यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा सुधार – पत्रकार महासंघ

यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवस्थामा सुधार – पत्रकार महासंघ

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दृष्टिकोणले सन् २०१६ मा विगतका वर्षको तुलनामा सुधार भएको पाइएको छ ।

नेपाल पत्रकार महासंघले अंग्रेजी वर्ष २०१६ को समीक्षा गर्दै सार्वजनिक गरेको सूचना अनुसार वर्ष २०१५ को तुलनामा यस वर्ष निर्वाधरुपमा प्रेस तथा स्वतन्त्रताको अवस्था सुधार भएको पाइएको हो ।

महासंघले जारी गरेको प्रतिवेदनको सार संक्षेप यसप्रकार छ–
सन् २०१५ मा तराई मधेश आन्दोलन तथा विभिन्न संघसंगठनको आन्दोलनका कारण मिडियामाथि आक्रमणका घटना अधिक देखिएकोमा विगतको वर्षभन्दा यो वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा कमि देखिएको छ । यो वर्ष प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतका हनन्का ५६ वटा घटना महासंघको मडिया मोनिटरिङ्ग इकाईमा दर्ता भएका छन् । जसमध्ये १० जना पत्रकारहरू पत्रकारिताको क्षेत्रमा क्रियाशिल रहँदा विभिन्न समयमा पक्राउ परेका छन् भने १० जना पत्रकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील रहँदा विभिन्न व्यक्ति तथा समुदायबाट आक्रमणमा परेका छन् ।

त्यसैगरी सन् २०१६ मा १५ जना पत्रकारहरूलाई दुव्र्यवहार गरिएको र ४ सञ्चारसंस्थामा आक्रमण भएको महासंघ मिडिया मोनिटरिङ्ग एकाईमा दर्ता भएको छ । २ जना पत्रकारका सञ्चार सामग्री तोडफोड भएको छ भने २ वटा सञ्चारगृहलाई राजनीतिक दलले नियन्त्रणमा लिइ आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

त्यस्तै ५ जना पत्रकारलाई धम्कीका आएको थियो भने पत्रकारिताको विषयलाई लिएर प्रहरीले ५ जना पत्रकारलाई नियन्त्रणमा लिएको महासंघको अभिलेखमा देखिन्छ । एक सञ्चारमाध्यलाई धम्की, एक रेडियोको प्रसारणमा अवरोधको पु¥याइएको छ भने १ जना पत्रकारलाई जागिरबाट निष्काशन गरिएको छ ।

यसैगरी २०१६ को मध्यतिर चर्चित पत्रकार एवं साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ ग¥यो भने गाँउले मासिकका प्रधानसम्पादक भद्रगोल किराती साइबर अपराधको मुद्दामा पक्राउ परे ।

त्यसैगरी समयवोध मासिकका पत्रकार शेषनारायण झालाई सिंहदरबारको फोटो खिँचेको निहुँमा र पत्रकार रमेश महतारा र जय दाहाललाई माओवादीको एक घण्टे चक्काजामको रिर्पोटिङको क्रममा प्रहरीले पक्राउ गरेका थिए । दाङको गणतन्त्र दैनिकका पत्रकार गणेश आर्चायलाई दाङबाट र युनिटी भ्वाइस मासिकका सम्पादक रामचन्द्र खड्का भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आगमनको रिर्पोटिङ गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्रेका थिए । त्यस्तै साइवर अपराधको मुद्दामा सोलुखुम्बुका पत्रकार महेश रानामगरलाई चितवनबाट र अर्जुन थपलियालाई सिराहा जिल्लाबाट पक्राउ गरिएको थियो ।

पत्रकार तथा लेखक स्नेह सायमी र सुदिप बर्देवालाई प्रहरीले केही घण्टा नियन्त्रणमा लिएका थिए भने पत्रकार मोहन बास्तोला, लोकराज जैशी तथा पत्रकार दिनेश सिंह महरालाई पनि प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएर छोडेको थियो ।

यसैगरी २०१६ मै जनादेश साप्ताहिकको कार्यालयमा नयाँ शक्ति र महासंघ सप्तरी शाखा भवनमा सद्भावना पार्टीको कार्यालय राखिएको विषय विवादित रह्यो ।

यस्तै धादिङ्गको रेडियो धादिङ्ग १०६ मेगाहर्जमा स्थानीय प्रशासनले आक्रमण गरी केही समय प्रसारणसमेत अवरुद्ध पारेको थियो भने सर्लाहीको रेहियो मधेशमा अज्ञात समुहले कार्यालयको कम्प्यूटरलगायत फर्निचर तोडफोड गरेका थिए । जसका कारण केही समय रेडियोको प्रसारणसमेत अवरुद्ध भएको थियो । त्यस्तै नारायणी एफ एम पर्सामा पनि अज्ञात समुहले आक्रमण गरेका थिए भने नेकपा माओवादी सल्यानले प्रेस विज्ञप्तीमार्फत सल्यानबाट सञ्चालनमा रहेको सल्यान केवल टेलिभिजनलाई प्रसारण बन्द गर्न धम्की दिएको थियो ।

यी माथिका घटनाहरु २०१६ का केही मुख्य प्रेस स्वतन्त्रता हनन्का घट्नाहरू रहेका छन् । माथिका घट्ना श्रृंखलाले नेपाली प्रेस जगत धम्कीपूर्ण तथा असुरक्षित रहेको देखाउँदछ । विभिन्न राजनीतिक पार्टी तथा संघसस्थाले गरेको विरोधको समयमा प्रहरी प्रशासनबाट भएको आक्रमण तथा अन्य व्यक्तिबाट भएको आक्रमणले सरकाबाटै नेपाली प्रेस असुरक्षित र अपहेलित भएको देखाउँदछ ।
प्रेस स्वतन्त्रता हनन्का घट्नाभन्दाबाहेक नेपाली पत्रकारिताको जगतमा केही खुसीका काम समेत भएका छन् । नेपाल पत्रकार महासंघको लामो समयको दबाबपछि नेपाल सरकारसंगको सहकार्यामा पत्रकार दुर्घटना वीमा सुरु भएको छ । जसअन्र्तगत पहिलो तथा दोस्रो चरणमा १४७१ ज्ना पत्रकाहरूले सुविधा लिएका छन् भने तेस्रो चरणको पत्रकार दुर्घटना बीमाको नामावली सङ्कलन सुरु भैसकेको छ । साथै, पत्रकारहरुको उपचारका लागि सरकारी अस्पतालमा ५० प्रतिशत सहुलियतको घोषणा भएको छ यद्यपि सोको कान्र्यावन हुन भने बाँकी रहेको अवस्था छ । यस्तै यही अवधिमा नयाँ आमसञ्चार नीति पनि जारी भएको छ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले यो वर्ष नेपाली प्रेस जगतमा केही नीतिगत सुधार र प्रेस स्वतन्त्रताका दृष्टिले केही नयाँ कामहरू हुनु सकारात्मक पक्ष रहेको बताउनु भएको छ । उहाँले पत्रकार र सञ्चारमाध्यमको भौतिक सुरक्षा, पत्रकारको पेशागत सुरक्षा, दण्डहीनताको अन्त्य र सेल्फसेन्सरसीपको अन्त्यका निम्ति सम्बन्धित निकायले गम्भीरतापूर्वक कार्य गर्न जरुरी रहेको औंल्याउनु भएको छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय