यौन चाहना र खानेकुराबीच कस्तो छ सम्बन्ध ?

यौन चाहना र खानेकुराबीच कस्तो छ सम्बन्ध ?

मानिसहरूले यौन स्वास्थ्यलाई विशेष गम्भीरताका साथ लिने गरेका छन् । कुनै विशेष प्रकारको खाद्य पदार्थले कामेच्छामा सकारात्मक प्रभाव पार्छ भन्ने कुरा पप्रमाणित हुने हो भने त्यस्तो खाद्यवस्तु उच्च मूल्यमा तत्काल बिक्री हुनेछ ।

राम्रो यौन स्वास्थ्यका लागि सन्तुलित आहार, सक्रिय जीवनशैली र राम्रो मानसिक स्वास्थ्य आवश्यक पर्दछ । तर के यस्ता कुनै विशेष खाद्य पदार्थ छन् जसले प्राकृतिक रूपले यौन क्षमता बढाउन सकियोस ?

मानव इतिहासमा लामो समयदेखि यौन क्षमता बढाउने कुरा चिकित्सकीय चासोको विषय रहिआएको छ । कतिपय समाजहरूमा चिशेष प्रकारका कह्द्य सामग्रीहरूलाई यौन स्वास्थ्यवर्धक भनेर बुझिने गरेको छ ।

बिबिसीमा पप्रकाशित यस आलेखमा केही खानेकुरा र तिनको यौन क्षमतामा प्रभावसम्बन्धी मान्यताको बारेमा चर्चा गरिएको छ ।

सी-फुडको प्रयोग र यौन स्वास्थ्य

इतिहासमा क्यासानोभा भन्ने एकजना प्रेमीको चर्चा हुने गरेको छ । आफ्नो समय निकै प्रख्यात प्रेमीको रूपमा चिनिएका उनले खाजामा ५० सिपी खाने गरेको बताइन्छ ।

क्यासानोभा १८ औं शताब्दीका प्रख्यात इटालियन नाविक हुन् र उनको नाम उनका साहसपूर्ण समुद्री यात्राका साथै उनका प्रेम सम्बन्धका लागि समेत लिने गरिन्छ ।

धेरैले भन्ने गरे अनुसार उनले धेरै महिलाहरूसँग सम्बन्ध स्थापित गरेका थिए ।

यसो भनिने गरे तापनि सिपी नै खाएर यौन शक्ति बढ्ने कुनै प्रमाण भने छैन । चिकित्साशास्त्रमा यसको कुनै उल्लेख नै छैन । यसो हुँदाहुँदै पनि क्यासानोभाले सिपी खाने गरेको हल्ला चाँहि कसरी फैलियो त ?

ग्रीसेली मान्यता अनुसार प्रेमकी ग्रीसेली देवी एफ्रोडाइटको उत्पत्ति समुद्रबाट भएको थियो । त्यसैले पनि समुद्री भोजनलाई यौन क्षमता बढाउने भोजनका रूपमा मान्ने गरिएको हुन सक्छ ।

सिपीमा जस्ता (जिङ्क) पाइन्छ । जस्ता टेस्टोस्टेरोन उत्पादनका लागि आवश्यक पोशाक तत्त्व पनि हो । एउटा शोधमा जस्ताले शुक्रकीटहरूको गुणवत्ता बढाउने भएकाले यसलाई पुरुषको बाँझोपनको उपचारमा प्रयोग गर्न सकिन्छ ।

त्यस्तै जस्ताक अन्य स्रोतमा सेलफिस, रातो मासु, फर्सी, तिल, काजु-बदाम, दूध, केराउ, पनीर र सिमी (राजमा) जस्ता खाद्य पदार्थ रहेका छन् ।

डार्क चकलेटको कस्तो छ प्रभाव?

शोधकर्ताहरूले डार्क चकलेटले मानिसमा प्रेम गर्ने भावना उत्पन्न हुने बताएका छन् । यसमा फिनाइल इथेलामाइन (पीइए) नामक रसायन हुने गर्छ । यसलाई ‘लभ केमिकल’ पनि भन्ने गरिन्छ ।

पीइए मानव शरीरले प्रेम सम्बन्ध स्थापना भएको केही महिनामा उत्पादन गर्न थाल्दछ । यसले डोपामाइन जस्ता हार्मोनको उत्सर्जनमा मद्दत पुऱ्याउँछ र मानव मस्तिष्कभित्र आनन्द र खुसी नियन्त्रण गर्ने केन्द्रलाई उत्तेजित पर्ने गर्दछ ।

तर चकलेटमा पाइने पीइएको मात्रा निकै कम हुने भएकाले यो चकलेट खाइसकेपछि पनि सक्रिय रहिराख्छ भन्ने कुरामा भने शंका रहेको छ ।

यसका साथै धेरैले चकलेटको प्रमुख घटक कोकोओले शरीरमा रक्त प्रवाह बढाउने र खुसी बनाउने हार्मोन सेरोटोनिनको स्तरलाई बढाउने गर्दछ ।

चकलेट र यौनबीचको सम्बन्ध कति पुरानो ?

स्पेनी खोजकर्ता एर्नान कोर्तेसलाई चकलेट पत्ता लगाउने पहिलो युरोपेली भन्ने गरिन्छ । उनले लामो समय अमेरिकी महाद्वीपका माया र एजटेक साम्राज्यमा बिताए ।

उनले स्पेनका राजा कार्लोस प्रथमलाई एउटा पत्र लेखेर मायामा पिउने गरेको कोकोआ चकलेटको बारेमा आफूले बुझिराखेको र यसमा ‘थकानसँग लड्ने तथा रोग प्रतिरोधात्मक क्षमता’ समेत भएको उल्लेख गरेका थिए ।

हुन सक्छ स्पेनीहरूलाई चकलेटका चिकित्सकीय फाइदाहरूबारे पत्यार लाग्यो होला । तर मायाका नागरिकहरूले भने यस्तो मान्ने गरेको प्रमाण भेटिएको छैन ।

साथै माया साम्राज्यमा चकलेटको प्रयोग यौन शक्ति बढाउन गर्ने गरिएको समेत कुनै प्रमाण भेटिएको छैन ।

चकलेटमा पाइने ट्रिप्टोफ्यानले तनाव र अवसादसँग लड्न सहयोग गर्ने गर्दछ । यसका अन्य स्रोतमा साल्मोन माछा, अण्डा, पालुंगो, बदाम र भट्मास पर्दछन् ।

के खुर्सानी यौन क्षमताबर्धक छ ?

अध्ययनहरूले खुर्सानीमा क्यापसाइसिन हुने बताएका छन् । यसले शरीरमा एंडोर्फिनको मात्रा बढाउने बताइन्छ । यो मानिसलाई खुसी राख्ने एउटा अर्को हार्मोन हो ।

यसका अतिरिक्त यसले शरीरमा मेटाबोलिज्म दुरुस्त पार्दछ र शरीरको तापमान र हृदय गति समेत बढाउने गर्दछ । यस्तो अनुभव यौनक्रियाका क्रममा गर्ने गरिन्छ ।

यौन क्षमता र रक्सीको सम्बन्ध ?

रक्सीले संकोच कम गरेर इच्छाहरूमा बढोत्तरी त गर्न सक्ला तर यसले यौन क्षमतामा सकारात्मक प्रभाव भने पार्दैन । धेरै रक्सी पिउने महिला तथा पुरुषमा बिस्तारै भावुकता कम हुने समेत शोधहरूका नतिजाले देखेका छन ।

साथै यसले यौन क्षमतामा ह्रास ल्याएर नपुंसकताको स्थिति ल्याउन सक्छ ।

कसरी कम गर्ने नपुंसकता ?

केही शोधहरूले केही फ्लेभोनोइड्स (बोटबिरुवाबाट बनेका) युक्त समृद्ध खाद्य पदार्थले नपुंसकता कम गर्ने बताएका छन् ।

अध्ययनहरूमा ब्लुबेरी र त्यस्तै अन्य अमिलो फलफुलमा पाइने एंथोसायनिनमा नपुंसकता रोक्ने गुण हुने गर्दछ ।

फ्लेभोनोइड्सयुक्त खाद्य पदार्थ र नियमित व्यायामले नपुंसकताको समस्या २१ प्रतिशतसम्म कम गर्न सकिने अध्ययनमा देखिएको छ ।

केही शोधहरूले नपुंसकता रोक्न र सहज यौन क्रिया जारी राख्न सन्तुलित आहारको ठुलो भूमिका हुने बताएका छन् । यसमा अप्रशोधित अन्न, फलफुल, तरकारी, ओखर जस्ता तैलीय सुक्खा फल र जैतुनको तेल सामेल छन् ।

एंथोसायनिन नामक पदार्थको पनि यसमा ठुलो भूमिका हुन सक्छ । यसका अन्य स्रोतहरूमा चेरी, ब्ल्याकबेरी, क्र्यानबेरी, रास्पबेरी, अंगूर र रातो बन्दा रहेका छन् ।

यौन इच्छा बढाउने खाद्यसामग्रीलाई अंग्रेजीमा ‘एफ्रोडिजियेक्स’ भन्ने गरिन्छ । यो शब्दको उत्पत्ति ग्रीसेली देवी एफ्रोडाइटको नामबाट भएको हो । यौनलाईतीन श्रेणीमा राखिने गरेको छ: कामेच्छा, यौन सम्पर्क राख्न सक्ने शक्ति र यौन सुख ।

विश्वसनीयतामा प्रश्न 

तर यस प्रकारका खाद्यपदार्थले मानिसमा काम गर्छन या गर्दैनन भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित हुन् सकेको छैन । वास्तवमा, एक मात्र एफ्रोडिजिएक्स खानाले काम गर्ने गरेको पुष्टि हुन सकेको छ त्यो पाकेका र सडेका फलहरूको गन्ध हो ।

यौन स्वास्थ्यका विशेषज्ञ डा. क्रिकम्यान मानिसहरू कामोत्तेजक खाद्य पदार्थको सेवन गर्ने कारण तिनले काम गर्लान भन्ने विश्वास रहेको बताउँछन् । उनको सुझाव छ यदि कुनै खाद्यपदार्थले सकारात्मक नतिजा देखाउँछ भने यसले कसरी काम गर्दैछ भन्ने कुराले अर्थ राख्दैन ।

धेरै खालका कामोत्तेजक खाद्यपदार्थ छन् । कतिपयले विभिन्न वनस्पतिको चोप या अन्य त्यस्तै पदार्थ सेवन गर्ने सुझाव समेत दिने गर्छन् । तर यस्ता चीजले फाइदा या नोक्सान के गर्छन् भन्ने कुराको टुंगो नलागेसम्म यिनको सेवन नगर्नु नै बुद्धिमानी हुन्छ ।

यदि कुनै मानिसमा यौन चाहना या शक्तिको कमी छ भने यो विशुद्ध चिकित्सकीय समस्या हुन सक्छ र चिकित्सकको परामर्श अनुसार उपचारपश्चात टीक हुन सक्छ ।

ब्राजिल सरकारको आग्रहः विवाह अघि यौनसम्पर्क नगर्नुहोस्

एजेन्सीः ब्राजिलको सरकार आजकाल आफ्ना देशका किशोर किशोरीका लागि निकै चिन्तित छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई संयमता अपनाउन सल्लाह दिँदै भन्छिन्, ‘हाम्रा देशका युवा सामाजिक दबाबमा आएर शारीरिक सम्बन्ध स्थापित गरिरहेका छन् । तपाईं सेक्स बिना पनि पार्टीमा विभिन्न तरिकाले मज्जा लिन सक्नुहुन्छ ।’ डामारेसका अनुसार आफ्नो नीति बनाउनका लागि उनले ‘आई चुज टू वेट’ नामको एउटा अभियान सुरु गरेकी छिन् । उक्त अभियानमा उनले ती चर्चका फादर्सबाट सल्लाह लिएकी छिन् जसका सोसल मिडियामा ठूलो मात्रामा फलोअर्स छन् । यसका साथै डामारेसले ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिलमा प्रजनन अधिकार र यौन शिक्षाबारे निकै ठूलो बहस सुरु गरेकी छिन् । लेफ्ट पार्टी र आलोचकका अनुसार सेक्समा संयमता अपनाउन भन्दै युवालाई सेक्सबारे गलत तरिकाले सिकाइँदैछ जुन उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । ब्राजिलमा कानूनका प्राध्यापक र सामाजिक कार्यकर्ता देबोरा डिनिजले सेक्समाथि अहिलेसम्म बनेका सबै संयम नीति त प्रभावशाली हुन सकेको न नै किशोर गर्भावस्था तथा यौन रोगबारे जानकारी दिन सफल भएको बताएका छन् । डिनिजले आफूहरुले धार्मिक मान्यतालाई आधार मानेर सरकारी नीति बनाउने कोसिस गरिरहेको जानकारी दिएका छन् । राष्ट्रपति जेयर बोलसोनारो र उनका सहयोगीले उनका वामपन्थी प्रतिद्वन्द्वीले कम उमेरमा नै यौन सम्बन्ध स्थापित गर्नका लागि किशोरलाई प्रोत्साहित गरेको आरोप लगाएका छन् । यस्तै विशेषज्ञले सरकारको यो अभियानले किशोर गर्भावस्थामा अंकुश लगाउने अहिलेसम्मकै कोसिसलाई हानी पुर्याउन सक्ने बताएका छन् । ब्राजिलको किशोर गर्भावस्था दर संसारभरी सबैभन्दा धेरै छ । जहाँ अन्तर्रा्ष्ट्रिय स्तरमा किशोर गर्भावस्था दर ४४ प्रतिशत छ भने ब्राजिलमा यो दर लगभग ६२ प्रतिशत छ । ब्राजिलमा यौन संक्रमण पनि तीब्र रुपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१८ मा यौन सम्बन्धि रोगमध्ये ४३ हजार ९ सय ४१ नयाँ घटना सार्वजनिक भएका छन् जुन सन् २०१४ को तुलनामा ४१ प्रतिशत बढी हो । क्याबिनेट मन्त्री एल्विसका अनुसार सरकारले त्यहाँ भएका गर्भ्निरोधकबाहेक अन्य उपाय पनि अवलम्बन गर्नेबारे जोड दिइरहेका छन् । एल्विसका अनुसार सरकारको उद्देश्य मानिसहरुमा आफ्नो नीति थोपर्नु नभई उनीहरुलाई सूचित र शिक्षित गर्ने हो । ब्राजिलमा १५ वर्षका थुप्रै किशोरीहरुको बच्चा छन् र यी किशोरी आमाहरुका लागि विभिन्न प्रकारका होम स्कूलिङ कार्यक्रम चलाइँदै छ । यसमार्फत् उनीहरुले आफ्नो बच्चाको लालनपोषणका साथै पठन पाठन पनि गर्न सक्छन् । १५ वर्षकी लारिसा परेराले गत वर्ष एक बच्चा जन्माएकी थिइन् । लारिसाका अनुसार किशोरावस्थामा सरकारको गर्भ्निरोधक सन्देश निकै काम लाग्दो छ । यति हुँदा हुँदै पनि मानिसहरु यो मान्न चाहँदैनन् । लारिसाका अनुसार उनका स्कूलका लगभग सबै साथी गर्भवती छन् । लारिसाका अनुसार जन्मदरमा नियन्त्रणका लागि यहाँका मानिसहरुमाझ गर्भ्निरोधक औषधी तथा सामग्री सहजताका साथ पुर्याउन आवश्यक छ । ब्राजिलमा सेक्समाथि संयमता अपनाउने अभियान अर्को महिनादेखि सुरु हुनेछ । क्याबिनेट मन्त्री एल्विसका अनुसार संयुक्त राज्यमा यस्तो प्रकारको संयम अभियान प्रभावकारी भएको छ ।

किन हरेक महिलामा फरक यौन चाहना हुन्छ ? कसरी सन्तुष्ट पार्न सकिन्छ ?

काठमाडौंः महिलाहरु के चाहन्छन् ? सदियौँदेखि आम मानिसदेखि लिएर मनोवैज्ञानिक सम्मलाई यो प्रश्नले दिक्क पार्ने गरेको छ । सिगमन्ड फ्राएड जस्ता महानतम मनोवैज्ञानिक देखि लिएर हलिउडका अभिनेता मेल गिब्सन सम्म यो सवाललाई लिएर हैरान छन् । यो रहस्यका बारेमा हजारौँ किताब, लेख, ब्लग पोष्ट लेखिइसकेका छन् । लाखौँ पटक यो मसलामाथि बहस भएका छन् । लोग्ने मानिस मात्र होइन, महिलाहरु समेत अक्सर यो विषयमा चर्चा गरिरहन्छन् । तथापि यसमा लामोचौडा चर्चा, हजारौँ किताब, वर्षौँको अनुसन्धानका बाबजुत पनि महिलाहरुको इच्छाको कुनै एक परिभाषा तथा कुनै दायरा तय हुन सकेको छैन । महिलाहरुको मनभित्र कस्तो इच्छा जाग्दछ भन्ने कुरा पत्ता लाग्न पनि सकेको छैन । साथै महिलाहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ भन्ने पनि थाहा पाउन सकिएको छैन । के त्यसो भए वर्षौँसम्म यस विषयमा भएका अध्ययनहरु बेकम्मा भएका हुन् त ? होइन । अहिले यिनै अध्ययनहरुका कारण हामीले महिलाहरुको सेक्स सम्बन्धी चाहनाको बारेमा धेरै हदसम्म बुझ्नसक्ने भएका छौँ । महिलाहरुको कामेच्छाको चर्चा यसअघिको संकुचित विचारको दायरा भन्दा बाहिर आएको छ । पहिले भनिन्थ्यो की महिलाहरुको चाहना कहिल्यैपनि पूरा गर्न सकिँदैन । उनीहरु सेक्सका भोका हुन्छन् र उनीहरुमा जबरजस्त कामवासना हुन्छ । तर अहिले वैज्ञानिकहरुले यो मान्न थालेका छन् की महिलाहरुको यौन चाहनालाई कुनै एक परिभाषाको दायरामा समेट्न सकिँदैन । यो विभिन्न महिलामा फरक फरक हुन्छ । र कहिलेकाहीँ त एउटै महिलामा पनि यौन चाहना फरक फरक पाइन्छ । अमेरिकाको रटगर्स विश्वविद्यालयका प्राध्यापक बेवर्ली व्हिपल भन्छन्ः हरेक महिलाहरु केही फरक चाहन्छन् । तमाम नयाँ अनुसन्धानबाट यो प्रष्ट भएको छ की सेक्सको मामिलामा महिला र पुरुषहरुको चाहना तथा आवश्यकतामा खासै फरक हुँदैन । जबकी पहिले पुरुषमा महिलामा भन्दा बढि यौन इच्छा हुन्छ भन्ने धारणा थियो । क्भहपहिले जब कसैलाई महिनामा तपाइँलाई कति पटक यौन सम्पर्कको आवश्यकता महसुस भयो ? भनेर सोधियो तब त्यसबाट प्राप्त हुने जवाफबाट निकालिने निष्कर्षले पुरुषहरुलाई यौन सम्पर्कको बढि आवश्यकता महसुस हुने देखायो । तर जब यो प्रश्नलाई घुमाएर सोधियो र खास बेलामौकामा, साथीसँग नजिक भएको बेलामा, कुराकानीका बेलामा तपाइँलाई सेक्सको चाहना कत्तिको हुन्छ ? भन्ने प्रश्न गरियो तब त्यसबाट आउने उत्तरले महिला र पुरुषमा लगभग उस्तै खाले यौन चाहना रहने गरेको देखायो । ब्रिटिस कोलम्बिया विश्वविद्यालयका प्राध्यापक लोरी ब्राटोका अनुसार यसबाट महिलालाई सेक्समा कम रुची हुन्छ भन्ने धारणा गलत सावित भएको छ । हो, महिलाहरुको यौन चाहना फरक प्रकारको हुन्छ । त्यस्तै महिलाहरुमा पलाउने यौन चाहना उनीहरुको रजश्वला चक्रसँग पनि सम्बन्धित हुन्छ । रजश्वला सुरु हुनुभन्दा केही दिन पहिले उनीहरुको यौन चाहना बढ्दछ । अमेरिकाको भर्जि्निया विश्वविद्यालयका मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्ः सेक्स हाम्रो आधारभुत जिम्मेवारी अर्थात् बच्चा पैदा गर्ने कुरासँग सम्बन्धित छ । त्यसैले जब महिलाहरुको सरीरभित्र डिम्ब परिपक्व बन्न सुरु गर्छ उनीहरुमा यौन चाहना बढ्दछ । आजकल सेक्स तथा बच्चा जन्माउने कार्यलाई फरक फरक ढंगले विश्लेषण गर्ने गरिएको भएपनि प्राकृतिक रुपमा यी दुई एउटै कार्यको रुपमा रहेको उनी बताउँछिन् । कतिपय महिलाहरुमा यौनइच्छा नै उत्पन्न नहुने समस्या पनि हुन्छ । विज्ञहरुका अनुसार महिलाहरुमा भित्रैदेखि कामेच्छा पैदा गराउनका लागि मनोवैज्ञानिक रुपमा पहल गर्नु आवश्यक हुन्छ । उनको आसपासको माहौललाई राम्रो बनाउनु पर्छ र तनावको कारक तत्वलाई हटाउनु पर्दछ । जसका कारण उनले राम्रो महसुस गर्दछन् र भित्रैबाट यौनइच्छा जाग्दछ । कभह षिभयद्यपि महिलाहरु आफुमा यौनइच्छा कम भएको कुराबाट तबसम्म दुखित हुँदैनन् जबसम्म उनीहरु कोही पुरुषसँग सम्बन्धमा गाँसिन्छन् । यौन पार्टनरको सेक्सको मागको दबाबका कारण उनीहरुमा आफ्ना न्यून कामेच्छाको पीडाको अनुभुति हुन थाल्दछ । जरुरी छैन की पार्टनरको इच्छा बराबर नै महिलामा पनि उत्तिकै यौन इच्छा हुनुपर्छ भन्ने । राम्रो त यो हुन्छ की दुबैजना पार्टनर सँगै बसेर यो विषयमा कुराकानी गर्ने र एक अर्काको आवश्यकता तथा इच्छालाई बुझ्ने । जहाँसम्म यौन इच्छाको कुरा छ यसको कुनै सिमाना नै हुँदैन । फरक फरक मानिसमा मात्र होइन कहिलेकाहीँ त एउटै मानिसमा पनि परिस्थिति अनुसार यौन इच्छामा फरकपना आउँदछ । कसैमा कम हुन्छ र कसैमा बढि हुन्छ भन्नु पनि गलत हुन्छ । किनकी कतिलाई कम भन्ने र कतिलाई बढि भन्ने भन्ने कुरा नाप्ने कुनै स्केल हुँदैन । बीबीसीको सहयोगमा

कुनै–कुनै महिला यौनसम्पर्कपछि किन रुन्छन्?

जीवनलाई सबैतिरबाट सफल र सुन्दर बनाउन चाहनुहुन्छ भने तपाईको यौन जीवन पनि सफल हुनैपर्छ । यौन जीवन ठिक नभए विविध किसिमका तनावबाट गुज्रिनुपर्ने हुन्छ । मानव जीवनको एउटा महत्वपूर्ण पाटो नै हो ‘यौन जीवन’ । यौन सम्पर्कले शारीरिक रुपमा फाइदा हुनुका साथै मानसिक खुशि पनि प्राप्त हुन्छ । यौन सम्पर्कले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, हाम्रो स्वास्थ्यका लागि पनि निकै लाभदायक मानिन्छ । तर तपाईलाई थाहा छ, यौन सम्पर्क पछि महिलाहरु किन निराश हुन्छन् ? हालैमात्र एउटा अनुसन्धानले यौन सम्पर्क पछि महिलाहरु निराश हुनुका कारण पत्ता लगाएको छ । क्वीन्सलैण्ड यूनिवर्सिटी अफ टेक्नोलोजीले गरेको अनुसन्धान अनुसार यौन सम्पर्कको क्रममा चरमसुख, अत्यधिक आनन्दको अनुभुतिसंगै निराशा पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । सहमतिमा यौन सम्बन्ध राखिसकेपछि पनि धेरै महिलाहरुमा निराशाको भावना जन्मिन्छन् र यो ‘मनोवैज्ञानिक समस्या भएको अनुसन्धानकर्ताहरुको भनाई छ । २ सय ३० महिलाहरुमाथि गरिएको अनुसन्धानमा धेरै महिलाहरुले सेक्सपछि तनाव र निराश महसुस गरेका थिए । कयौं महिलाहरु यौन सम्पर्कपछि बाथरुममा रुने पनि गरेको अनुसन्धानकर्ताहरुले दावी गरेका छन् । कुनै–कुनै महिलाहरुमा यो समस्या धेरै रहेको र कुनैमा थोरै रहेको प्रतिवेदनमा उल्लेख छ । यस्तो अवस्थामा यौन सम्पर्क पछि आफ्ना साथीलाई निकै ध्यान दिनुपर्ने चिकित्सकहरुले सुझाव दिएका छन् । तपाई जति सेक्समा रमाउन खोज्नु हुन्छ त्यति नै सेक्स पछि पनि आफ्ना पार्टनरसंग समय विताउन जरुरी छ । यसले मात्र तपाईको जीवन सबैतिरबाट सफल र सुन्दर बन्न सक्छ । –एजेन्सीको सहयोगमा

Bedtime Mistake: सेक्स गर्दा पाद त आउँदैन ?

कतिपय अवस्थामा आफ्नो यौन जीवन आफूलाई पूर्ण लागे पनि भित्र भित्रै यसमा केही जटिलताहरू रहेका हुन्छन् । धेरै जसो अवस्थामा शयन कक्षमा गरिने सामान्य गल्तीले पनि यौन जीवन बिस्तारै बिस्तारै तहस नहस पारिरहेको हुनसक्छ । सामान्यतया शयनकक्षमा सामान्य जस्ता लाग्ने केही गल्तीका कारण लज्जित मात्रै हुन पर्दैन बरु यसले यौनसाथीको हेलाको समेत शिकार बन्नु पर्ने हुनसक्छ । आज हामीले यस्तै केही सामान्य गल्तीहरूबारे चर्चा गरेका छौं जसलाई शयन कक्षमा गर्नाले समस्याहरू आइलाग्न सक्छन्: यौनक्रियाकै क्रममा शौच आउनु शौचलाई अंग्रेजीमा ‘नेचर्स कल’ पनि भन्ने गरिन्छ । शायद यो हाम्रो भन्दा पनि प्रकृतिको वशमा बढी हुने भएकाले यसो भनिएको होला । यौनक्रियाको क्रममा पिसाप लाग्नु सामान्य कुरा हो । विशेष गरेर महिलाहरूलाई ‘चरम आनन्द’ हुने अवस्थामा या त्यसभन्दा केही अगाडि पिसाब लागेजस्तो हुने गर्दछ तर यो पिसाब नै लागेको भने होइन । खासमा योनीभित्र लिङ्गको रहेका बेला मूत्रथैलीमा पर्ने दबाबका कारण यसो महसुस हुने हो । तर धेरै महिलाहरूले यसलाई पिसाब लागेको ठानेर शौचालय जाने गर्दछन् । जसले उनको यौन साथीलाई नराम्रो महसुस हुनसक्छ । यौन विशेषज्ञहरूका अनुसार यस्तो दबाबका कारण कतिपय अवास्त्थामा त केही थोपा तरलपदार्थ चुहिए जस्तो पनि लाग्न सक्छ तर त्यसलाई पिसाब नै मान्नु भने भूल हुने उनीहरू बताउँछन् । यस्तो समस्याबाट मुक्ति पाउन यौन सम्पर्क राख्नुभन्दा पहिले पिसाब फेर्ने गर्नु राम्रो हुन्छ । पुरुषका तर्फबाट पनि हुनसक्छन् यस्ता गल्ती यौनलाई कुनै पनि जोडीका बीच स्वास्थ्य सम्बन्धको आधार मान्ने गरिन्छ । यसले महिला र पुरुषबीच शारीरिक सामीप्यता मात्र बढाउँदैन बरु यसले भावनात्मक सम्बन्ध समेत सुद्रिध हुने गर्दछ । यौनको मामिलामा पुरुषहरू महिलाहरू भन्दा धेरै नै प्रयोगवादी हुने गर्दछन् । यसो गर्दा उनीहरूले थुप्रै यस्ता गल्तीहरू गर्न सक्छन् जसले उनीहरूको यौन जीवनलाई मात्र होइन आफ्नो महिला साथीसँगको सम्बन्धलाई समेत प्रभाव पार्न सक्छ । पुरुषहरूले यौनक्रियाको क्रममा निम्नानुसार गल्ती नगर्नु नै राम्रो हुन्छ: चरमसुखबारे सोध्नु: नारी शरीरको संरचना निकै जटिल हुने भएकाले हरेक महिलालाई चरमसुखको अनुभूति नहुन सक्छ । त्यसैले सेक्सको दौरान बारम्बार आफ्नो महिला साथीलाई ‘चरमसुख’को बारेमा प्रश्न गर्नाले उनी चिढिने सम्भावना हुन्छ । कतिपय पुरुष सेक्सका क्रममा निकै आक्रामक हुने गर्दछन् र उनीहरू आफ्नो आक्रामक खालको यौन क्रियाकलापले आफ्नो यौन साथीलाई बढी चरमसुख प्राप्त होला भन्ने भ्रममा रहेका हुन्छन् । यसो गर्दा कतिपय अवस्थामा महिला घाइते हुने अवस्था समेत आउन सक्छ । स्तन टोक्नु कतिपय मानिस यौनक्रियाको क्रममा महिलाको स्तन तोकेमा उनलाई बढी सन्तुष्टि हुन्छ भन्ने भ्रममा हुन्छन् तर यसो सोच्नु नितान्त गलत हो । यस्तो अवस्थामा आफैं निर्णय लिनुभन्दा आफ्नो महिला साथीको राय लिनु उचित हुने गर्दछ । पुरुषहरू स्वभावले नै बढी प्रयोगवादी हुन्छन् तर यसबारे महिला साथीको धारणा के छ भनेर बुझ्नु नै राम्रो हुन्छ । प्राक्क्रीडा नगर्नु यौन सम्बन्ध थाल्नुपूर्व प्राक्क्रीडा अत्यावश्यक भएपनि कतिपय पुरुष यसलाई अनावश्यक ठान्ने गर्दछन् । तर यसले यौन इच्छा बढाउने मात्र होइन दुबैलाई पूर्ण रूपमा चरमसुखको अवस्थामा पुग्न मद्दत गर्छ । सेक्सको दौरान पाद्नु कहिले काहीं यौन सम्पर्कका क्रममा दुवैमध्ये कुनै एक जनाले अपानवायु छोड्छ अर्थात पाद्छ यसले अर्को यौनसाथीको मनमा घृणाको भाव उत्पन्न हुन्छ र यसले यौनक्रियाप्रतिको समर्पण कम हुन जान्छ । त्यति मात्र होइन यदि यौनक्रियाको क्रममा पेट हुँडलिएर आउँदा पनि एकै छिनमा उत्तेजना समाप्त हुनसक्छ । यसको सबै भन्दा सरल समाधान भनेको यस्ता प्रक्रियालाई सामान्य प्राकृतिक प्रक्रिया मानेर अघि बढ्नु नै हो । यसैमा केन्द्रित भएर सोच्न थाले यौन जीवन नै बर्बाद हुन सक्छ । कण्डम भित्रै छुट्याे भने यौन सम्पर्कको क्रममा कण्डम चिप्लिएर भित्र छुट्न सक्छ । यदि यो बाहिर नै छ भने त यसलाई सजिलै झिक्न सकिन्छ तर यदि ‘पेनेट्रेसन’ निकै गहिरो थियो भने लिङ्ग बाहिर झिक्दा कण्डम भित्रै अड्केको हुनसक्छ । यो जटिल अवस्था पनि हुनसक्छ । यस्तो बेला महिलाले आत्तिएर योनीलाई झनै कसिलो बनाइन भने कण्डम झनै भित्र फस्न सक्छ । यसका लागि टुक्रुक्क बसेर औंला योनीभित्र पसालेर त्यसलाई झिक्न सकिन्छ । यदि यसो गर्दा पनि त्यो निस्किएन भने कुनै स्त्री रोग विशेषज्ञको सहायता लिनु पर्ने हुनसक्छ ।

लोकप्रिय