रक्सी, ड्रग र सेक्सले लियो यी १८ वर्षीय मोडेलका ज्यान, नग्न अवस्थामा मृत फेला

रक्सी, ड्रग र सेक्सले लियो यी १८ वर्षीय मोडेलका ज्यान, नग्न अवस्थामा मृत फेला

वाशिङ्गटन, ‘शराब, शबाब और कबाब’ को मस्तीलाई हिन्दी सिनेमाहरुले निकै उच्चारण गरेझै यी १८ वर्षीय मोडेलका जीन्दगीमा पनि निर्क दुखद घटना भएको छ ।
सानै उमेरमा प्रसिद्धी कमाएकी फ्लोरिडा निवासी अमेरिकी १८ वर्षीय मोडेल ओल्या लन्जिलको लास प्रहरीले एक जना इण्डो अमेरिकन डाक्टरको अपार्टमेन्टमा फेला पारेपछि यो समाचार विश्वभरि फैलिएको हो ।

डाक्टर स्वयम्ले युवतीको मृत्युका खबर प्रहरीलाईगरेका थिए । रिपोर्टका अनुसार नबल पारिख नाम गरेका ती डाक्टरले प्रहरीलाई बताए अनुसार, ढिला राती एउटा स्पोर्टस बारमा ओल्यासँग भेटघाट भएको थियो । उनीहरुले लामो समयसँग कुराकानी गर्दै रक्सी पिएका थिए । त्यसपछि दुबै डाक्टरको अपार्टमेन्टमा गएको बताइन्छ ।

नबलका अनुसार दुबैले लत लागेका कारण केही लागु औषधीको सेवन गरेर सुतेका थिए । बिहानपख ब्यूँझिदा भने ओल्या नाम गरेकी ती मोडेल मृत अवस्थामा देखेपछि डाक्टरले फोन गरेर प्रहरीलाई खबर गरेको बताएका छन् ।

प्रहरीले अपार्टमेन्टबाट कोकिनको झोला समेत बरामद गरेको छ । मोडेलको शरीर भने नग्न अवस्थामा रहेको थियो । अत्यधिक नशाका कारण मृत्यु भएको अनुमान गरिएपनि ओल्याका साथी परिवारले भने डाक्टरले जबर्जस्ती गरेको आरोप लगाएका छन् ।

जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले राहत स्वरुप पठायो दुई लाख

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले नेपालमा गत हप्ता भिषण वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित नागरिलाई राहत स्वरुप सहयोग गरेको छ । जनप्रगतिशिल मञ्चले बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत स्वरुप दुई लाख पठाएको हो ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उहाँहरुको खोजी गर्नु, घाइते हरुको उपचार गर्नु, घरवार बिहिन भएकाहरुलाई सुरक्षित गर्दै पुनर्स्थापना शुरु गर्नु सबैको पहिलो कर्तव्य हुने भन्दै प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले जनताको दुःखमा सँगै रहेको बताएको छ । उक्त सहयोग दुःखमा सँगै रहेको भन्नका लागि  पठाएको अध्यक्ष दीपक पाण्डेले बताउनुभयो । आफुहरु विदेसमा रहेको भए पनि विपतको यो घडिमा पीडित नेपालीसँगै रहेको बताउँदै मञ्चका अध्यक्ष दीपक पाण्डेले भन्नुभयो  -'बिपत्तिको घडीमा देश गम्भीर पिडामा हुदा हामी प्रवासीहरुको पनि स्वाभाविक रूपमा मन दुखेको छ र रोएको छ। दशै तिहार जस्तो नेपाली हिन्दु समुदायको महान चाड नजिकिएको बेला कतिपयले परिवारका सदस्य गुमाएका छन, कतिपय अस्पतालको शैयामा छन, थुप्रै बेपत्ता छन भने हजारौ नागरिक खाना बिहिन छाना बिहिन हुन परेको छ । यो विषम परिस्थिति र अबस्थालाइ मलम लगाउन जहाँ जहाँ हामी नेपाली छौं त्यहीँ त्यहीँबाट हामिले हातेमालो गर्ने पर्छ र यो हाम्रो दायित्व पनि हो यसर्थ हामी पीडित नेपाली सगै छौं र हुने छौं।' अध्यक्ष पाण्डेका अनुसार  संगठनले आफ्नो मातहतका सबै कमिटी, पदाधिकारी, सल्लाहकारलाई स्वैच्छिक रूपमा बाढीपीडितलाई आर्थिक राहत संकलन सहभागी हुन आग्रह समेत गरेको छ । 

अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन

नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक  दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)

बाढीपहिरो अपडेटः ज्यान गुमाउनेको संख्या दुई सय पुग्यो, २६ जना बेपत्ता

काठमाडौं । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्‌मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।

झ्याप्लेको अवरुद्ध सडक सुचारु

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारिसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरुसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिए। उनले आज दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिए। प्रवक्ता तिवारीले मौसम पूर्ण रुपमा समान्य बनिनसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गरेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ ।  

लोकप्रिय