्चालन गर्ने युवाको संख्या वृद्धि हँुदै गएको छ । युट्युब च्यानल सञ्चालन गर्न जिमेल एकाउन्ट आवश्यक पर्छ ।
“च्यानल बनाउन केही समय लाग्दैन”, पाल भन्नुहुन्छ, “अरू सामाजिक सञ्जालमा लत पार्नुभन्दा फुर्सदमा च्यानल सञ्चालन गर्नु बेस छ ।” पालले सञ्चालनमा ल्याएका च्यानलका विभिन्न पर्यटकीय तथा मनोरन्जनात्मक भिडियो करीब ६ लाखभन्दा बढीले हेरिसकेका छन् ।
भीमदत्तनगरका फोटोग्राफर पुष्पराज भट्टले ‘किङ्ग टिभी २४’ सञ्चालन गरेका छन् । उहाँले सञ्चालन गरेको ११ महिनामै गुगल युट्युबबाट १०७ अमेरिकी डलर पहिलो पटक प्राप्त गर्नुभएको छ । गुगल युट्युबले च्यानलमा विज्ञापनमार्फत १०० डलरभन्दा बढी रकम जम्मा हुनासाथ च्यानल सञ्चालकको खातामा रकम हाल्छ ।
यहाँस्थित फोटो स्टुडियोमा आबद्ध भएर भिडियो सम्पादनमा व्यस्त रहने भट्टले फुर्सदको बेला विभिन्न नेपाली गीतको कभर भिडियोसमेत बनाएर च्यानलमा हाल्ने गरेका छन् । उहाँको च्यानल हालसम्म १० लाख ६० हजार पटक हेरिएको छ ।
‘चरी चट्ट परी’ बोलको गीतको कभर भिडियो बनाएर आफ्नो च्यालनमा अपलोड गरेका भट्टले उक्त गीतको कभरभिडियो तीन लाख ९५ हजार पटक हेरिएको बताउनुभयो । “च्यानल राम्रो चलाउन सके आम्दानी पनि गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “देश–विदेशसम्म यहाँको सम्भावना उजागर गर्ने दरिलो माध्यम हो, युट्युब च्यानल ।”
स्थानीय स्तरमा बन्ने गरेका म्युजिक भिडियो पनि च्यानलमार्फत प्रचार प्रसारका लागि आउने क्रम जारी छ । यहाँका मेला÷महोत्सवमा कलाकारको सांगीतिक प्रस्तुतिसमेत सहमति लिएर छायाकंन गरेर च्यानलमा हाल्दा हेर्नेको संख्या गरेको भट्ट बताउनुहुन्छ ।
“वैदेशिक रोजगारमा रहेकाहरुले युट्युब च्यानल बढी हेर्छन्”, उहाँले भन्नुभयो, “यो च्यानल मनोरञ्जनात्मक र सन्देशमूलक भएकाले उपयोगी बन्दै गएको छ ।” त्यसका साथै आफूसित भएको विभिन्न कला, सीप र क्षमता देखाउने माध्यमका रुपमा पनि निजी च्यानल बनाएर प्रचार÷प्रसार गर्न सकिने उहाँको भनाइ छ ।
“धेरैलाई त यहाँ च्यानल सञ्चालन राम्रो भए पनि रकम पनि पाउछ भन्ने थाहा छैन”, भट्टले भन्नुभयो, “च्यानल चलाएर रकम पाउने भीमदत्तनगरमा थौरी व्यक्ति छन् ।”
त्यसैगरी, यहाँका स्थानीय पत्रकार सुरेश भट्टले पनि ‘साझा आवाज’ नामक युट्युब च्यानल विगत ६ महिनादेखि सञ्चालनमा ल्याएका छन् । प्रदेश नं ७ का कलाकारको स्टेज कार्यक्रमलाई उहाँले भिडियो कैद गरेर च्यानलमा बढी मात्रामा अपलोड गर्नुहुन्छ ।
“समाचार पनि मैले भिडियोसहित च्यानलमा हालेको छु”, भट्टले भन्नुभयो, “युट्युब च्यानल पनि सञ्चारको एउटा महत्वपूर्ण माध्यम बनेको छ ।” उहाँले अपलोड गरेको एउटै भिडियो एक लाख पटकसम्म हेरिएको छ । च्यानलहरु युवा पुस्ताले बढी हेर्ने गरेका छन् । इन्टरनेट आवश्यक भएकाले यसको पहुँच सबैका लागि सहज भने छैन । रासस
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।
काठमाडौंका यी स्थानमा आज विद्युत् कटौती हुने
काठमाडों । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले क्षेत्र पाटी फिडर अन्तर्गत पर्ने टेकु विष्णुमती कोरिडोरमा भूमिगत केवल लाइन मार्फत पुष्पलाल पार्कमा रहेको ट्रान्सफरमर टावरमा जडान गरी ओभर हेड लाइन जडानका लागि लाइन कटौती हुने जनाएको छ । सो कार्यका लागि क्षेत्र पाटी चोक, पकनाजोल, टहिटी चोक, ज्याठालगायतका क्षेत्रमा १ बजेदेखि ५ बजेसम्म लाइन कटौती हुने सूचनामा उल्लेख छ । यस्तै, टेकु थापाथली फिडर अन्तर्गत थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी विभाग, वर्ल्ड टेड सेन्टर, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताललगायतका क्षेत्रमा पनि बिजुली कटौती हुनेछ । त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु सव स्टेसन अगाडिबाट पचली भैरव,नेपाल उद्योग वाणिज्य महासङ्घ, टेकु चोकबाट त्रिपुरेश्वर चोक नपुग्दै भाटभटेनी सुपर मार्केट अगाडिसम्म, टेकु वंशी मार्ग, सुकुम्वासी टोलसम्म जाने बाटोसम्म पनि बिजुली कटौती हुने सूचनामा उल्लेख छ । थापाथली फिडर अन्तर्गत प्रसुती गृह पूर्व गेट, नर्भिक अस्पताल, थापाथली पन्चायणीमार्ग, कुरिया गाउँ, आन्तरिक राजश्व कार्यालय पछाडिसम्म पनि १ बजेदेखि ५ जेसम्म लाइन काटिने सूचनामा उल्लेख छ ।