यु ए ई मा २३औ अन्तराष्ट्रीय विश्व आदिबासी दिवसमा भब्य
यु ए ई । नेपाल आदिबासी जनजाती महासंघ यु ए ई ले २३ औ अन्तराष्ट्रीय विश्व आदिबासी दिवस तथा आदिबासी जनजाती महोत्सव भब्य रुपमा मनाउने भयको छ िआदिबासी दिवस अगस्ट ९ मा मनाउनु पर्ने भयपनी प्रावासको बसाइ र काम सग समय अनुकुल नभयको कारण १ दिन ढिलो गरेर मनाउन लागेको हो
दुबईको डेरा स्थित कार्ल्टोन टावर होटेलमा आयोजना हुने कार्यक्रम दिनको २ बजे देखि शुरु हुने छ ।
नेपालि राजदुताबास यु ए ई का महामहिम कार्यवाहक राजदुत श्री नेत्र बहादुर टन्डन को प्रमुख आतिथ्य र नेपाल बाट बिशेष अतिथि र प्रमुख बक्ताको रुपमा लामो समय देखि आदिबासी जनजाती हरुको हक अधिकार सुनिश्चित गर्नको लागी लडिरहनु हुने आदिबासीहरुको अभियान्ता तथा समाज शास्त्री डा कृष्ण बहादुर भट्टचन रहनु हुने भयको छ भने अन्य लग भग ७० वटा संस्था लाई अतिथिको लागी निमन्त्रणा गरेको आयोजकले बतायको छ ।
कार्यक्रमको आयोजक नेपाल आदिबासी जनजाती महासंघ हो भने सह आयोजक महासंघमा आबद्द ११ वटा संस्थाहरु तमुसमाज यु ए ई , किरात राइ यायोक्खा शाखा यु ए ई , नेपाल मगर संघ शाखा यु ए ई , तामाङ्ग समाज यु ए ई , शेर्पा किदूग यु ए ई , थारु कल्याणकारी सभा यु ए ई , प्रवाशी माझी समाज यु ए ई , प्रवाशी भुजेल समाज सेवा समिति , सुनुवार सेवा समाज यु ए ई , नेवा पुछ यु ए ई , किरात याक्थुङ्ग चुम्लुङ्ग यु ए ई रहेका छन् िउक्त कार्यक्रमको मुख्य आकर्षणमा ११ वटै जातिय संस्थाको आ आफ्नो पहिचान झल्किने जातिय भेष भुषा हस्तकला चित्रकला र जातिय परिकारको स्टल रहने भयको छ िउक्त स्टल निरीक्षण समितिले निरीक्षण गरि उत्कृष्ट स्टल राख्ने संस्था लाई पुरस्कृत पनि गरिने कार्यक्रम संयोजक पासाङ्ग शेर्पाले बताए ।
तेसैगरि सांस्कृतिक कार्यक्रम अन्तर्गत ११ वटा जातिय सस्था बाट सांस्कृतिक झाँकीको प्रस्तुति हुनेछ िसाथमा कार्यक्रम लाई थप आकर्षक बनाउनको लागी स्थानिय ख्याति प्राप्त कलाकारको बेजोड प्रस्तुति रहने सांस्कृतिक बिभाग प्रमुख बिजय लक्ष्मी राईले बताए िमहासंघमा लामो समय देखि योगदान गर्दै आउनु भयको ब्याक्तीहरुलाई पनि महासंघले सम्मान गर्ने भएको छ ।
साथै उक्त दिन नेपाल आदिबासी जनजाती महासंघ यु ए ई को महाधिबेशन जुलाई २८ तारिकमा भय पनि तेस्को आधिकारिक घोषणा भने महोत्सवको दिन निर्वाचन समितिले गर्ने र सपथ ग्रहण पनि तेही दिन गराइने अध्यक्ष डेर राज गुरुङले जानकारी गराए िमहासंघले यु ए ई मा कार्यरत सम्पूर्ण दाजु भाइ तथा दिदि बहिनीहरुमा उपस्थित भई कार्यक्रम सफल बनाई दिन हुनको लागी अनुरोध गरेको छ ।
-सुत्रमनि दुमी राई रदुबई
माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्। उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो। उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’ बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।
गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
‘चिसोबाट बच्न सावधानी अपनाउनू’
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ। शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै प्राधिकरणले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो। मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ। शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने विभागको पूर्वानुमान छ। रासस
बढ्यो सुनको मूल्य, कतिमा भैरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले बढेको हो। आज सुन तोलामा एक लाख ५० हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बिहिबार सुन तोलामा एक लाख ५० हजार ३ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढे र १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।